Onlinesiraha-Nepali |
- लग्मामा सोमनाथ महादेव मन्दिरको समुदघाटन
- ‘जनताको कचहरी कार्यक्रम’-कानुन उत्पीडित मैत्रीे : मन्त्री यादव
- फेयर लव्लीको बोर्डमा हरामटरको तस्करी
लग्मामा सोमनाथ महादेव मन्दिरको समुदघाटन Posted: 04 Mar 2019 04:51 AM PST राजन सिंह फागुन २० । महाशिवरात्रीको अवसरमा धनुषाको नगराईन नगरपालिका-६ स्थित लग्मामा सोमवार सोमनाथ महादेव मन्दिरको समुदघाटन सम्पन्न भएको छ । मन्दिरको समुदघाटन गर्दे नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधिले रुद्राभिषेक समेत गरेका छन । समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले देवहरुको देव महादेवको मन्दिर स्थापनाले यस क्षेत्रका स्थानीयहरुलाई पुजापाठका लागि बाहिर जानुपर्ने बाध्यताको अनत्य भएको बताएका छन । महादेव नेपालीहरुको ज्वाई रहेको बताउंदै उनले नेपाल देवहरुले रुचाउने स्थल रहेको बताएका छन । पार्वती हिमालयको छोरी रहेको र हिमालय नेपालमा नै रहेकोले पार्वती नेपालको छोरी रहेको उनले बताए । धार्मिक कार्यहरुले मानिसमा भएको नाकारात्मक पक्षलाई समाप्त गरि सकारात्मक सोचको विकास हुने भएकोले धार्मिक कार्यमा आफुलाई समेत निकै नै रुची रहेको उनले बताएका छन । स्थानीय धनबीर मंडलको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा प्रदेश सभासद शिवचन्द्र चौधरी , क्षेत्र नं. ३ का क्षेत्रीय सभापति कन्हैयालाल कर्ण , पुर्व क्षेत्रिय सभापति धिरेन्द्रमोहन झा , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , तरुण दल धनुषा अध्यक्ष संजयलाल कर्ण , पुर्व प्रमुख जिल्ला अधिकारी जिवछ मिश्र , श्याम निधी सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । |
‘जनताको कचहरी कार्यक्रम’-कानुन उत्पीडित मैत्रीे : मन्त्री यादव Posted: 03 Mar 2019 09:01 PM PST राम नारायण पंडित, सिरहा, २० फाल्गुन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उत्पीडनमा परेका समुदायले न्यायको अनुभुति गर्ने गरी कानुनहरु बनाईरहेको बताएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सिरहाको मिर्चैया नगरपालिका ७ फूलवरिया स्थित दलित बस्तीमा शनिबार आयोजित प्रदेश सरकारको 'आपके सरकार, आपके द्धार' कार्यक्रम अन्र्तगत 'जनताको कचहरी कार्यक्रम' लाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश सरकारले बनाउन लागेको कानुनहरु उत्पीडित समुदायमैत्री हुने दाबी गरे । जनतालाई न्याय दिलाउनका लागि जस्तो सूकै शक्तिसँग प्रदेश सरकार लड्न तयार रहेको उल्लेख गर्दै उनले पहिले जस्तो अन्याय र अत्याचार सहेर बस्नुपर्ने अवस्था अहिले नरहेको दाबी गरे । भूमि व्यवस्था सम्बन्धी विधेयक प्रदेश सरकारले चाँडै नै ल्याउन लागेको जानकारी दिदै उहनले बिधेयक पारित भएपछि भुमाफियाहरु पाखा लाग्ने जिकिर गरका छन् । तराई मधेशमा ठुलो समस्याको रुपमा देखिएका दहेजप्रथा, लागुपदार्थ, महिलाहिंसा, जग्गा सम्बन्धी लगायतका समस्याहरुलाई समाधान गर्नका लागि प्रदेश सरकारले विधेयक ल्याउन लागेको उनले स्पष्ट गरे । प्रदेश २ का महान्यायधिवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले जनताको हितमा संवेनशील भएर कानुन निर्माणका कार्यहरु तीव्र रुपमा अघि बढाएको बताएका छन् । कुनैपनि जग्गामा उपभोग गरेको ३० वर्ष पुगेको खण्डमा उपभोगकर्ताकै नाममा जग्गा नामसारी हुने कानुनी व्यवस्था नै रहेको खुलासा गर्दै महान्यायधिवक्ता झाले अब कसैसँग अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य सुनिता राम, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, वडा अध्यक्ष रामकुमार यादव लगायतले मन्तव्य राखेका थिए । |
फेयर लव्लीको बोर्डमा हरामटरको तस्करी Posted: 03 Mar 2019 08:51 PM PST नवसंग्राम दैनिक लहान,२० फागुन । प्रहरी प्रशासनलाई सिधैं चुनौती दिँदै लहानका केही व्यापारी मरिच र मटरको तस्करी व्यापक रुपमा गरिरहेको छ । सिरहाबाट स्याउ र गाजा तस्करी हुँदै आएपनि पछिल्लो पटक खाने मटर दाना र मरिच भारततर्फ तस्करी भइरहेको खुलेको छ । फागुन १९ गते लहानबाट निस्किए एक पिकअप जीपलाई सहकर्मी आलोक यादवले पिछा गर्दै जाँदा सितापुरप्रहरीले नियन्त्रणमा लिए । प्रहरीले खोजखबर गर्दा सो जिपमा चार लाखको फेयर लव्लीको कार्टुन र त्यस मुनी ५० बोरा हरा मटर फेला परे । प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करपक्षले मुन्धडा इन्टरप्राइजेजले मिथिला ट्रेडस् बडहरी नरगीको नाममा विल देखाएर सिमाक्षेत्रतर्फ लगिएको छ । यसअघि चाउचाउको फ्लेक्स बोर्ड राखेर मरिच लगिएको थियो भने यस पटक फेयर लव्लीको फ्लेक्स बोर्ड राखेर स.१प. ८६८ नम्बरको पिकअप जिपमा भारत निकासीको लागि हरा मटर लगिएको छ । मुन्धडा इन्टरप्राइजेजका पवन मुन्धडाले भने 'सबै कुरामा भ्याट विल काट्नु पर्दैन ।' ७० हजार ८ सयको मटरको विलमा कर कट्टा गरिएको छैन । तस्करले लहानबाट लगिएको हरा मटर वरियारपट्टी गाउँपालिको कचनारी हुँदै दशगँजाक्षेत्रमा रहेको बडहरी नरगीको एक घरमा गोदाम बनाएर उक्त मालसमान स्टोक गर्ने गरेको छ । स्टोक गरिएको हरा मटर, मरिचलगायत तेस्रो मुलुकबाट आयात गरिएको मालसमान नेपालबाट रातारात भारत निकासी गर्दै आएको छ । सिमाक्षेत्रका कचनारी प्रहरीका धनबहादुर खड्काको संरक्षण रातारात मटर, मरिच भारततर्फ निकासी गर्ने गरेको स्थानीयको दावी छ । भियतनामबाट मरिच आयात हुन्छ । यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रूपमा भारत निकासी गरिँदै आएको थियो । सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरे । यत्तिबेला मरिचसँगै हरा मटर समेत नेपालबाट अवैद्य रुपमा पैठारी हुने गरेको छ । नाकाबाट ठूलो परिमाणमा तस्करी भइरहेको गोप्य सूचना पाएपछि एसपी जीवन श्रेष्ठले त्यहाँ कार्यरत प्रहरी इन्चार्जलाई कडाई गर्न निर्देशन दिएका थिए । तैपनि तस्करीका समानहरू बरामद नभएपछि उनले सिमाक्षेत्रमा विशेष प्रहरी टोली परिचालन गरिएको छ । एसपी श्रेष्ठले 'हाम्रो प्रहरीले सितापुरमा मटरसहितको गाडी रोकिएको थियो ।' 'तर, 'नेपालमै बिक्री गर्ने रसिद देखाएपछि विवश भएर छाड्नुपरेको हो ।' 'बोर्डरमा कडा गरिएको छु ।' 'तर, रुघेर बस्न नसकिने स्थिति छ । अन्य ठाउँमा निगरानी दिनुपर्छ ।' 'यो नियन्त्रण गर्न पुलिसको मात्रै होइन् अन्य निकायको पनि हो ।' दशगजा क्षेत्रमा भण्डारण गरी तस्करीका मोटरसाईकल,साइकल, भरिया गरि भारत नाका कटाइने गरिन्छ । सिमा क्षेत्रको झाझपट्टी, नरगी, वरियारपट्टीमा भण्डारण गरिने अवैध समानहरू प्रायः रातको समयमा तस्करी गर्ने गरिएको पाइएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment