Onlinesiraha-Nepali |
- ‘ओरेक महिला विगार्ने संस्था हो भन्थ्यो’
- हावाहुरी पीडितका लागि सहयोग गर्न नायिका कसिसको अपिल
- शिक्षा नै सबै क्षेत्रको मेरुदण्ड सभापती ठाकुर
‘ओरेक महिला विगार्ने संस्था हो भन्थ्यो’ Posted: 02 Apr 2019 03:54 AM PDT नवसंग्राम दैनिक लहान, १९ चैत्र । सिरहाको भुवाहीमा यो महिला विगार्ने संस्था हो भन्दै स्थानीय केही पुरुषले हामीलाई ढाट लिएर खेदेका थिए । गोविन्दपुरमा मेरो साईकल नै खोसेर गालीगलौज गरेका थिए । यस्ता कैयन पीडा खेप्दै ओरेक नेपाल आज २८ औं स्थापना दिवस मनाउँदा आफुलाई खुशी लागेको देवकुमारी महराले बताइन् । आज ओरेकको स्थापना दिवस मनाउँदै रिक्मा विकले पुरुषहरुले यो झोला लिएर हिंडेको होइन् मजाक बनाउँन हिँडेको हो । ओरेकले चलाएको समाजिक विकृति विरुद्ध कार्यक्रम गर्दा तीन पटक कुटाई खाए आज समाजमा ठूलो परिवर्तन भएकोले खुशी छु । पुरुषहरुले यस्ता पनि भने कहाँ कहाँ मान्छेलाई नमस्कार गर्छन् आफ्ना पतिलाई हेला गर्छन् । यस्ता विभिन्न किसिमको लालछना सहदै ओरेकमा न्याय र समानताको दुत बनेर काम गर्दा आफु खुशी रहेको विकले बताइन् । ओरेक अन्तरगतको परामर्श केन्द्रले पाठेघर झर्ने र अधिकारको लागि दिपको ज्योती बालिदिएको सरिता राम बताउँछीन् । ओरेक नेपालको २८ औं दिवस कार्यक्रमका प्रमुख अतिथी लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरी, रेडियो समग्रका भैरव गेलाल, अधिकारकर्मी श्यामकुमारी साह, दुर्गा महतो, रामभरोसी महतो, इन्सेकका दुर्गा परियार, नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्तालगायतले शुभकामना मन्तव्य दिएका थिए । |
हावाहुरी पीडितका लागि सहयोग गर्न नायिका कसिसको अपिल Posted: 02 Apr 2019 03:46 AM PDT नवसंग्राम दैनिक लहान, १९ चैत्र । बारा ,पर्सा र रौतहटमा हावाहुरीले भएको मानव , धनजन तथा कृषिवालीमा भएको क्षतिप्रति नायिका कसिस दहालले आफु घटनाप्रति मर्माहित भएको बताएका छन् । चैत्र १८ गते भएको घटना भयावह भएको भन्दै नायिका कसिसले राहत संकलन गरि प्रदेश २ को मुख्यमन्त्री राहत कोषको खाता नं. १२२०५०३०००००० मा सहयोग गरि दिन आग्रह गरेका छन् । यो सँगै घाईतेहरुलाई रगतको अभाव देखिएकोले रक्तदान गर्न जोड दिएको छ । यो घटनामा प्रदेश २ सरकारले गर्न सकिने क्षमताको धन्यवाद दिँदै संघीय सरकारले त्यसक्षेत्रमा विशेष राहतको व्यवस्था गर्न समेत नायिका दहालले आग्रह गरेका छन् । यसैबीच, नेपाल पत्रकार महासँघ सिरहा, मधेश मिडिया मिशन नेपाल केन्द्रीय कार्यालय लहान, मधेश पत्रकार महासँघ केन्द्रीय समिति जनकपुर, प्रेस मञ्च केन्द्रीय समिति र प्रदेश २ समितिले आफ्ना मातहतमा रहेका सदस्यहरुलाई राहत संकलन र हातोमालो गरी सक्रिय भइदिन आव्हान गरिएको छ । उता, लक्ष्मी फाउन्डेशन कन्स्ल्टेन्सी प्रालि लहानका मनोज खनालले घटनाप्रति मर्माहित हुँदै त्यसक्षेत्रमा पीडित बालबालिका मध्ये ६ जनालाई निःशुल्क पठ्नपाठनको लागि व्यवस्थापन गर्ने घोषणा गरेको छ । योसँगै फाउन्डेशनले मृत्तक परिवार तथा पीडित परिवारको लागि राहत उपलब्ध गराउँने तयारीमा जुटेको छ । हावाहुरीले बारामा २७ र पर्सामा ६ जनाको मृत्यू भएको छ भने ६ सय जति घाईते छन् । |
शिक्षा नै सबै क्षेत्रको मेरुदण्ड सभापती ठाकुर Posted: 02 Apr 2019 03:11 AM PDT लहान,१९ चैत्र । शिक्षा नै सबै क्षेत्रको मेरुदण्ड भएको जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले वताए । उनले भने समाज परिवर्तन देखि राज्यलाई सञ्चालन गर्नका लागि शिक्षा तत्लो तहदेखि माथिल्लो तहसम्मका लागि मेरुदण्डको रुपमा रहेको वताए । शिक्षा विना मानवको जिवन अँध्यारो हुने वताए । तराई मधेशमा शिक्षामा देखिएको किृति र विसंतिलाई परिवर्तन गर्नका लागि अभिभावक नै मुख्य कारक रहेको वताए । गुणस्तरिय शिक्षाका लागि सरकारले निशुलक शिक्ष देखि पोशाक र खाजा कार्यक्रमको समेत व्यवस्था गर्दापनि सामुदायिक विधालयमा गुणस्तरिय शिक्षा प्रदान नुहुन प्रति चिन्ता व्यतm गर्दै उनले भने अभिभावक र विधालय व्यवस्थापन समिति उदासिन भएका कारण शिक्षामा समस्या चुलिदै गएको वताए । देश संघियतामा प्रवेश गरेसंगै शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको सावालमा जनता जागरुक भएकाले सेवा प्रदायक निकायहरुले अब जनतालाई ठग्न नपाउने वताए । राज्यले प्रदान गरेका सेवा वास्तविका रुपमा आम नागरिकले सहजरुपमा पाउने वातावरण स्थानीय सरकारले मिलाउनु पर्ने वताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र मानव अधिकार निगरान्ी समुह सितापुरको संयुक्त आयोजनामा आयोजित शिक्षा,स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सभापति ठाकुरले भने जिल्ला समन्वय समितिको हैसियतले स्थानीय सरकारबाट सेवा प्रवाहमा कुनै समस्या आए समन्वय समितीले तत्काल समस्या समाधानमा पहल गर्ने वताए । शिक्षा,स्वास्थ्य र खाद्य अधिकार आम नागरिकको आधारभुत आवश्यकता भएको हुदाँ सेवाग्राहीहरुलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका निम्त्ति समन्वय अधिकार मो.सुलतान राहीले भने देशमा अहिले तीन तहको सरकार रहेको हुदा सेवा प्रवाहको अवस्था पहिलेको तुलनामा अहिले राम्रो र सहज रुपमा उपलब्ध हुनुपर्ने वताए । उनले भने स्थानीय तहमा अहिले धेरै कानुनहरु न्वनेकाले सेवा प्रवाहमा केही समय समस्याहरु उत्पन्न भएको वताए । उनले भने शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको सवालमा राज्यका तीन वटै तह प्रभावकारी वनाउनका लागि परेको वताए । कार्यक्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.६ का वडाध्यक्ष राजेश्वर साहले भने यस वडामा पहिलेको तुलनामा अहिले धेरै सुधार भएको वताए । इन्सेकले विगत तीन वर्षदेखि निरन्तर रुपमा शिक्षा,स्वास्थ्य खाद्य अधिकारको सवालमा विभिन्न क्रियाकलपा समयसमयमा सञ्चालन गरेका कारणले शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका केही समस्याहरु न्यूनिकरण भएको वताए । उनले भने शिक्षक नियमित रुपमा नआउने,आएपनि कक्षामा पढाउन नजाने,राजनैतिक अखडाहाको रुपमा गफ गरेर समय विताउने दिनहरु गएको वताए । अहिले नियमि तरुपमा पठनपाठनका काम भइरहेको पनि वताए । स्वास्थ्य क्षेत्रमा समेत केही सुधार भएको छ । नियमित रुपमा गर्भवती जाच,निशुल्क औषधी लगायत दैनिक सेवा सहज रुपमा संचालनमा रहेको वताए । तर यस स्वास्थ्य चौकी तथा यस गाउँपालिका भरिमा एम्बुलेन्स नभएको हुदाँ विरामी अन्यत्र लान भने कठिनाई कायमै रहेको भन्दै यसका लागि माथिल्लो निकायमा पहल गरिदिनहुन जिल्ला सभापति ठाकुलाई आग्रह गरेका थिए । कार्यक्रममा समाजसेवी रामदेव यादवले भने समाजमा समस्या धेरै छन् तर समस्यालाई प्राथमिकरणका आधारमा पहिचान गरि वडा कार्यालयले काम गर्नुपर्ने वताए । सबै समस्या एकै पटक समाधान नहुने वताए । उनले भने सरकाले स्वास्थ्य चौकीको सेवा १० वजेदेखि साझ ५ वजेसम्म सेवा दिन भनेका छन् तर यहाँका स्वास्थ्य चौकी ३ वजे नै बन्द हुने गरेका गुनासो गरे । त्यसका लागि अनुगमन गर्न पनि सभापति लाई आग्रह गरेका थिए । सामुदायिक विधालयमा गरिव,दलित समुदायका विधार्थी अधिक मात्रामा पढ्ने गरेको भन्दै त्यसमा लापरवाही र मनपर्दी रुपमा सेवा प्रदान भइरहेको वताए । उनले भने शिक्षा,स्वास्थ्य र खाद्य अधिकार जस्तो संवेदनशिल विषयमा स्थानीय तहले प्राथमिकता नदिएको गुनासो गरे । समाजसेवी नथुनी साहले भने स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सुत्केरीले खाने आइरन चक्की र सिटामोल अभाव हुनु दुख्द रहेको वताए । गाउँगाउमा सिंहदरवारको नाराले मात्र समृद्ध हुदैन समाज वा राष्ट त्यसका लागि कर्तव्य संगै अधिकार प्राप्तिका लागि सहज वतावरण र राज्यले नागरिकका लागि उपलब्ध गराएका सेवा सरल र सहज रुपमा आम नागरिकले महशुस गर्ने वतावरण वनाउन सुझाव दिएका थिए । कार्यक्रममा महिला अधिकारर्की लिलादेवी परियारले भनि स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी समस्या दलित महिलालाई हुने गरेको वताइन् । उनले भनिन समाजमा व्याप्त गरिवीको रेखामुनी रहेको दलित समुदाहरुलाई आइरन चक्की र सिटामोल समेत स्वास्थ्य चौकीबाट प्रदान गर्न नसक्नु प्रति आक्रोस व्यक्त गर्दै भनिन स्थानीय सरकारले मेला लगाउन,महोत्सव लगाउन लाखौ लाख खर्चिन सक्ने सरकारले स्वास्थ्य चौकीमा औषधीको व्यवस्थ ागर्न नसक्नु लाजमर्दो भएको वताइन । कार्यक्रममा स्वाथ्य चौकी सितापुर प्र.ध.व्यवस्थापन समितिका उपाध्यक्ष सुनिता साहले भनिन स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नरहेको वताइन् । तर स्वास्थ्य चौकीमा आवश्यक औषधी स्थान्ीय तहले उपलब्ध नगराउँदा समस्या उत्पन्न भएको वताइन । आवश्यक औषधी माग गर्दा अपुग र समयमा कहिले उपलब्ध नभएको गुनासो गरिन् । स्वास्थ्यमा समस्या न्यूनिकरणका लागि स्थान्ीय तहले आवश्यक औषधी समयमा उपलब्ध गराए चौकीले स्वास्थ्य सेवा सहज र सुलभ रुपमा प्रवाह गर्ने प्रतिवद्धता जाहेर गरिन । कार्यक्रमका सहभागीहरुले भने खाद्य अधिकारको कुरा गर्दा खाद्यान्न सबै सामग्रीमा व्यापक मिसावट र किटनाशक औषधी प्रष्योग भइरहेको र म्याद समेत गुज्रेका सामग्रीहरु प्सलहरुमा खुलेयाम रुपमा विक्रि वितरण हुने गरेको वताए । त्यस्ता अखाध्य सामग्रीको अनुगमन कसले गर्ने र कहिले गर्ने ? यसको जवाफदेहीता कसले लिने ? र मधेशमा खुला आकाशको भरमा खेति किसानहरु ग्र्दै आइरहेको सन्दर्भमा सरकारले सिचाई,कृषि सडक र समयमा मल खाद्य र विउँविजन उपलब्ध गरायउनका लागि जोडदार रुपमा माग गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु,समाजसेवी,महिला अधिकारकर्मी,मानव अधिकार निगरान्ी समुहका सदस्यहरु,सञ्चारकर्मी,लगायत ४० जनाको सहभागिता रहेको थियो । मानव अधिकार निगरानी समुह सितापुरका संयोजक नन्द किशोर चौधरीको अध्यषतामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्धेश्य बारेमा इन्सेक प्रदेश कार्यालयका जनकपुरका फोकल पर्सन जागेश्वर यादवले प्रकाश पारेका थिए भने जिल्ला प्रतिनिधि दुर्गा परियारले संचालन गरेका थिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment