/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैया महोत्सव सम्पन्न : आधुनिक बधशाला निर्माण गर्ने मन्त्री साहको भनाई

Posted: 21 Feb 2019 10:33 AM PST

राम नारायण पंडित, सिरहा, ०९ फाल्गुन । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजार निर्माण गरिने बताएको छ । "समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार" मुल नाराका साथ मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखि शुरु भएको "प्रथम मिर्चैया महोत्सव २०७५" को बुधबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजारको निर्माण गरिने भएकाले स्थानीय तहलाई यस बिषयमा चासो देखाउन आग्रह गरेका छन् ।
52306259_2238989926313581_5329853366916874240_n
कृषिक्षेत्रको बिकासले मात्र प्रदेश सम्बृद्ध हुन सक्ने भएकाले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले प्रदेश सरकारको एक बर्षे कार्यकाल सफल भएको दाबी गरे । महिला हिंसा न्युनिकरण र छोराछोरीबीचको बिभेद अन्त्यका लागि प्रदेश सरकारले ''बेटी पढाउ, बेटी वचाउ" अभियान सञ्चालन गरेको बताउदै यो अभियान सफल बनाउन सबैसँग आग्रह समेत गरेका छन् । 
 
कार्यक्रममा मिर्चैया नगरपालकिाका प्रमुख श्रवण कुमार यादवले स्थानीय सरकारलाई प्रदेश सरकारवाट सहयोगको अपेक्षा राखेको र स्थानीय हाट वजार वैज्ञानिक ढंगवाट अगाडी वढाउन नगरपालिकाले समेत योजना बनाईरहेको बताए ।  
51765233_1162618363907334_8251092587520196608_n
मिर्चैया नगरपालिकाको धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्पm अग्रसर गराउने उद्देश्यले सञ्चालन भएको महोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले गरेको थियो । 
51563367_400769577341899_1930621678254030848_n
महोत्सवमा मिर्चैयाको साथै प्रदेश र देशभरीमा उत्पादित तथा निर्मित वस्तुहरुको प्रदर्शन,  विभिन्न क्षेत्रका रहनसहन सहितको मौलिक खानाको परिकारहरुको बिक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा विविध मनोरञ्जनात्कम कार्यक्रम, जिल्लाको स्थानीय उत्पादन कृषिजन्य वस्तुको प्रचार प्रसार, प्रबद्र्धन र बजारीकरणका लागि महोत्सवमा १३१ वटा स्टलहरु रहेको थियो । 
52556895_2072814816171479_2244473016090099712_o
महोत्सव अवधि भरी स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न मौलिक सांस्कृतिक प्रदर्शनी, हरेक दिन ख्यातिप्राप्त कलाकारहरुवाट गीत नृत्य र हास्यव्यङ्ग्य सहितको विविध सांस्कृतिक कार्यक्रम गरिएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष हरीशंकर साहले जानकारी दिनुभयो । 
 
रामनगर मिर्चैया उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकाको सहयोगमा महोत्सव सम्पन्न भएको छ । 
52505097_324771228157672_9013906743821860864_n
51789894_286515462025043_3680735390114775040_n

नेपाली कांग्रेस जनकपुर नगर समितिले कडा कदम चाल्ने

Posted: 21 Feb 2019 08:39 AM PST

राजन सिंह माघ , ९ गते नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले फाल्गुन ५ गते सम्पन्न नगर सम्मेलनका निर्णयहरु सार्वजनिक गरेको छ । समितिका सभापति मनोज साहले बिहीवार नेपाली कांग्रेस धनुषाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि निर्णयहरु सार्वजनिक गरेको हो । नगर समितिले ६ महिनाभित्र २५ वटै वडामा क्रियाशिल सदस्यता वितरण गर्ने जनाईएको छ । ल्याण्ड फिल साईट र आउटर रोड कार्यान्वयनका लागि जनकपुर उपमहानगरपालिकासंग मांग गर्दै जनकपुरलाई पर्यटकीय नगरीमा विकासका लागि अठोटका साथ अगाडि बढने पत्रकार सम्मेलनमा जनाईएको छ । जनकपुरधामलाई स्थायी राजधानी घोषणा , नाम मिथिला भोजपुरा र भाषा मैथिली राख्न प्रदेश सरकारसंग मांग गरेको छ । जनकपुरधाम नगरक्षेत्रभित्र आधुनिक बस पार्क निर्माण गर्न फिर्ता गएको ३५ करोड पुन ः पहल गरी आधुनिक बस पार्क निर्माण गर्न र जनकपुरधामलाई महानगरपालिका घोषणा गर्न मांग गरिएको छ । जनकपुर उपमहानगरपालिका क्षेत्रभित्रका बाटो विस्तार निर्माण गर्ने क्रममा कतिपय घरधनीहरु घर उठिवास भएकोले सो घरधनीहरुलाई राहत एवम पुर्णवास गराउने सम्बन्धि आवश्यक कानुन निर्माण गर्न मांग गर्दै बिगतमा नगरपालिकासंग भएको सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै आन्दोलनको कडा कदम चाल्ने बताएका छन । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी , प्रफुल्ल राज घिमिरे , दिगम्बर राय , गणेश तिवारी , क्षेत्रीय सभापति कन्हैया लाल कर्ण , राज किशोर सिंह , प्रवेश चौधरी , जगत साह , रबिन्द्र सिंह , गणेश झा सहितका नेताहरुको उपस्थिति रहेको थियो । यता नेपाली कांग्रेस धनुषाले शुक्रवार राम चौधरीको श्रद्धाञ्जली सभाको समेत आयोजना गरेको छ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधिको प्रमुख आतिथ्यमा हुन गईरहेको सो कार्यक्रममा उपस्थित हुन सबैमा अनुरोध गरिएको छ ।

नेविसंघको केन्द्रिय अध्यक्षमा यसपालि मेरो जित सुनिश्चित छ : संजिप यादव

Posted: 20 Feb 2019 08:52 PM PST

किशोर मण्डल जनकपुरधाम, ९ फागुन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रिय अध्यक्षमा आफ्नो जित सुनिश्चित रहेकोे युवा नेता संजिप यादवले दाबी गरेका छन् । १२औं अधिबेशनबाट नेतृत्व दाबी गर्दै उनले त्यसका लागि पार्टीका कार्यकर्ता एंव शिर्ष नेताहरूसँगको छलफलमा तीव्रता दिएका छन् । विगतको निर्वाचनमा पार्टीले ऐतिहासिक हार व्यहोर्नु परेकाले पार्टीका मेरुदण्ड मानिएका भातृ संगठन नेविसंघलाई बलियो बनाउन महत्त्वपूर्ण रहेको भन्दै अब नेविसंघको नेतृत्व सम्हाल्नका लागि आफ्नो आवश्यकता रहेको औल्याउँदै उनले जित आफ्नै पोल्टामा हुने दाबी गरे । विगतमा नेविसंघको सदस्य पदमा एक कार्यकाल सफलता पूर्वक निर्वाह गरिसकेका यादव लोकप्रिय एवं चर्चित युवा नेताको रूपमा चिनिन्छ । उनी पार्टीका वरिष्ठ नेता राम चन्द्र पौडेल, महामन्त्री संशाक कोइराला र वर्तमान कोषाध्यक्ष सीता यादवको नजिक भएको मानिन्छ । हाल नेविसंघको उमेर हद लागु नगरी तदर्थ समिति गठनको तयारी भइरहेको छ । नेविसंघको विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागु गर्ने उल्लेख भएपनि महाधिवेशन नहुन्जेलसम्म उमेर हद नलगाई तदर्थ समिति बनाउने तयारीलाई नेताहरुले तीव्रता दिएको छ ।
 
 
Om
 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment