/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


पश्चिमा मुलुकको प्रभावमा देशमा धर्मनिरपेक्षता : अध्यक्ष थापा

Posted: 02 Mar 2019 07:28 AM PST

राम नारायण पंडित/मुकेश यादव, सिरहा, १८ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र स्थापनाका लागि चैत्र महिनादेखि सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पार्टीको मेची– महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज (शनिबार) सिरहाको मिर्चैयामा  आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले चैत्र महिनादेखि हुने सडक संघर्षबाटै हिन्दू राष्ट्र स्थापना गर्ने दाबी गरेका छन् । 
52876827_2274126432857229_730616229592563712_n
उनले सनातन धर्महरु खतरामा रहेकोले धर्म निरपेक्षता खारेजी गरी हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गरेका छन् । नेपालमा पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, गरिबी र बेरोजगारी समस्याको समाधान लगायतका विषयमा जनतालाई जागृत तुल्याउन र सरकारलाई ध्यानाकर्षण गराउँदै सशक्त रुपमा जनवाद सृजना गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वभिमान यात्रा सुरु गरेको अध्यक्ष थापाले बताए ।
52942935_1101249866713532_4980732320286769152_n
संसदमा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने भन्दै उनले आफ्नो पार्टीको संघर्षमा सहयोग गर्न सबैसँग आग्रह समेत गरे । मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमतसंग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै अध्यक्ष थापाले फागुन मसान्तसम्म स्वाभिमान यात्रा मार्फत दबाब सृजना गरेपनि माग पूरा नभए चैतदेखि देशव्यापी सडक सघर्षमा उत्रने चेतावनी दिए । उनले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइडबडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरे । 
52951131_348821459055878_5427326683331952640_n
१२ बर्षअघि परिवर्तनका नाममा भएका गतिबिधीले जनताको भावनालाई सम्बोधन गर्न नसकेको आरोप लगाउदै उनले राजसंस्था सहितको हिन्दु राज्य स्थापना भएपछि मुलुकमा जनताले परिवर्तनको आभास गर्ने दाबी समेत गरेका छन् । मधेशी जनताको पहिचान र स्वाभिमानका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको चर्चा गर्नुहुँदै अध्यक्ष थापाले मधेश र मधेशीको पक्षमा आफ्नो पार्टीको स्पष्ट बिचार रहेको बताए । मधेशबादी दलले संविधान संसोधन बिना नै सरकारमा सहभागि भएको चर्चा गर्दै उनले आफ्नो पार्टी  सरकारमा जान मरिमेटि नगर्ने स्पष्ट गरे । सरकार बाहिरै रहेर राम्रो काम गरिरहेको भन्दै अध्यक्ष थापाले पश्चिमा मुलुकको प्रभाबमा परी देशमा धर्मनिरपेक्षता लादिएको समेत आरोप लगाए । 
53309061_267423310877064_5787979626957504512_n
ताप्लेजुङबाट गत बुधवारदेखि शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज सिरहाको लहान, गोलबजार, चोहर्वा, सिरहा सदरमुकाम, कल्याणपुर र मिर्चैया हुँदै धनुषा प्रस्थान गरेका छन् ।
53052506_407090400045943_4430870094289043456_n

 53050789_2275592182730069_6337799715031089152_n

मुसहर समुदायको उत्थान नभएसम्म देश र प्रदेशको विकास हुन नसक्ने ः मन्त्री यादव

Posted: 02 Mar 2019 06:28 AM PST

किशोर कुमार मंडल फाल्गुन १८ । ऋषि वंश एकता सेवा समाज नेपालको प्रथम वार्षिक साधरण सभा सम्पन्न भएको छ । ऋषि वंश एकता सेवा समाज नेपालका अध्यक्ष लक्ष्मी सदाको अध्यक्षतामा भएको सो कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मुुुसहर समुदायको अवस्था अहिले पनि समाजमा दयनीय रहेको बताउंदै मुसहर समुदायको उत्थान नभएसम्म देश र प्रदेशको विकास हुन नसक्ने बताएका छन । उनले जातीय छुवाछुत संविधानमा मात्र उल्लेख मात्र भएर केही नहुने भन्दै व्यवहारमा लागु गर्नुपर्नेैमा जोड दिएका छन । कार्यक्रममा प्रदेश सभासदस्य मन्जु यादव , चन्देश्वर सदा , शिव सदा , सुमन सदा सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा ः पुर्व प्रधानमन्त्री देउवा

Posted: 02 Mar 2019 06:06 AM PST

राजन सिंह फाल्गुन १८ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा नेपालीपछि सबभन्दा बढि बोलिने मैथिली भाषालाई नेपालको दोस्रो भाषाको रुपमा संविधानमै उल्लेख गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मैथिली विकास कोष जनकपुरधामको आयोजनामा शनिबारदेखि शुरु भएको ६ दिवसीय जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाटक महोत्सवको उदघाटन गर्दै कांग्रेस सभापति देउवाले मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा रहेको बताउंदै आफ्नो पार्टी मैथिली भाषाको विषयमा संविधानमै उल्लेख गराउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । मैथिली भाषाको ईतिहास समृद्ध रहेको चर्चा गर्दै उनले आफ्नो पार्टीले यस अघि पनि मैथिली भाषालाई नेपालको दोस्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउनका लागि पहल गरेपनि सफल नभएको चर्चा गरे । नेपालको हरेक क्षेत्रमा मैथिली भाषाको प्रयोग भएको बताउंदै उनले नेपालका लागि संघियता आजको आवश्यक्ता रहेको बताए । उनले भने' नेपालमा संघियता संस्थागत हुने क्रममा छ, अब संघियतालाई कसैले समाप्त पार्न सक्दैन ।'एक फरक प्रसंगमा बोल्दै पुर्व प्रधानमन्त्री देउवाले वर्तमान सरकार जनताको अभिव्यतिm स्वतन्त्रता , वाक स्वतन्त्रता र जनताको सुसुचित हुने अधिकारलाई कुण्ठित पारेको आरोप लगाए । उनले सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजिए लोकतन्त्र कमजोर हुने चिन्ता व्यतm गरेका छन ।
कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री एवम नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश दुईको नाम मिथिला भोजपुरा प्रदेश र भाषा मैथिली हुनुपर्नेमा जोड दिएका छन् । मिथिला भोजपुरा बाहेक अन्य नाम यो भूगोलका लागि उपयुक्त नहुने नेता नीधिले बताए । मैथिलीलाई दोस्रो भाषाको रुपमा संविधानको रुपमा उल्लेख गराउन पहिलो पटक सफल नभएपनि यो अभियान जारी नै रहेको नेता निधिले बताए ।
कार्यक्रममा सहभागी भएका नेकपाका नेता घनश्याम भुसालले मैथिली भाषा संस्कृति, कला साहित्य नेपालको साझा भाषा रहेको बताए । उनले मैथिली भाषाको ईतिहासले हामी सबै नेपालीलाई गौरवान्वित गर्दै आएको बताए ।
कार्यक्रममा राजपा नेपालका उपाध्यक्ष एवम राष्ट्रिय सभा सदस्य बृशेषचन्द्र लाल , नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्र.ढ्गाना , रामकृषण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , नेकपा नेता रामचन्द्र झा , सत्रुधन महतो सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । ६ दिवसीय जनकपुर साहित्य कला एवंम् अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तानसहित विभिन्न चार देशका नाट्य संस्थाले नाटक मञ्चन गर्ने छ ।
महोत्सवमा मैथिली भाषामा केन्द्रित भई प्रदेशको सांस्कृतिक परिचय, भाषा र जातीय विभाजनका प्रभाव, भाषा साहित्य संरक्षणमा चुनौती, मातृभाषा संस्कृति र युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामकरण, मिथिला समाजमा महिलाको सामाजिक तथा सांस्कृतिक भूमिकाबारे नेपाल–भारतका विज्ञबीच संवाद तथा छलफल समेत गरिने छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment