Onlinesiraha-Nepali
نشرت بواسطة:Domain Registration Nepal
April 11, 2019
في
لاتوجد تعليقات
राजपाले बिना मुद्दाको आन्दोलन गर्नु हुँदैन मन्त्री बास्कोटा Posted: 11 Apr 2019 06:31 AM PDT  जनकपुरधाम, चैत २८ । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिना कुनै मुद्दाको आन्दोलन गर्नु हुँदैन बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बास्कोटाले अदालतको विषयलाई सरकारसंग जोडेर आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए । प्रजातन्त्रमा जो कोहीलाई पनि आफ्नो मागलाई लिएर आन्दोलन गर्ने नैसर्गिक अधिकार रहेको बताउँदै मन्त्री बास्कोटाले वार्ताको माध्यमले समस्याको हल खोज्न आग्रह गरे । उनले भने'राजपालाई आन्दोलन गर्ने नैसर्गिक अधिकार छ, तर उनीहरुले नन इस्युलाई इस्यु बनाएर आन्दोलन गरिरहेका छन् ।'  |
No comments:
Post a Comment