/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


व्याहुत सुडी सेवा समितिको अध्यक्षमा चन्देश्वर साह

Posted: 13 Apr 2019 08:42 AM PDT

किशोर कुमार मंडल चैत ३० व्याहुत सुडी सेवा समितिको अध्यक्षमा चन्देश्वर प्रसाद साह चयन भएका छन । समितिको शनिवार जनकपुरमा सम्पन्न दोश्रो महाधिवेशनबाट उपाध्यक्षमा विद्याकर प्रसाद साह , महासचिवमा लक्ष्मण प्रसाद साह , सचिवमा धु्रव नारायण साह र कोषाध्यक्षमा ऋषिकेश साह चयन भएका छन । समितिको सदस्यहरुमा धु्रवनारायण साह , जानकी प्रसाद साह , शम्भु साह , रामअशिष साह , उर्मिला साह र ललिता देवी साह चयन भएका छन ।

सांसद–मन्त्रि बन्न राजनितिमा नआएको ः डा. राउत

Posted: 13 Apr 2019 08:09 AM PDT

राम नारायण पंडित, सिरहा, ३० चैत । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सांसद–मन्त्रि बन्न राजनितिमा नआएको बताएका छन् । जनताको सेवा ,समाजिक जिम्मेबारी र समाजमा रहेको फोहोर सफा गर्न राजनितिमा होमिएको दाबी गरेका छन् । सरकारसंग सम्झौता पश्चात पहिलो पटक सिरहाको मिर्चैयामा आज आयोजित विशाल बिजय सभालाई सम्बोधन गर्दै उनले समाजिक जिम्मेबारी र जनताको अधिकारका लागि राजनितिमा आएको बताए । 
56759205_319465778742017_5980678707696631808_n%2B%25281%2529
उनले जनमत पार्टी आएपछि मधेशी जनताको मतलाई भजाएर ठेकापटा गरिरहेका दलका नेताहरुको पसल बन्द हुन लागेको बताएका छन् । सरकारसंग सम्झौता गरे पश्चात केहि तत्वले आफ्नो दुकान बन्द हुने डरले भ्रम फैलाउन थालेको उनले आरोप लगाए । उनले भने, "कसैको पसल, कसैको ठेकेदारी र रोजीरोटी  बन्द हुन लागेको छ, त्यसैले उनीहरु जनतामा भ्रम फैलाउँदै हिडेका छन् ।" 
56764368_2015837558713029_4440226813687365632_n
केहि व्यक्तिले डा. राउतले सरकारसंग सम्झौता गरी पछाडी हटेको अफवाह फैलाउदै हिडेको भन्दै उनले आफु सरकारसंग सम्झौता गरेर पछाडी नभई छलांग मारेको बताए । सरकारसंग १० महिना लामो छलफल गरी सम्झौता गरेको भन्दै उनले समभmौताको ड्राफ्ट तयार गर्न सरकारलाई २ महिना लागेको स्पष्ट गरे । केपी ओलीसंग नभई नेपाल सरकारसंग आफु सम्झौता गरेको भन्दै उनले सम्झौता गरेर विजयी हासिल गरेको दावी गरे । 
57092859_386453072204344_6890002784104480768_n
अहिलेसम्म कुनै पनि मधेशी पार्टीका अध्यक्षले जेलमा बसेन तर आफुचाँही  मधेशीको अधिकारका लागि पटक–पटक प्रहरी हिरासत र जेलमा बसेको सुनाए । जो पार्टी ओलीको बिरोधमा भोट माँगे उक्त पार्टीले अहिलेसंगे हनिमुन मनाईरहेको भन्दै डा. राउतले आक्रोश ब्यक्त गरे । 
57195247_2290974611225486_3973834605617741824_n
विगतमा भएको चुनावमा नो भोट अभियानको क्रममा जनताले चुनाव चिन्हको माँग गरेकोले जनताको अपेक्षा अनुसार पार्टी निर्माण गरिएको उनले जिकिर गरे । उनले मधेसी जनताको अधिकारका लागि आफु ज्यान दिन तयार रहेको बताए । अधिकारका लागि कफन लिएर हिडे्को भन्दै उनले स्वतन्त्र मधेश गठबन्धको लक्ष्य पुरा गर्न अघि बढिरेहेको थपे । सम्बोधनको क्रममा डा. राउतले मधेशबादी दलप्रति आक्रोशित देखिएको थियो । 
 
मधेशमा १० लाख राजगारी सिर्जना गरी बेरोजगारी समस्यालाई समाधान गर्ने समेत उनले दाबी गरे । पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागीको अध्यक्षतमा भएको कार्यक्रममा हजारौको संख्यामा नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

बर्षमा एक चोटी मात्रै फूल्ने फूल हेर्न ललायित छन् सरकारका प्रवक्ता

Posted: 13 Apr 2019 07:49 AM PDT

नवसंग्राम दैनिक लहान, ३० चैत्त । बर्षमा एक चोटी फुल्ने फुल हेर्न म ललायित थिए । तर, त्यो सम्भव भएन् समय अभावको कारणले सूचना तथा सँचार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले यो कुरा बताए । सिरहाको लक्ष्मीपुर पतारी ६ सितापुर स्थित चैत्र २९ गते बौकीदेवी मेला महोत्सव उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले विश्वमै यस्तो फुल फुल्नु अलोकिक मानिन्छ यो फुल्ने दिन आएर अवश्यक हेर्ने छु बताए । पत्रकारहरुले यसलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न आग्रह उहाँले आग्रह समेत गरे । लहान अर्थात सलहेशक्षेत्रमा नयां बर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने यो पौराणिक परम्परा रहेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्ने गरेको छ । लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने उक्त फूल हेर्न देशका अधिकांश जिल्ला र भारतका विहारबाट श्रद्धालुभक्तजनहरु घुईंचो लाग्ने गरेको छ ।
'सल्हेस' फूलबारीमा रहेको 'हारमको' रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) संगै टाँसिएको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । वनस्पतिविद्का अनुसार छैटौँ र सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन । राजा सलहेस को थिए ? कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंवदन्ती यस्तो छ ।
छैटौं र सातौँ शताब्दीदेखि मधेश भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ । त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट वीरबालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान, प्रखर बुद्धिमान् थिए । सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गथ्र्यो । भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए । भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने ।
सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयको पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ । राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाई देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ । लहान नगरपालिकादेखि चार किमी पश्चिम दक्षिणमा ११ बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा बिस्तारै ओइलाउँदै जान्छ । अच्चमको उक्त फूल हेर्न भारतबाट समेत मानिस आउने र मेला भर्ने गर्छन् ।
किंबदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् । मधेशमा अहिले पनि गाउँ गाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ । यता, सलहेशसंगै जोडिएको पोखरियागढमा बैशाख २ गते मेला लाग्ने गरेको छ भने सोही दिन पतारी पोखरी मेला लाग्ने गरेको छ । पतारीमा ५ विघामा विशाल पोखरी फैलिएको छ ।
पोखरीको दक्षिण पटटी राजा हरि सिंह देवको मंदिर पर्छ । यहाँको विशेषता मेला आउने भक्तजनहरु आए र जसको संतान छैन त्यो संतान प्रापतीको लागि १ गते राति उपसना व्रत बस्छन् । रात भरि बसे र भोली दिसो अर्थात बैशाख २ गते त्यो पोखरी मा नुहाउने गर्छन् । नुहाएर आफनो संतान प्रापति तथा सुख शान्तीको लागि मनोकामना गर्दछ । हरेक वर्ष झै यात्रीहरुको स्वागतका लागि बिभिन किसिमका नाच गान, सर्कस खेल र राती बस्ने अस्थायी घर बनाइएको छ ।

व्यवहारमा परिवर्तन नआएसम्म विकास असम्भव ः नगरप्रमुख साह

Posted: 13 Apr 2019 04:42 AM PDT

राजन कुमार सिंह चैत ३० जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले व्यवहारमा परिवर्तन नआएसम्म विकास सम्भव नभएको बताएका छन । जनता सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.को आठौं वार्षिक साधरण सभालाई शनिवार प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख साहले आचरण सुधार अहिले प्रमुख आवश्यकता रहेको बताएका छन । सहकारी देश विकासको मेरुदण्ड रहेको बताउंदै उनले सहकारीको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन । जनता सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामचन्द्र पंजियारको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला बचत ऋण सहकारी धनुषाका अध्यक्ष धु्रव नारायण यादवले सहकारीलाई समृद्ध बनाउनतर्फ सरोकारबलाहरुको ध्यान आकृष्ट गराए । उनले सहकारी भित्र रहेका विकृति र विसंगतिहरुलाई निराकरण गर्दै सहकारीको प्रभावकारिता बढाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन । कार्यक्रममा सहकारीलाई सहयोग गर्ने विभिन्न व्यतिmहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ भने राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment