Onlinesiraha-Nepali |
चालु आर्थिक वर्षमा सिरहामा सडक दुर्घटनामा पाँच दर्जनले ज्यान गुमाए Posted: 07 Mar 2019 06:17 AM PST ![]() आर्थिक बर्ष २०७२/०७३ मा २ सय ५५ बटा सबारी साधन दुर्घटना हुँदा ५७ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी ४ सय ७५ जना घाइते भएका थिए । त्यसैगरी २०७३/०७४ मा सबारी दुर्घटामा ७८ जनाको मृत्यु भएको थियो भने ५ सय ८१ जना घाइते भएका थिए । गत आर्थिक बर्ष २०७४/०७५ मा २ सय ३९ सबारीसाधन दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ३ सय ८४ जना घाइते भएका थिए । राजमार्गमा यात्रारत बिहारी साहले भने, " बाटो साधुरो छ, फराकिलो हुनु पर्छ, साधुरो बाटोमा दुर्घटना हुने डर हुन्छ, दिन प्रतिदिन गाडी थपिदैछ तर बाटोे जस्तको त्यस्तै छ ।" स्थानिय मधुराम सिंहले भने, चालकले नियम पालना गर्दैन, सबारीसाधनको चाप छ, बाटो सागुरो छ, यसको लागि सरकारलाई चासो देखाउनु पर्छ । अर्का चालक राजकुमार मंडल भन्छन, "सडक चार लेनको बनाउनु पर्छ, मोटरसाइकल चालकले ओभरटेक गर्दा दुर्घटना बढी हुन्छ त्यसलाई कन्ट्रोल गनुपर्छ ।" सवारी दुर्घटना बढ्दै जान थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न चेकजाँच तथा छड्के जाँचमा कडाई गरेका छन् । सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रणका लागि सडकमा विभिन्न किसिमका चेकजाँचदेखि विद्यालय कलेजसम्म ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेको प्रहरी निरीक्षक बस्नेतले बताए । पशुचौपाया सडकै ढाक्ने गरी हिँड्न थालेपछि दुर्घटनामा वृद्धि भएको समेत उनले थपे । दुर्घटना न्यूनीकरण र सचेतनाका लागि ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा संकेत चिह्न राख्नेदेखि चालकलाई स्वास्थ्य परीक्षण समेत गर्दै आएको छ । |
मिर्चैया : चुहावट रोक्न विपन्नलाई निःशुल्क मिटर Posted: 07 Mar 2019 06:07 AM PST ![]() विद्युत चुहावट रोक्न सरकारले निःशूल्क मिटर वितरण योजना अघि सारेको बमोजिम विपन्न वर्गलाई यस्तो मिटर निःशूल्क वितरण गरिएको प्रमुख यादबको भनाई छ । गरिब वर्गहरूले अहिले पनि मिटर जडान नगरी हुकिङबाट बिजुली बाल्दा बिद्युत चुहावट नियन्त्रणमा समस्या भईरहेको अबस्थालाई मध्यनजर गरी आबश्यक भएको घरपरिबारलाई अध्ययन गरी अगामी दिनमा पनि निःशुल्क मिटर बितरण गर्ने लक्ष्य रहेको उनले बताए । फ्यूज सेवाको समुद्घाटनमिर्चैया नगरपालिका बडा नं. २ मा एक कार्यक्रमबिच फ्यूज सेवाको आजै समुदघाटन गरिएको छ । नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतोले सेवा केन्द्रको उद्घाटन गरेका हुन् । टाढाका उपभोक्तालाई समान्य समस्याका लागि मिर्चैया धाउनुपर्ने बाध्यताबाट मुक्त गर्ने उदेश्यले सेवा विस्तार गरिएको प्रमुख महतोले बताए । फ्यूज सेवा मार्फत तत्कालै बिद्युतको समान्य मर्मत, फ्यूज लगाउने र ग्राहकलाई भैपरी आउने समस्या समाधान गर्ने नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर याबदले बताए । विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर याबदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतो, विशिष्ट अतिथिका रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादब, अतिथिका रुपमा बडा नं. १ का बडा अध्यक्ष धनिकलाल यादब र बडा नं. २ का बडा अध्यक्ष लक्ष्मेश्वर कापर लगायत स्थानियबासीहरुको उल्लेनिय उपस्थित रहेको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment