Onlinesiraha-Nepali |
- वर्तमान सरकार प्रचारमुखी ः पुर्व प्रधानमन्त्री देउवा
- सत्तामा रहेकाहरु नै संघियता कार्यान्वयनमा गम्भिर छैन ः ठाकुर
- प्रहरी तथा कर्मचारी सम्बन्धि विधेयक त्रुटीपूर्ण नेका.उपसभापति नीधि
- लप प्रमुख साह विवादमा फस्यो, विपक्षीहरु आन्दोलनको आँधी चलाउँने
वर्तमान सरकार प्रचारमुखी ः पुर्व प्रधानमन्त्री देउवा Posted: 03 Mar 2019 04:49 AM PST ![]() एलिना सिंह जनकपुरधाम फागुन १९ गते । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार कार्यमुखीभन्दा प्रचारमुखी बढी रहेको बताएका छन् । उनले वर्तमान सरकार काम गर्नुको साटो प्रचार गर्नमै व्यस्त रहेको आरोप लगाए । जनकपुरधाममा आईतवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार काम गर्नुभन्दा बढी ठुल्ठुला भाषणबाजीमा माहिर रहेको बताएका हुन् । उनले भने 'मुलुकमा हत्या, हिंसा, बलात्कार जस्ता घटना बढ्दै गएका छन् तर वर्तमान सरकार भने ठुल्ठुला भाषणमै व्यस्त छ ।' वर्तमान सरकार वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता हनन् गर्न लागिपरेको आरोप लगाउँदै सभापति देउवा कांग्रेस यसका लागि लडिरह्ने दाबी गरे । उनले भने' नेपालमा संघियता संस्थागत हुने क्रममा छ, अब संघियतालाई कसैले समाप्त पार्न सक्दैन ।'एक फरक प्रसंगमा बोल्दै पुर्व प्रधानमन्त्री देउवाले वर्तमान सरकार जनताको अभिव्यतिm स्वतन्त्रता , वाक स्वतन्त्रता र जनताको सुसुचित हुने अधिकारलाई कुण्ठित पारेको आरोप लगाए । उनले सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजिए लोकतन्त्र कमजोर हुने चिन्ता व्यक्त गरेका छन । नागरिकलाई कुनै पनि बहानामा सूचनाको हकबाट बंचित गरिए र पत्रकारहरुमाथि अंकुश लगाई नेपाली कांग्रेस चुप लागेर नबस्ने बताएका छन । नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंहको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र नीधि , केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , रामकृष्ण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , नेका.धनुषा सभापति महेशशंकर गिरी , उपसभापति संतोष यादव , सचिव बिशेश्वर यादव , युवा नेता प्रफुल्ल राज घिमिरे सहितका नेताहरुको उपस्थिति रहेको थियो । |
सत्तामा रहेकाहरु नै संघियता कार्यान्वयनमा गम्भिर छैन ः ठाकुर Posted: 03 Mar 2019 04:45 AM PST ![]() राहुल कुमार सिंह जनकपुरधाम फागुन १९ गते । सत्तामा रहेकाहरु नै संघियता कार्यान्वयनमा गम्भिर नरहेको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले आरोप लगाएका छन । चेतनाले जनकपुरधाममा आयोजना गरेको संघियता कार्यान्वयन विषयक विचार गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै राजपा नेता ठाकुरले वर्तमान संविधान जारी गर्नेहरु मध्येबाट नै केही तत्व नै संघियता बिरोधी रहेकाले संघियता कार्यान्वयन तर्फ मुलुक गम्भिर हुन नसकेको आरोप लगाएका छन । उनले वर्तमान सरकारका नेतृत्वकर्ताहरु पंचायती शासनको समयमा रहेको राष्ट्रियताभन्दा बाहिर आउन नसकेको बताएका छन । मधेशको आवाज कमजोर पार्न र अल्पमतमा पार्नकै लागि मधेशको सीमा अतिक्रमण गर्ने गरी प्रदेशको सिमांकन गरिएको ठाकुरको भनाई थियो । सरकारले सुरक्षा तथा विकासको अनुगमनको जीम्मा प्रमुख जिल्ला अधिकारीलाई दिन लागिएकोमा ठाकुरले असंतोष समेत व्यक्त गर्नुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेश भित्रका सुरक्षा तथा विकासको जीम्मा लगाउन लाग्नु संघियताको मर्म विपरित रहेको आरोप लगाउनुभयो । नेता ठाकुरले मधेशवादी दलसंग विभिन्न समयमा सरकारले गरेको सम्झौताहरु पूरा नगरे फेरी आन्दोलनमै जाने चेतावनी दिनुभयो । उहाँले प्रदेशलाई अधिकार सम्पन्न बनाउने तथा अधिकार प्राप्तिकै लागि वर्तमान सरकारलाई समर्थन गरेको चर्चा गर्दै यी सब पूरा नभए फेरी सडकमै जानका लागि तयार रहेको बताएका छन । |
प्रहरी तथा कर्मचारी सम्बन्धि विधेयक त्रुटीपूर्ण नेका.उपसभापति नीधि Posted: 03 Mar 2019 04:40 AM PST ![]() |
लप प्रमुख साह विवादमा फस्यो, विपक्षीहरु आन्दोलनको आँधी चलाउँने Posted: 02 Mar 2019 07:04 PM PST ![]() यही विवादसँगै गाउँपालिकाले गरेको आर्थिक अनियमिता सम्बन्धी समाचार आउँन थालेपछि अध्यक्ष साहले अस्ति पत्रकार सम्मेलन गरे । सम्मेलनमा अध्यक्ष साहले भने 'यहाँ कुनै अनियमिता भएको छैन ।' 'अख्तियारमा उजुरी दिएको छ ।' 'अख्तियारलाई चाहिने सबै प्रमाण हामी दिन तयार छु ।' एक स्रोतका अनुसार अख्तियारले आवश्यक कारवाहीको लागि गाउँपालिकासँग विवरण माग गरिसकेको छ । उता, नेकपा र काँग्रेसको सँयुक्त बैठकले गाउँपालिकाको कामकाज तथा विकास निर्माणमा भएको अनियमिता छानविनको लागि एक सँघर्ष समिति बनाएको छ । सो समितिको बैठक आज लक्ष्मीपुर पतारीको पिपरामा बसेको थियो । बैठकले उपभोक्ता समिति बनाउँदा सबैपक्षका समावेश गरेर बनाउँनुपर्ने जोड दिएका छन् । राजेन्द्र साहका सँयोजत्वमा १३ सदस्य उपसमिति बनाएको छ । समितिमा चतुरानन्द सिँह दनुवार, देवनारायण साह, राहुल यादवलगायत छन् । सो समितिले गाउँपालिकाले अनियमिता नरोकिए र विपक्षीलाई पेल्ने तथा हेप्ने प्रवृति अध्यक्ष साहले नरोके अगामी दिनमा हजारौको प्रदर्शन गरि गाउँपालिकामा तालाबन्दी गर्ने तयारीमा जुटेका छन् । अध्यक्षको कार्यसम्पादनमा सुधार नआए गाउँपालिकाको सबै कामकाज ठप्प पारेर उपाध्यक्ष आशा यादवलाई कार्यवाहकको रुपमा काम गर्न तयारी गर्ने बैठकका एक सदस्य बताएका छन् । पोखरभिन्डाका विष्णुदेव यादवलाई कुटपिट गर्दा स्थानीय सर्यौंको सँख्याले फागुन १८ गते गाउँपालिका अध्यक्ष साहलाई कार्यकक्षमै तीन घण्टा घेरा हालेको थियो । लप वडा ६ का अध्यक्ष राजेश्वर साह भन्छन् —'सँघीय सरकारबाट ल्याएको तराई मधेश समृद्ध अन्तरगतको कार्यक्रमको लागि पोखरीको ठेक्का समाप्त गर्नुस् ।' 'योजनाको काम अघि बढाई दिनुस् ।' 'आज तीन महिनादेखि म चिच्चयाइरहेको छु ।' 'अध्यक्षले फ्रिज होस् भन्दै आलटाल गर्दै आएको छ ।' सितापुर बजार पोखरी निर्माण हाट बजार व्यवस्थापन योजना स्वीकृत भएपनि विपक्षीलाई पेल्ने उद्देश्यले कार्यक्रममा गापा अध्यक्ष साहले रोक्दै आएको वडाध्यक्ष साहको आरोप छ । सिरहामा यस्ता आधा दर्जन गाउँपालिका तथा नगरपालिकाका प्रमुखले आफ्नो गोरुको बाह्रै टाका भन्दै विपक्षीलाई पेल्दै आएको छ । यसैको परिणाम स्वरुप सिरहाको कति स्थानीयतहमा आवश्यकता बमोजिम विकास निर्माण कार्य ठप्प रहेको छ । बहुमतको धक्कु लगाएर प्रमुखहरुले स्थानीयतहलाई निजी सम्पतीको रुपमा प्रयोग गर्दै आएको छ । ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment