Onlinesiraha-Nepali |
लहानलाई आँपको सुपरजोन बनाउँन जोड Posted: 20 Feb 2019 12:35 AM PST ![]() कार्यक्रमको अवधिमा ९ जना महिला र १६ जना पुरुष सहित जम्मा २५ जनाको सहभागि तालिम रहेको छ । कृषक रामसुन्दर यादवले हामी आफनो खेतवारीमा आँप खेत परम्परागत रुपमा गर्दै आएको थियो । अब हामीले यो तालिम प्राप्त गरिसकेपछि आँप खेती ६ मिटरको दुरी छोडेर आफनो खेत बारीमा बोट विरुवा रोप्नु पर्ने बताएका छन् । पहिले पनि आँप खेती गरिन्थ्यो तर समस्या समाधान सहित कहिल्य पनि यो खेती गरेको थिएन । अब हामी भविष्यमा वादविवाद नहुने गरी आँप खेती निरन्तर रुपमा गर्छौ तालिमका सभाध्यक्षता गरिरहनु भएका लहान नगरपालिकाको कृषि संयोजक प्रदिप चौधरी बताउँछन् । उनी अगाडि थपे–लहान नगरपालिका लहान आँप खेतीको पहिचान बोकेको छ । हाम्रो यो शान कृषकहरुको मेहनत र कडा परिश्रम फलबाट प्राप्त भएको छ । आँप खेतीलाई व्यवस्थापन गर्ने घरेलु उपचार लगायत यो नगरपालिका आँपको पकेट क्षेत्र रहेको छ । प्रशिक्षिक तथा कार्यालय प्रमुख प्रकास साहले हाम्रो लहान नगरपालिकाको लहान आँप पकेट क्षेत्रमा भई सकेपछि हामीले नियमित रुपमा कृषकहरुलाई आँप खेती बारेमा प्राविधिक कुराहरु र आँपमा लाग्ने मधुवा रोग लगायत अरु रोगहरुलाई नियन्त्रण गर्ने उपायहरुको बारेमा प्रभावकारी प्रशिक्षण गर्नु भएको थियो ।कृषि विकास शाखाबाट ७५% अनुदानमा तरकारीको वीउ तरकारी बाली,फलफुल लगायत अन्य मानव उपयोगी बालीहरुकमा घरेलु विषादी स्प्रे गर्नको लागि लहान नगरपालिकाबाट १०० वटा अनुदानमा १६ लिटरको टयाँकी वितरण भएको छ । लहान नगरपालिका मयेर मुनी साहले हाम्रो लहान समृद्ध लहान नारा भनेको लहानको कृषकहरु समृद्ध हुनु हो । यो तालिम दैनिक उत्थानको लागि संचालन गरेको छ । समय समयमा आँप खेतीमा अनुदानको पनि व्यवस्थापान मिलाएका छौँ । पहिले लहानको आँप काठामाण्डौँ शहरमा बोलेर पनि लहानको आँपको विक्री भएको थियो । लहानको चुरा,धान,चमाल बँगलादेश सम्म विक्री हुने गरेको थियो । यो कामहरुले गर्दा लहानको नाम चम्किएको थियो । हाल लहानमा उत्पादन भएको आँपको व्यवस्थापनको लागि शित भण्डारण हामीले स्थापना गर्ने लक्ष्य अनुसार योजना बनाएका र्छौ । आँप खेती नगदे बाली हो । लहान नगरपालिकाबाट प्राप्त भएका तालिमहरु विषयगत रुपमा खेती गर्ने क्षेत्रमा कृषकहरुले काम गर्नुपर्छ । हामीले लहानलाई आँप खेतीको सुपर जोनमा परिणत गर्न नेपाल सरकारसंग अनुरोध गरेको छौँ । आँप खेतीमा लहानको नाम कमाउने हाम्रो साझा लक्ष्य रहेको छ । |
पत्रकारहरुका मिशन बोर्डर, लप प्रमुख आक्रोशित Posted: 19 Feb 2019 08:47 PM PST ![]() आकोल यादव लहान, ७ फागुन । मिशन बोर्डर अन्तरगत सिरहाका केही पत्रकारहरुले सिमाक्षेत्रमा भइरहेको अवैद्य मालसमान तस्करी विरुद्ध समाचार लेखेपछि लक्ष्मीपुरपतारीका प्रमुख रामबल्भ साह आक्रोशित भएका छन् । प्रमुख साहका सम्बन्धित कौशललगायतले गर्दै आएको राजनिवास, रजनीगन्धा, मरिच तथा विभिन्न किराना मालसमान अवैद्य रुपमा भारत निकासी पैठारी गरिरहेको समाचार मिडियामा आएपछि सिमाक्षेत्रमा प्रहरीले कडा निगरानी बढाएको छ । सोही समाचार लिएर आज लक्ष्मीपतारी गाउँपालिकाको कार्यालयमा एक पत्रकारलाई प्रमुख साहले आक्रोशित हुँदै भने 'तिमीहरुको काम राम्रो होइन् ।' ' समाचार लेखेर बोर्डरमा कडाई गर्नु तिमीहरुले के गर्न खोजिएको हो ? यो ठिक होइन् । पत्रकार र प्रमुखबीच एक छिन तनाव नै भएको थियो । सिमाक्षेत्रको समाचार लगातार आएपछि यत्तिबेला जिल्ला प्रहरी कार्यालय सिरहाले कचनारी , झाझपटी , जानकीनगर रेखदेख गर्न प्रहरी प्रकाश खडकालाई जिम्मा दिएको छ । त्यसक्षेत्रमा प्रहरी निगरानी कडाई गरेपछि दूई दिनदेखि तस्करहरुले पत्रकारहरुलाई धम्की दिन थालेको छ । पत्रकार प्रदीप सिँहलाई मंगलवार विहान साढे ९ बजेतीर देवनगरका आन्नद यादवले ज्यान मार्ने धम्की दिएको छ । पत्रकारलाई यसरी ज्यान मार्ने धम्की दिने यादवलाई कारवाही गर्न नेपाल पत्रकार महासँघ सिरहाले जोडदार माग गरेको छ । यसवारे ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले यस्ता गुण्डागर्दी गर्ने जोसुकैलाई कारवाहीको दायरामा ल्याउँने बताउँनुभयो । सिमाक्षेत्रमा मरिच, मटर, किरानाका मालसमान, गिट्टी बालुवा, खैनीजन्य पदार्थ, कपडा, तेल, रक्सीलगायतका मालसमान अवैद्य रुपमा निकासी पैठारी हुँदै आएको छ । यता, समाचार आएपछि सिमाक्षेत्रमा खटिएका थप प्रहरीले भन्सार छलीका समान बरामद गरिएको छ । ईलाका प्रहरी विष्णुपुरका टोलीले चेक जाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छलि गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख बराबरको किरानाको मालसमान बरामद गरिएको छ । बरामद गरिएको मालसमान भन्सार कार्यालय सिरहा माडरमा बुझाउँने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका केही पत्रकारले यत्तिबेला मिशन बोर्डर नाम दिएर तीन दिनदेखि नियमित समाचार लेख्दै आएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment