/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


छठ पर्वको आज मुख्य दिन अस्ताउदो सुर्यलाई अर्घ दिईदै

Posted: 19 Nov 2020 10:15 PM PST

 

सिरहा टाईमस। ०५ मंसिर -हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्वकोआज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । ‌सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथीसम्म मनाईन्छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन 'नहाए खाए' दिन भन्ने गरिन्छ । पहिलो दिन छठका व्रतालुले नदी, खोला, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई बिहान र बेलुकी लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खान्छन् ।

दोश्रो दिन पञ्चमी तिथिको दिनलाई 'खरना' भनिन्छ । खरनाका दिन साँझपख नुहाएर चोखो हुँदै आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेली र सख्खरको खीर प्रसादका रुपमा पकाउँछन् । सो प्रसाद चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुले उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् । छठको तेश्रो दिन षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । तेश्रोदिन आज ब्रतालुले नदी, खोला, पोखरी र तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाई र चौथोदिन सप्तमी तिथीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन भएको मानिन्छ ।

Posted: 19 Nov 2020 10:14 PM PST


 जनकपुरधाम  कर्तिक २३ गते । प्रदेश २ बालात्कारको हव बन्दै गएको छ । प्राय जसो दिनहु बालात्कार हुन थालेपछि प्रदेश २ जिल्लाहरुका महिलाहरु असुरक्षित महशुस गर्दै त्रासमै भएको छ । प्रदेश २ मा महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराधको अवस्था भयावह देखिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक अनुसार चैत्र यता लकडाउनका समयमा मात्रै महिला हिंसा सम्बन्धी करीब तीन सय घटनाहरु बाहिर आएका छन् ।जुन अन्य प्रदेशको तुलनामा निकै बढी हो । प्रहरीका अनुसार यस अवधीमा सबैभन्दा बढी जबरजस्तीकरणीका एक सय ९७ र जबरजस्ती करणी उद्योग ४८ घटनाहरु बाहिर आएका छन् । त्यसैगरी लकडाउनको अवधिमा बोक्सी आरोपका १३ र बालबिवाहका चार वटा घटना भएको तथ्यांकले देखाएको छ । यी बाहेकका अधिकांश घटना प्रहरीमा नपुग्दै विभिन्न प्रलोभन, डर र सामाजिक प्रतिष्ठाका नाममा गुपचुप भएका हुनसक्ने प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंहले बताउनुभयो । प्रहरीसम्म पुगेका घटनामध्ये ९५ प्रतिशतभन्दा बढीमा पुरुष पीडक रहेको पनि उहाँले बताउनुभयो । घरेलु हिंसाका घटनामा स्थानीय कचहरी बसेर मिलापत्र गर्ने प्रवृत्तिले पनि ठाउँठाउँमा निरन्तरता पाउँदा पीडितले न्याय नपाएको उहाँको भनाइ छ ।

'मनोपरामर्श वा उपचारपछि पनि पीडितमा घटनाको छाप कुनै न कुनै रूपमा बाँकी नै रहन्छ,' लैंगिक विज्ञ सुनीलकुमार साह भन्छन्, 'परिवार, आफन्त र समाजको मायाले मात्र उनीहरूको पीडा कम हुन्छ। तर प्रायः पीडितले समाजको साथ पाउँदैनन्। पीडितलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन नभएसम्म उसले सामाजिक न्यायको अनुभूति पनि गर्न सक्दैन। यस्ता कतिपय घटनालाई परिवार, समाजमै दबाइन्छ, मिलाइन्छ। मुद्दा चलाए पनि फैसला चाँडै हुँदैन। फैसला भएर पीडक जेलमा पुगे पनि पीडितलाई समाजले स्वीकार नगरेको डिआईजी शिहंले वताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post

No comments:

Post a Comment