Onlinesiraha-Nepali |
- जयनगर–जनकपुर रेल चाँडै नै गुड्ने भारतीय राजदु पुरीको भनाई
- सहिद नगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवको कमा लै कमाल
- बहुक्षेत्रिय पोषण सम्बन्धि एक दिने नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न
- ‘लहान महोत्सव के महोत्सव ? जहाँ आफ्नोपन छैन’
जयनगर–जनकपुर रेल चाँडै नै गुड्ने भारतीय राजदु पुरीको भनाई Posted: 10 Apr 2019 09:25 AM PDT चैत २७ । नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले अब चाँडै नै जयनगर–जनकपुर रेल गुड्ने बताएका छन् । भारत सरकारको सहयोगमा निर्मित चन्द्रनारायण मेन्टेनरी अस्पतालको आज उद्घाटन गर्दै राजदूत पुरीले अब चाँडै जयनगर–जनकपुर रेल सञ्चालनले नेपाल भारतको सम्वन्धमा थप आयाम थपिने बताए । नेपालमा चल्ने रेल पनि अब भारतकै जस्तो ठूलो हुने राजदुत पुरीले जनाए । उनले भने, 'नेपालमा चल्ने रेलपनि भारतभरी चल्ने रेल जस्तै ठूलो हो, यसको सञ्चालनबाट नेपाली सीमावर्ती बजार जयनगर मात्र हैन भारतको धेरै भू–भागमा सजिलै पुग्न सकिन्छ ।' प्रधामन्त्री नरेन्द्र मोदीले परिकल्पना गरेको धार्मिक सर्किट र रामायण सर्किटको उद्देश्य पनि यसले पुरा गर्ने उनले बताए । सोही क्रममा राजदूत पुरीले अब चाँडै तपाईहरुले जनकपुर पुग्न ५६ किलोमिटर यात्रा पुरा गर्नुपर्ने बाध्यता पनि अब चाँडै पुरा हुने बताए । उनले भने, 'हुलाकी राजमार्गको काम पनि अब चाँडै सकिने भन्दै अब तपाईहरुले ३० किलोमिटरकै यात्रामा आफ्नो प्रदेश राजधानी पुग्नुहुन्छ ।' राजदुत पुरीले अब चाँडै हुलाकी सडक निर्माणको काम पनि सम्पन्न हुने बताए । नेपाल भारतको नाता सीमाना भन्दा पनि भावनाको बढी भएको भन्दै उनले यस्ता खालका योजनाहरुले झन समबनध गाढा बनाउने बताए । उनले यो अस्पताल पनि त्यही सम्बन्धलाई अझैँ गाढा बनाउने एउटा कडी हो । हाम्रो तर्फबाट यो अस्पताललाई विस्तारका आवश्यक सहयोग रहिरहने पनि बताए । |
सहिद नगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवको कमा लै कमाल Posted: 10 Apr 2019 09:17 AM PDT चैत २७ । धनुषाको सहिद नगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले नगरबासीहरु लाई हरेक क्षेत्रमा समृद्धिका बाटो तर्फ अग्रसर हुँदै शिक्षा, स्वास्थ ,कृषि ,बेरोजगार जस्ता प्रमुख समस्याहरु घनिभुतरुपले समाधान गर्न लागिपरेका छन ।नयाँ शैक्षिकसत्रको सुरुवात संगै बिधालयहरुमा आबश्यकता अनुसारको शौचालय , कक्षाकोठा , रङरोगन, कम्प्युटर , बिद्धुतीय हाजिरी लगायतका रकम निकाशा गरि गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । युवा बेरोजगारहरु लाई रोजगारी दिन विभिन्न किसिमका सिपमुलक तालीमहरु दिनुको साथै पढेलेखेका युवाहरूलाई आफ्नै गाउँठाउँमा रोजगार सृजना गर्न उदेश्यले एक महिनासम्म निशुल्क " नगरस्तरीय लोक सेवा आयोग तैयारी परामर्श कार्यक्रम तथा सुरक्षित आवास निर्माण मेसन तालीम " कार्यक्रमको उदघाटन मेयर बरबरिया यादवले गर्नु भयो ।उक्त अबसरमा उप -मेयर शिला देबि कापर नि प्रशासकीय अधिकृत नन्द कुमार झा वडा अध्यक्ष एबम सदस्यहरु, ने क मा नेता हल्खोरी कापर, इ प्र का इन्सपेकटर सहाब भिम बहादुर खड्का अ ने शि संगठनका नगर अध्यक्ष श्रीकृष्ण भिनवार लगायतका बक्ताहरुले युवा बेरोजगार तथा भर्खरै SEE परिक्षा दिएका बिद्यार्थीहरु लगायत सम्पुर्ण इच्छुक नगरबासीहरु लाई मौकाको फाइदा लिइ सक्षम आत्मनिर्भर बन्न अनुरोध गर्नुभयो । |
बहुक्षेत्रिय पोषण सम्बन्धि एक दिने नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न Posted: 10 Apr 2019 06:24 AM PDT किशोर कुमार मंडल चैत २७ धनुषाको मिथिलाबिहारी नगरपालिकामा बहुक्षेत्रिय पोषण सम्बन्धि एक दिने नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मिथिलाबिहारी नगरपालिकाका नगर प्रमुख अनिल यादवको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा मिथिलाबिहारी नगरपालिकाका उपप्रमुख अनिता कुमारी साह , प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मंडल , नगर कार्यपालिका सदस्य उमेश कुमार साह , वडा नं. १ का वडाध्यक्ष प्रमोद कुमार मंडल , वडा नं. २ का वडाध्यक्ष सुरेश कुमार मंडल , वडा नं. ३ का वडाध्यक्ष कृष्ण कुमार बसन्त , वडा नं. ४ का वडाध्यक्ष महादेव यादव , वडा नं. १० का वडाध्यक्ष ललित नारायण झा , वडा नं. ५ का वडाध्यक्ष बिनोद कुमार मंडल सहितका व्यतिmहरुको सहभागिता रहेको थियो । |
‘लहान महोत्सव के महोत्सव ? जहाँ आफ्नोपन छैन’ Posted: 09 Apr 2019 10:10 PM PDT नवसंग्राम दैनिक लहान, २७ चैत्र । 'हाम्रो लहान, समृद्ध लहान' नारा दिएर लहान महोत्सव शुरु भएको छ । तर, लहान महोत्सव के महोत्सव ? जहाँ आफ्नोपन छैन भने नागरिक आवाज उठ्न थालेको छ । स्थानीयलाई आफ्नोपन दिन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विशुद्ध मधेशी मैथली भाषामा उद्घाटन भाषण दिएका छन् । नेपाली नेवारी भाषाका अर्का साँसद लिलानाथ श्रेष्ठ स्थानीय जनताको आफ्नोपन बनाउँन स्थानीय भाषामै भाषण ठोक्दा खुशीग्रहणता गरे । उता, प्रदेश साँसद लगनलाल चौधरी र आयोजक मेयर मुनी साहले आफ्नोपन छाडेर दर्शकको भाषा विरुद्ध प्रवचन दिएर उपप्रधान मन्त्री पोखरेललाई खुशी पार्ने प्रयास गरेपनि उपप्रधानमन्त्री पोखरेल जिस्क्याउँदै लाज लगाउँदै मेयर मुनी साहको भाषामा प्रवचन दिएर सम्मान पाएका छन् । १५ दिनको लागि सँचालन गरिएको लहान महोत्सवमा स्थानीय भाषी कलाकार उदीतनारायण झा, मुरलीधर, गुरुदेव कामत, सँजीव चौधरी, शम्भु चौधरी, डा.अभाष लाभलगायत दूई दर्जनलाई चोट दिंदै बाहिरीया कलाकारलाई मँचासन दिएको छ । बाहिरीया कलाकारहरुले महोत्सवमा स्थानीयलाई आफ्नोपन दिन प्रयास गरेका छन् । तर, स्थानीय भाषाभाखा दिन नसक्दा दर्शकहरु हुटिँग गरेको गर्दै आएको छ । उनीहरुले नेपालीमा हिन्दी मिक्स गरेर प्रदर्शन गरिरहेको छ भने भोजपुरी जस्तो अश्लिल गीत दिएर काम चलाइरहेको छ । स्थानीय सँस्कृतिको नाममा बाहिरीय साँस्कृतिक कार्यक्रमले लहान समृद्धतर्फ उन्मुख नदेखिएको श्याम कृष्ण साह बताउँछन् । जसले देशलाई सँघीयता दिएको छ । त्यो मधेश लहान आन्दोलनको विरुद्धमा कार्यक्रम भएको अभाष भइरहेको छ । सहिदलाई अपमान गर्दा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी लहान नगर समितिले प्रलोभनमा महोत्सवमा सहमती जनाएको पत्र सार्वजनिक भएको छ । नेपाली काँग्रेस आत्मसमर्पण नै गरिसकेको छ । लहान महोत्सवमा आफ्नोपन सम्बन्धमा नेपाली काँग्रेसका नगर समितिका सभापति सुनिल महतोसँग प्रश्न गर्दा उनी जवाफ फर्काउनु भएन । जहाँ मधेश आन्दोलन र लहान चमार काण्डको लागि मेयर मुनी साहले पूर्ण सहयोग गरेका थिए । मेयरले यत्तिसम्म गरेको हो की मधेश आन्दोलनको लागि उपेन्द्र यादवलाई लहानमा तीन पटक खानानास्ता, रिक्सा भाडा, प्रेस सम्मेलन गर्न लगानी गरेका थिए । त्यति मात्रै होइन् लक्ष्मण मेहतालाई फोरमको साँसद समेत बनाएका थिए । लहान महोत्सवमा लोहान सेनको चर्चा छैन । जुन लोहान सेनको नामबाट लहान भएको छ । आज मुनी साह लहानको मेयर बनेका हुन । तर, लहानको इतिहास कोर्न सकिएन । सलहेशको वीरता के थियो ? जतिबेला तिब्बती र बर्मेलीहरु यस क्षेत्रमा अनाज लुट्न र अतिक्रमण गर्न आउँदा सलहेशको टिमले तिनीहरुलाई धपाउँने गरेको थियो । त्यो कहिकतै यो महोत्सवमा नआएको स्थानीय जानकारहरुको कथन छ । चालिस लाखको लगानीमा गरिएको लहान महोत्सवले के सन्देश दिने हो ? यत्तिबेला मेयर मुनी साहसँग स्थानीय जनताले माग अघि सारेको छ । मुनी साह मौनरथमा सवार भइ अर्ध मुस्कान दिन तलिन छन् । महोत्सव भनेको स्थानीय चिजवस्तु कलासँस्कृतिलाई पहिचान दिनु हो । स्थानीय उत्पादनलाई प्रचार गर्नु हो । निर्यातको लागि माहौल बनाउँनु हो । आयातलाई निरुत्साहित गर्नु हो । तर, मेयर मुनी साहको राज्यमा ठीक विपरित भइरहेकोले स्थानीय जनता भन्छन् 'लहान महोत्सव के महोत्सव ? जहाँ आफ्नोपन छैन । महोत्सवको परिणाम यस्तो बन्दै गएको छ । तीन सय स्टल लगाउँने भनिएपनि एक सय स्टलसम्म भरिभराउ छैन । दूई सय स्टल खाली रहेको छ भने साना व्यापारीलाई छिर्न दिएको छैन । चैत्र २५ देखि बैशाख १० सम्म यो महोत्सव चल्ने भएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment