Onlinesiraha-Nepali |
प्रत्येक पीडितलाई १६ सेट वर्तन सहितको राहत Posted: 08 Apr 2019 10:21 AM PDT ![]() बाराको विभिन्न प्रभावित क्षेत्रमा राहत वितरण भईसकेको तथा हुने क्रम जारी रहेपनि बाराकै कलैया उमपहानगरपालिकाको वडा नं. ११ मा रहेको छोटकी फूलबरिया टोलमा समेत हावाहुरीले ताण्डव मचाएपनि राहतकर्मीहरु पुग्न सकेका थिएनन् । त्यहाँ टेन्ट लगायतका समाग्री लिएर अन्य राहतकर्मीहरुले सहयोग गरेपनि उनीहरुलाई भान्साको लागि चाहिने समाग्रीको खाँचोलाई मध्यनजर गर्दै ५० परिवारलाई राहत समाग्री वितरण गरिएको हो । शहिदनगर नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाका अनुसार १६ सेट भाँडाकुंडामा १ कराही, २ थाली, १ बाल्टि, १ डाडु, १ छौलनी, २ प्लेट, ५ चम्चा, २ कचौरा, २ हाँडी, कराही, थाली, बाल्टिन, करछुल, २ कटोरा, छोलनी, २ प्लेट, २ थाल, चमचा, कठौती (फोहोर फाल्ने वर्तन जस्तै) लगायतका समाग्रीहरु एक सेटमा राखिएको थियो । प्रत्येक पीडित परिवारलाई भान्साको लागि कुनै प्रकारको कमि नहोस भन्ने उदेश्यले त्यहाँको माग बमोजिम किचेन सेट नै वितरण गरिएको अधिकृत झाले बताए । उनका अनुसार, कार्यपालिकाबाट राहत समाग्री वितरण गर्ने निर्णय गरिए बमोजिम सोमबार स्थानीय अधिकारीको रोहबरमा उक्त समाग्री वितरण गरिएको हो । सो राहत वितरण कार्यक्रममा मेयर बरबरियाले आफैंले उक्त समाग्रीहरु वितरण गर्दै पीडितहरुसँग हामी साथ छौँ, बारा र पर्सावासीको दुःखसुखमा हामी सदैव साथ छौँ, यस विपदको बेलामा शहिदनगर नगरपालिका तपाईहरुको साथ छ, हामी विपदलाई हातोमालो गरी तह लगाउँछौं । उनले भने । १६ सेट वर्तनसँगै राहतमा प्रत्येक परिवारलाई ३ सेट झूल, फ्रुटी, पानी र चाउचाउ समेत वितरण गरिएको थियो । सो राहत समाग्री हस्तान्तरको क्रममा पीडितहरुले आफूहरुलाई यतिको दिनपछि भएपनि, ढिलो भएपनि आफूहरुलाई आवश्यक समाग्री प्रदान गरेको भन्दै मेयर बरबरियालाई प्रशंसा समेत पीडितहरुले गरेका थिए । सो क्रममा मेयर बरबरियाले आफू स्थान, समस्याकोे पहिचान गरेर मात्र राहतको लागि कदम अगाडी बढाएको बताउँदै वास्तविक पीडित समक्ष राहत वितरण गरेको बताए । राहत वितरणमा वडा नं. ११ का वडाध्यक्षले सक्रिय र अहम भूमिका निर्वाह गरेका थिए । स्थानीय प्रहरीको रोहबरमा राहत समाग्री वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, सुब्बा बिन्देश्वर यादव, लेखापाल लोक बहादुर नेपाली, ईन्जिीनीयर सँजय यादव, कम्प्युटर अपरेटर विष्णु यादव, वडा सचिव सुदिप कुमार यादव, वडाध्यक्षहरुमा वडा नं. ९ का वडाध्यक्ष रामदेव मरिक, वडा नं. १ का तेजीलाल यादव सहित सहयोगीहरुले अहम भूमिका निर्वाह गरेका थिए । ![]() |
एनआईसी एसिया बैंकको देशभरी नै चमत्कारी योजना Posted: 08 Apr 2019 08:54 AM PDT ![]() देशभरी २८१ वटा शाखा कार्यालय, २८९ वटा एटीएम, ३९ एक्सटन्सन, २३ शाखा रहित बैंकिङ्ग इकाइबाट कुल १५ लाख ६० हजार ग्राहकलाई सेवा दिँदै आएको छ भने सिरहामा प्रदेश २ मा ४३ र सिरहामा ६ शाखा रहेको छ । बैंकले २८१ वटै शाखाबाट सो चमत्कारिक निक्षेप खाता खोल्न सक्ने योजना अगाडि सारेको हो । बैंकले नयाँ योजना अन्तर्गत निक्षेप बचत तर्फमात्र चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक ज्येष्ट नागरिक बचत खाता, चमत्कारिक बाबु नानी बचत खाता,चमत्कारिक विद्यार्थी वचत खाता,चमत्कारिक स्वरोजगार बचत खाता, चमत्कारिक तलव वचत खाता लगायत रहेको योजनाहरूको विशेषताबारे जारी विज्ञप्तीमा उल्लेख छ । निक्षेप योजनामा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १५ लाख रुपैयाँसम्मको नै १८ वटा घातक रोगको बीमा तथा एक लाख ५० हजार सम्मको औषधि उपचार बीमा प्राप्त गर्ने योजना ल्याएको छ । चमत्कारिक योजना अनुसार कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएका २२ योजनाले हरेक वर्ग र क्षेत्रका ग्राहकलाई समेट्ने बैंकले विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment