Onlinesiraha-Nepali |
- मिर्चैयामा संगितमय श्रीराम कथा ज्ञान यज्ञ सुरु
- हावाहुरीका पीडितलाई राहतको व्यवस्था गर, प्रदेश २ का दर्जनौ सँघसँस्थान सक्रिय
- उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न कांग्रेस धनुषाको आग्रह
मिर्चैयामा संगितमय श्रीराम कथा ज्ञान यज्ञ सुरु Posted: 01 Apr 2019 07:02 AM PDT ![]() यज्ञको प्रारम्भमा कथा स्थलबाट गाँजाबाजा सहित निकालिएको कलश यात्रा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । कलश यात्रामा सैयौको संख्यामा संत, महन्त, अनुयायी, महिला पुरुषहरुको सहभागिता रहेको थियो । यज्ञको माध्यमले कथा बाचिकाले श्रीरामका जन्म र लिलाको विषयमा चित्रण गरी रहस्योद्घाटन गरिरहेकी छिन् । दिव्य ज्योति जाग्रति संस्था मिर्चैयाको आयोजनामा आजदेखि सुरु भएको यज्ञ चैत २४ गतेसम्म चल्ने आयोजक समितिका सचिव रमेश श्रेष्ठले जानकारी दिएका छन् । यज्ञ पा्ररम्भको क्रममा संस्थाका प्रतिनिधिको साथै मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव, उपमेयर जिवछी देबि साह, बिभिन्न बडाका बडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनाल लगायत उल्लेखनिय सहभागिता रहेको थियो । |
हावाहुरीका पीडितलाई राहतको व्यवस्था गर, प्रदेश २ का दर्जनौ सँघसँस्थान सक्रिय Posted: 01 Apr 2019 06:52 AM PDT ![]() यसैबीच, नेपाल पत्रकार महासँघ सिरहा, मधेश मिडिया मिशन नेपाल केन्द्रीय कार्यालय लहान, मधेश पत्रकार महासँघ केन्द्रीय समिति जनकपुर, प्रेस मञ्च केन्द्रीय समिति र प्रदेश २ समितिले आफ्ना मातहतमा रहेका सदस्यहरुलाई राहत संकलन र हातोमालो गरी सक्रिय भइदिन आव्हान गरिएको छ । उता, लक्ष्मी फाउन्डेशन कन्स्ल्टेन्सी प्रालि लहानका मनोज खनालले घटनाप्रति मर्माहित हुँदै त्यसक्षेत्रमा पीडित बालबालिका मध्ये ६ जनालाई निःशुल्क पठ्नपाठनको लागि व्यवस्थापन गर्ने घोषणा गरेको छ । योसँगै फाउन्डेशनले मृत्तक परिवार तथा पीडित परिवारको लागि राहत उपलब्ध गराउँने तयारीमा जुटेको छ । हावाहुरीले बारामा २७ र पर्सामा ६ जनाको मृत्यू भएको छ भने ६ सय जति घाईते छन् । |
उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न कांग्रेस धनुषाको आग्रह Posted: 01 Apr 2019 06:20 AM PDT किशोर कुमार मंडल चैत १८ नेपाली काग्रेंस धनुषाले बारा र पर्सा लगायत तराईका केही स्थानहरुमा अकस्मात आएको असिनापानी सहितको विनाशकारी आँधिहुरीको कारण ३५ जना भन्दा बढीको मृत्यु र ५ सयभन्दा बढि घाईते एवम जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ''यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अपर्णका साथै शोक सन्तप्त परिवारजन तथा आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।'' कांग्रेस धनुषाले विपतको यस घडीमा नेपाली कांग्रेससँग सम्बद्ध सबै भातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुलाई उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न आग्रह समेत गरेको छ । भने मृतक परिवारहरुलाई न्योचित क्षतिपुर्ति , घाईतेहरुको उपचार खर्च र घरबारबिहिनहरुको सम्पुर्णलाई गाँसबाँसको जोडदार मांग गरेको छ । ![]() ![]() ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment