Onlinesiraha-Nepali |
हरबडा स्थित आधारभूत बिधालयमा बिद्यार्थी भर्ना अभियान २०७६ शुरु Posted: 16 Apr 2019 10:10 AM PDT जनकपुर , बैशाख ३ शहिदनगर नगरपालिका वडा नं ६ हरबडा स्थित आधारभूत बिधालयमा बिद्यार्थी भर्ना अभियान २०७६ शुरु भएको छ । " हाम्रो नगर, हाम्रो गाउँ सबै बालबालिका लाई बिधालय पुर्याउ " भन्ने शिक्षाको नारा साथ बैशाख ३ गते बाट भर्ना अभियानको शुरु भएको हो । हरेक क्षेत्रमा रचनात्मक कार्य गर्दै आउनुभएको बहुप्रतिभाशाली स्पष्ट बक्ता मेयर उदय कुमार बरबरिया यादव , उप( मेयर शिला देबि कापर , वडा अध्यक्ष रामएकवाल मण्डल , वडा सदस्यहरु बिरेन्द्र कुमार मण्डल , निर्मला पासमान , स्रोत ब्यक्ति श्री धनेश्वर प्रसाद यादब नगर शिक्षा सदस्य राजकुमार कर्माचार्य लगायत स्थानीय बुद्धिजीवी समाजसेवी अभिभावकले वडा परिक्रमा गरि एक कार्यक्रम बिच आ(आफ्नो मन्तव्य व्यक्त गरि शिक्षकले पढाउने होइन सिकाउने , शिक्षामा गुणस्तर वृद्धि गर्नु पर्ने बताएका छन । |
उपभोक्तासँग खेलवाड गर्ने व्यवसायीलाई कडा कारवाही गरिने ः मुख्यमन्त्री राउत Posted: 16 Apr 2019 09:57 AM PDT जनकपुर , बैशाख ३ उपभोक्तासँग खेलवाड गर्ने व्यवसायीलाई कडा कारवाही गरिने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन । उनले खाद्य तथा मासुजन्य वस्तुमा विषजस्ता केमिकल मिसाएर भन्दा कडा कारबाही गरिनुपर्ने जोड दिए । मंगलबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको प्रदेशस्तरीय कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । उनले कमाउने नियतले नै खाद्यवस्तु तथा माछामासुमा विभिन्न केमिकलहरु मिसाएर मानव शरीरलाई निकै हानी पु¥याउने काम भइरहेको बताए । उनले भने, 'त्यस्ता चिजहरु किन्ने बेलामा निकै नै आकर्षक खालका भएपनि मानिसलाई विभिन्न रोगले च्याप्दै जाने र पछि गएर ज्यान नै लिने गरेकाले त्यस्तालाई गलत क्रियाकलाप गर्ने व्यवसायीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्छ । उनले उपभोक्ता हकहित संरक्षणका लागि कडा कानूनहरु बनेपनि कार्यान्वयन पक्ष भने फितलो रहेको बताए । उनले बजारमा माछा, मासु, तथा मिठाइहरुमा व्यवसायीहरुले उपभोक्तालाई ताजा देखाउने नाममा गलत केमिकलहरुको प्रयोग गरेर अधिकांश सर्वसाधारणमा किड्नी रोग, डाईविटिज, ग्यास्टिक, पत्थरी, हृदयघात, दम जस्ता रोग देखापरेको भन्दै उपभोक्ताको हकहित संरक्षणसंगै गलत क्रियाकलाप गर्ने व्यवसायीलाई हदैसम्मको कारवाही हुनुपर्ने धारणा राखे । उनले खानपानकै कारण अधिकांश रोगहरु हुने गरेकाले उपभोक्ता आफैं पनि सचेत हुनुपर्नेमा जोड दिए । उनले जनकपुर लगायत विभिन्न ठाउँमा गुठीको जग्गा हडप्न अनेकन चलखेल भइरहेको भन्दै यसलाई व्यवस्थित गर्नका लागि सार्वजनिक तथा गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयक ल्याउने तयारी भईरहेको जानकारी दिए । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले गुणस्तरीय खाद्य सामग्रीका लागि गुणस्तरीय सेवा पनि त्यतिकै आवश्यक रहेको बताइन् । दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललगायतको समेत सहभागिता रहेको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment