/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


संघले प्रदेशलाई पोष्टम्यान बनायो ः समाजिक बिकास मन्त्री साह

Posted: 23 Feb 2019 07:34 AM PST

जनकपुरधाम, फागुन ११ । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले निरक्षर मानिस हुनु अपराध सरह भएको बताएका छन् । उनले अधिकारको लागि लड्न बाँकी रहेको र समयको मागसंगै अधिकारको लडाई लडेपनि आफ्नो मातृभाषामा लढाउन, लेखाउनु आवश्यक भएपनि त्यसका लागि साक्षर हुन आवश्यक रहेको बताए । साक्षर नेपाल वर्ष २०७६ र बिद्यार्थी भर्ना अभियान सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई शनिवार जनकपुरमा सम्बोधन गर्दै उनले 'समाजिक बिकास मन्त्रालयमा शिक्षा विभाग भएर मलाई जनताले शिक्षा मन्त्री भन्छन, तर शिक्षाको मसंग कुनै अधिकार छैन, म कसरी शिक्षा मन्त्री हुँ भनेर स्विकार गरुँ । तैपनि म भन्छु की शिक्षा विकासको मेरुदण्ड हो, त्यसैले साक्षरता र भर्ना अभियानमा तपाई स्थानीय निकायका जनप्रतिनिधिहरु सहयोग गर्नुस् । त्यो तपाईकै अभिभारा हो ।' संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा उनले थप्दै भने, 'शिक्षालाई सिडिओ मार्फत ल्याउने विधेयक तयार भएको थियो, त्यो कुरा मलाई पटक्कै चित्त बुझेन, मैले त्यही कुरा शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई भने, वहाँले त्यसलाई सहर्ष स्विकार गर्नु भो । र सच्च्याउनु भो वहाँलाई धन्यवाद छ ।' मन्त्री साहले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षण गराउँदै भने, 'स्थान्ीय तहलाई अधिकार दिएको छैन् । पोष्ट म्यान बनाएको छ, प्रदेश सरकार र स्थानीय सरकारलाई कुनै अधिकारै दिएको छैन कसरी काम गर्ने ?'

प्रकृतिको दोहन नरोकिए विनाश हुने ः प्रदेश प्रमुख कायस्थ

Posted: 23 Feb 2019 07:15 AM PST

राजन कुमार सिंह फाल्गुन ११ गते प्रकृतिको दोहन नरोकिए पृथ्वीका सम्पुर्ण प्राणीको विनाश हुने प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गान्धी शान्ति प्रतिष्ठान नेपाल, पिपल निम तुल्सी, उज्जवल भारत मिशन, हिस्ट्री एण्ड हेरिटेज टुरिज्म र सेभ हिस्टोरिकल जनकपुरको सँयुक्त आयोजनामा जनकपुरमा शनिवार आयोजित गान्धी वातावरण योद्धा सम्मान समारोहको उद्धघाटनका क्रममा प्रदेश प्रमुखले प्रकृति संरक्षणतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन । पृथ्वीका प्राणीहरुको सीधा सम्बन्ध प्रकृतिसँग रहेको र दुवै एक अर्काका परिपुरक भएकोले मानव तथा प्राणीको जिवनयापनका लागि वातावरणको विनाश रोक्नुपर्ने बताएका छन । पृथ्वीमा सबैभन्दा बुद्धिजिवी प्राणीको रुपमा मनुष्य रहेकोले प्रकृतिको सँरक्षण तथा वातावरणको सुरक्षा गर्ने जिम्मेवारी पनि मानवहरुको नै रहेको बताएका छन ।
मन्तव्यका क्रममा प्रदेश साँसद तथा सेभ हिस्टोरिकल जनकपुरका सँयोजक राम अशिष यादवले कर्म गर्दै जानु र सम्मानको चिन्ता नगर्न अभियानीहरुलाई सल्लाह दिएका छन । उनले पोलोथिनको प्रयोगले पर्यावरण प्रदुषित हुने र प्रदुषित वातावरणले रोगीको सँख्यामा बृद्धि हुने धारणा राखेका छन । कार्यक्रममा बोल्दै गणेश रायले मानवलाई २४ घण्टामा बाँच्नका लागि कम्तीमा पनि ५ हजार ३०० रुपैया बराबरको अक्सिजन बोटबिरुवाबाट प्राप्त भईरहेकोले रुख बिरुवा लगाउनुपर्ने र सँरक्षण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । त्यस्तै उनले प्रकृति र बोटबिरुवाले कसैलाई पनि अक्सिजन दिन भेदभाव नगरेकोले मानवलाई पनि एकजुट भई प्रकृति सँरक्षणमा जुट्नुपर्ने आवश्यक्ता रहेको धारणा राखे ।
यस्तै कार्यक्रममा भारत उत्तर प्रदेश बनारसका टि के सिन्हाले बिरुवा लगाउन जति सजिलो भएपनि हुर्काउन र सँरक्षण गर्न उत्तिकै चुनौती हुने रहेको बताए । उनले ग्लोबल वार्मिङलाई कसरी कम गर्न सकिन्छ तथा वातावरण कसरी जोगाउन सकिन्छ भन्ने बिषयमा तर्क प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उत्तर प्रदेश कानपुरका आकाँक्षा सिँहले पर्यावरणको रक्षा गर्न नसके अबको केही बर्षपछि अक्सिजनको सिलिण्डर बोकेर हिड्नुपर्ने बाध्यता आउने दावी गरिन । नेपाल, भारत, बँगलादेश र श्रीलँका गरी चार देश सम्मिलित उक्त कार्यक्रममा चारै देशमा वातावरण सँरक्षण तथा स्वच्छता अभियानमा सँलग्न रहेका हरुलाई सम्मान गरिएको छ । साथै अभियानीहरुलाई पोलोथिनको प्रयोग कम गर्न सुझाव दिँदै कपडाको झोला समेत वितरण गरिएको थियो । कार्यक्रममा राजस्थान जोधपुरका प्रदिप शर्मा, बब्लु सिँह, झारखण्डका ओम प्रकाश महतो, मध्य प्रदेशका डा. शान्तिलाल जयन्ती, गाजियावादका मिनु सिँह पवार, बिहार समस्तीपुरका अनमोला कुमारी भारद्धाज, नेपालका मिना सुवेदी , डा. भोगेन्द्र झा सहितले आ–आफ्नो मन्त्वय राखेका थिए ।

शिक्षामा आधुनिकता बक्ताहरु

Posted: 23 Feb 2019 07:06 AM PST

राजन सिंह फाल्गुन ११ गते २८ औं वर्ष पुरा गरि १९ वर्षमा प्रवेश गरेको न्बबिहथ उच्च मा.वि.ले १८ औं शुभकामना समारोह सम्पन्न गरेको छ । विद्यालयका प्रिन्सिपल अमरेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका शिक्षा युवा खेलकुद शाखाका अधिकृत अन्जु पाण्डे प्रमुख अतिथि रहेका थिए । विद्यालयले आउंदो शैक्षिक सत्रदेखि विज्ञान , वाणिज्य , र कमप्युटर विषयको उच्च माध्यमिक कक्षा संचालन गर्ने जनाईएको छ । कार्यक्रममा सहभागीहरुले विद्यालयले शिक्षा क्षेत्रमा दिएको योगदानको प्रशंसा गरेका छन । अब आउंने दिनमा विद्यालयले आधुनिक माध्यमको प्रयोग गरि शिक्षा दिनुपर्नेमा सहभागीहरुको जोड थियो । जनकपुर क्षेत्रको शिक्षाको स्तर खस्किदै गएको प्रति चिन्ता व्यतm गर्दै सहभागीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न शैक्षिक संस्थाहरु सक्रिय हुनुपर्ने बताएका छन । कार्यक्रममा एमप्यावसनका सचिव महेन्द्र सिंह , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , एमप्यावसन धनुषा अध्यक्ष सुजित मिश्र , ललन सिंह , सुबोध मिश्र , एनप्यावसन सह सचिव दिपेन्द्र चौधरी , नीजि विद्यालय शिक्षक संगठन अध्यक्ष ब्रजकिशोर यादव , समाजसेवी कैलाश गुप्ता सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment