/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैया महोत्सवको तयारी अन्तिम चरणमा : प्रचण्डले २८ गते उद्घाटन गर्ने

Posted: 05 Feb 2019 03:40 AM PST

राम नारायण पंडित, सिरहा, २२ माघ । सिरहा जिल्लाको व्यापारीक नगरीको रुपमा बिकास हुँदै गएको मिर्चैयामा हुने महोत्सवको तयारी अन्तिम चरण पुगेको छ । महोत्सव स्थलमा आज (मंगलवार) आयोजित पत्रकार सम्मेलनमा "प्रथम मिर्चैया महोत्सव–२०७५" को मुल आयोजक समितिका अध्यक्ष हरीशंकर साहले मिर्चैया नगरपालिकाको धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउने उद्देश्यले महोत्सवको आयोजना गरीएको जानकारी दिएका छन् । 
51392595_1960273714071605_7611781749118337024_n
"समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार" भन्ने मूल नारा सहित मिर्चैया नगरपालिका वडा ६ स्थित यहि माघ २८ गतेदेखि फागुन ७ गतेसम्म संचालन हुने महोत्सवको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले गर्ने तय भएको समेत उनले बताए । 
51249304_303542773679301_6181577748587216896_n
महोत्सवले मिर्चैया सहित जिल्ला भरीका धार्मिक पर्यटकीय तथा सांस्कृतिक स्थलहरुको पहिचान, प्रचार प्रसार, संरक्षण र विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष साहले जानकारी दिए । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आयआर्जनका लागि स्थानीय कृषि तथा वस्तुहरुको पहिचान सहित बजार प्रबद्र्धन गर्ने, स्थानीय घरेलु तथा हस्तकला सम्बन्धी उद्योगहरुको बिस्तार गर्ने, मिर्चैया क्षेत्र सहित जिल्लाको विकास तथा व्यापार सम्भावनाको प्रचार प्रसार गर्ने र स्थानीय उद्यमी, व्यवसायी तथा उपभोक्तालाई एक ठाउँमा ल्याएर व्यवसाय प्रबद्र्धनमा योगदान पु¥याउने लक्ष्य लिएको उनले बताए ।
51334915_1104094749778879_8572949113035816960_n
महोत्सवमा मिर्चैयाको साथै प्रदेश र देशभरीमा उत्पादित तथा निर्मित वस्तुहरुको प्रदर्शन,  विभिन्न क्षेत्रका रहनसहन सहितको मौलिक खानाको परिकारहरुको बिक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा विविध मनोरञ्जनात्कम कार्यक्रम, जिल्लाको स्थानीय उत्पादन कृषिजन्य वस्तुको प्रचार प्रसार, प्रबद्र्धन र बजारीकरणका लागि १ सय ३१ वटा स्टलहरु रहने व्यवस्था गरिएको छ । 
 
51231768_299476544091609_2193813653495480320_n
स्थानीय कला संस्कृति, मिर्चैयाको विविधतायुक्त संस्कृति झल्काउने झाँकी, विभिन्न क्षेत्रको मौलिक भेषभूषा तथा संस्कृति, झाँकी र नृत्य प्रर्दशन हुने अध्यक्ष साहको भनाई रहेको छ । महोत्सव अवधि भरी स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न मौलिक सांस्कृतिक प्रदर्शनी, हरेक दिन ख्यातिप्राप्त कलाकारहरुवाट गीत नृत्य र हास्यव्यङ्ग्य सहितको विविध सांस्कृतिक कार्यक्रम हुने उनले दाबी गरे ।
 
पत्रकार सम्मेलनमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले ७ लाख रुपैया सहयोग गरेको बताए । उनले भने "मिर्चैया सबै क्षेत्रमा फड्को मार्दै गएको छ, यसको लागि हामी लागेका छौ, यहाँ प्रचण्डको आवश्यक्ता महसुस भएकोले उहाँलाई ल्याउँदै छौं ।"
 
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको समितिका सचिब भरत महासेठले बताए । उनले भने "अहिले स्टल निर्माणको काम तिब्र गतिमा अगाडी बढिरहेको छ, बुकिङ्ग धमाधम भईरहेको छ, महोत्सव स्थलको चारैतिर घेरबारको काम पनि अन्तिम चरणमा छ ।" 
51339559_365961640655620_7283190976875593728_n
रामनगर मिर्चैया उद्योग बाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजनामा भईरहेको महोत्सवमा मुख्य स्पोन्सरका रुपमा मारुती सिमेन्टस् प्रा. लि. रहेका छन् भने सहयोगीको रुपमा मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिका रहेका छन् । त्यसैगरी, पावर्ड बाइ रमपम चाउचाउ, अफिसियल बैंक सिद्धार्थ बैंक लि., ईन्स्योरेन्स पार्टनर नेको ईन्स्योरेन्स रहेका छन् भने स्थानिय तथा राष्ट्रिय स्तरका गरी एक दर्जन मिडिया पार्टनर रहेका छन् । 
 
करीब ५० लाखको लागतमा भईरहेको महोत्सवमा ४ लाखको हाराहारीमा दर्शक सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ । महोत्सवमा प्रवेश शुल्क रु.५०, विद्यार्थीको लागि रु. ३० र अपाङ्ग तथा अशक्तका लागि निःशुल्क गरिएको छ । 
51417496_346193146226407_6569228753556209664_n
51449343_792198454490758_2951427493459918848_n

सिरहाका निजि बिधालयहरु ले टेरेनन प्रदेश सरकारलाई, सार्वजनिक बिदामा पनि कक्षा संचालन

Posted: 04 Feb 2019 09:03 PM PST

मनोज बनैता, सिरहा, २२ माघ । सोनाम लोसार को अवसरमा संघिय सरकार र प्रदेश सरकार ले सार्वजनिक बिदा घोषित गरेपनी सिरहाका बहुसंख्यक निजि बिधालयहरु संचालित रहेका छन । शेर्पा, तामाङ र गुरुङ समुदायको प्रमुख पर्वको रुपमा रहेको लोसारमा बिदा नहुदा त्यस समुदायका बिद्यार्थी स्कुल आउन बाध्य भएका छन । विद्यार्थी अनुपस्थित हुँदा जरिवाना तिर्नु पर्ने नियम अधिकांश बिधालय ले लगाएको कारण ले यहाँ सार्वजनिक बिदा मा पनि बिद्यार्थीहरु बिधालय आउन बाध्य छन । 
प्रदेश सरकारको निर्णयलाई अवज्ञा गरि निजि बिधालय हरु पटक पटक आफ्नो मनमानी गर्दै आएका कुरा लाहानका एक स्थानीय अभिभावक ले बताउछन् । 

नाम गोप्य राखिदिने शर्तमा एक निजि विधालयका शिक्षक ले भने " आउने आईतवार सरस्वती पुजा भएको ले निजि  बिधालयहरु ले बिदा नदिएका हुन । सरस्वती पुजाको नाममा मनपरी रकम असुल्ने बेला बिदा भयो भने पूरा रकम असुल्न अप्ठ्यारो हुने हुनाले बिदा न दिएको होला । "
त्यसैगरी एक जना अभिभावक दिलिप साह ले भने कि सिरहाका अधिक्तम बिधालयहरुले सरस्वती पुजाको लागि बिद्यार्थीहरु बाट अनिवार्य रुपमा तिर्नैपर्ने गरि ७००/५००/३०० को हाराहारीमा फरक फरक खालका चंदा उठाएका छन ।

प्रथम प्रदेश स्तरिय महोत्सव मिर्चैया : उद्घाटन प्रचण्ड गर्ने की राउत ?

Posted: 04 Feb 2019 07:01 AM PST

राम नारायण पंडित, सिरहा, २१ माघ । सिरहाको व्यापारीक नगरी मिर्चैयामा प्रदेश नं. २ को प्रथम प्रादेशिक औधोगिक व्यापार मेला तथा प्रथम प्रदेश स्तरिय महोत्सव २०७५ हुने भएको छ । प्रदेश २ अन्तर्गत मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखी शुरु हुने औधोगिक महोत्सवमा कृषिका औजार सामाग्रीदेखि स्थानिय कला संस्कृति प्रदर्शनी हुने आयोजक उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साहले बताए । 
 

महोत्सवको उद्घाटन कसले गर्ने बारे निर्णय हुन् बाँकी रहेपनि नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड) र प्रदेश न. २ का मुख्य मन्त्रि लालबाबु राउतको बिषयमा गृहकार्य भईरहेको आयोजकको दाबी रहेको छ । महोत्सवको उदघाटन प्रचण्ड गर्ने प्रवल सम्भावन रहेको समेत आयोजक बताए ।  महोत्सवमा स्थानियको साथै राष्ट्रिय स्तरका कालाकारहरुको धमाकेदार प्रस्तुति रहने छ । महोत्सव फाल्गुन ७ गतेसम्म चल्ने आयोजकले बताए ।  

प्रहरीको मिलोमतोमा गाईगोरु तस्करी, ६५ नियन्त्रणमा

Posted: 03 Feb 2019 09:32 PM PST


नवसंग्राम दैनिक लहान, २१ माघ । सिरहाको लहान र सप्तरीको बलानविहुल गाउँपालिका हुदै गाई गोरु तस्करी गर्ने क्रम बढेको छ । बलानविहुलको चनही मलहनमा हुँदै भारततर्फ निकासी गर्न लागिएको ६५ थान गाई गोरु आज प्रहरीले नियन्त्रणमा लिएको छ । पहाडी जिल्लाबाट सँकलन गरि भारत निकासी गर्ने क्रममा चनही मलहना प्रहरीले राती २५ गाई र ४० गोरु गरी ६५ थान नियन्त्रणमा लिएको छ । विगतमा त्यस चनही मलहना प्रहरीको मिलोमतोमा सयौ गाई गोरु भारत पठाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।
स्थानीयहरुले प्रहरीको माथिलो निकायमा गाईगोरु तस्करीवारे जानकारी गराएपछि आज राती त्यहाँका प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सबै गाईगोरुलाई कुनौली भन्सारमा बुझाएको चनही मलहनमा प्रहरीका इचार्ज पँकजकुमार सिँहले बताए । पश्चिम तथा पहाडीक्षेत्रबाट सो गाईगोरु ल्याएर प्रहरीको मिलोमतोमा शम्भु भनिने तस्करले सो कारोवार गर्दै आएको स्रोतको दावी छ । नेपालबाट तस्करी गरिएको गाई गोरु बंगलादेश र भुटान पठाउँने गरेको छ । भारतमा समेत गाईगोरुको मासु चोरीलुकी बेच्ने गरेको छ ।

उता, भारतबाट भन्सार छलेर ल्याएका गोरु नेपाली किसानसँग किनेको नक्कली कागजात बनाई बंगलादेश र भुटान पुर्याउने गरिन्छ । तस्करहरुले केही समययता सुनसरीको हरिनगर गाँउपालिकाको घुस्की र बिक्रमपुर नाकालाई तस्करीको वैकल्पिक मार्ग समेत बनाएका छन् । तस्करहरुले गोरुलाई हिडाउदै भारत कटाउने गर्छन् । हिडाएरै गोरु तस्करी हुँदा सिमा क्षेत्रमा खटिएको शसस्त्र र जनपथ प्रहरीले केही नगर्नुले मिलेमतो भएको देख्न सकिन्छ । सप्तरी र सुनसरीको दक्षिणीक्षेत्रबाट हप्ताको दुई पटक गाई गोरुको बथान सिमा कट्ने गर्छ । तर गाईगोरु तस्करी र प्रहरीबीच आर्थिक सेटिङ मिलेपछि पटक पटक छाड्ने गरेको छ । नेपाल र भारतमा कानुनले नै गाईगोरु निषेध गरेको छ । त्यसैले पनि गाइगोरु तेस्रो मुलुक लैजान भारतीय तस्करले नेपालको बाटो प्रयोग गर्न थालेका छन् ।

कोशी कमला डाईभर्सनको लागि कृषक महासँघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Posted: 03 Feb 2019 09:20 PM PST


नवसंग्राम दैनिक लहान, २१ माघ । राष्ट्रिय कृषक समूह महासंघ नेपालले सुनकोशी कमला डाईभर्सन सिंचाई आयोजना सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । सिरहामा शहिद हेमनारायण यादवको १५ औं स्मृतिसभामा शनिवार प्रधानमन्त्री ओलीलाई महासंघका प्रदेश २ अध्यक्ष मुक्तिनारायण यादवका कृषक टोलीले ज्ञापनपत्र बुझाएको हो । सिरहासहित छिमेकी जिल्लाहरुमा सिंचाई सुबिधा पुर्याउन ,कृषि क्षेत्रलाई व्यवसायीमुखी र आत्मनिर्भर बनाउनका लागि सुनकोशी कमला डाईभर्सन सिंचाई आयोजना गर्न ज्ञापनपत्रमा माग गरिएको छ । सो ज्ञापनपत्रमा किसानहरुले चिनी मिललाई बिक्री गरेको उखुको भुक्तानी नपाएकोले भुक्तानी गराउनुपर्ने, नमुना करार खेतीलाई मधेशको सबै स्थानिय तहमा लागु गर्ने व्यवस्था मिलाउनुपर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई साना किसानमैत्री बनाई कार्यान्वयन गर्नुपर्ने र जंगली जनावरबाट व्यापक बालीनालीको क्षति हुँदै आएकाले जंगली जनावरहरुको नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।

लोकतन्त्रवादीहरु एक हुनुको विकल्प छैन पुर्व मेयर साह

Posted: 03 Feb 2019 07:27 AM PST

किशोर कुमार मंडल माघ २० बिपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य एवम नेपाली कांग्रेसका नेता बजरंग प्रसाद साहले आगामी समय चुनौतीपुर्ण भएकोले पत्रकारहरुको भुमिका महत्वपुर्ण भएको बताएका छन । उनले वर्तमान सरकार लोकतन्त्रलाई समाप्त पार्नतर्फ उन्मुख भएकोले लोकतन्त्रवादीहरु एक हुनुको विकल्प नरहेको बताए । बिपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति धनुषाले आइतबार आयोजना गरेको । नेपाल प्रेस युनियन धनुषाका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान कार्यक्रम एवं वर्तमान परिवेशमा लोकतन्त्रवादीहरुको एकता विषयक 'विचार गोष्ठी' लाई सम्बोधन गर्दै जनकपुरधाम नगरपालिकाका पुर्व नगर प्रमुख समेत रहेका साहले लोकतन्त्र रहे मात्र प्रेस स्वतन्त्रता रहने भएकोले लोकतन्त्र जोगाउन पत्रकारहरुले कलम चलाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । कार्यक्रममा नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ । समाजले नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित अध्यक्ष राजन कुमार सिंह, उपाध्यक्षद्धय अकुल साह र विनिता ठाकुर, सहसचिव मिनु झा, सदस्यहरु राहुल 
received_2476147795791259सिंह, अभय शर्मा, चन्दन ठाकुर, अम्बिका मण्डल, किशोर मण्डल, चन्दन ठाकुरलाई सम्मान गरेको छ भने पत्रकार महासंघका केन्द्रीय सदस्य शैलेन्द्र झा, पत्रकार महासंघ प्रदेश नंवर २ का कोषाध्यक्ष प्रविण साह युनियनका केन्द्रिय पार्षद अजय झालाई पनि सम्मानित गरिएको छ । समाज धनुषाका सभापति सुरेश कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य चुन्नीशरण यादव , जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष परमेश्वर साह लगायतको उपस्थिति रहेको थियो ।

बौधीदेवी मन्दिर संरक्षणतर्फ वडाध्यक्ष सिंह

Posted: 02 Feb 2019 07:31 AM PST


राजन कुमार सिंह जनकपुरधाम १९ माघ धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ स्थित पौराणिक बौधीदेवी मन्दिर संरक्षणतर्फ वडाध्यक्ष उदय कुमार सिंहले अग्रसरता देखाएको छ । वडाध्यक्ष सिंहले मन्दिरसम्म पुग्ने सडक मर्मत संभारका साथै मन्दिर सौन्दर्यकरणका लागि अग्रसरता देखाएका हुन । अतिक्रमणको चपेटामा परेको सो मन्दिरसम्म पुग्ने सडक मार्ग सिंहले सुचारु गराएपछि स्थानीयहरु समेत खुसी भएका छन । सिंहले वडाका विकासका लागि कुनै पनि किसिमको अवरोध स्वीकार्य नहुने बताउंदै अवरोध चिर्दै अगाडि बढने प्रतिवद्धता जनाएका छन । लामो समयदेखि स्थानीय जनप्रतिनीधि नहुंदा सो वडाका विभिन्न सडकहरु अतिक्रमणको चपेटामा पर्दै आएको थियो भने ऐतिहासिक तथा धार्मिक महत्व बोकेका सम्पदाहरु समेत अस्तित्व गुमाउदै थियो । वडाध्यक्ष सिंहको प्रयासले भएको परिवर्तनलाई स्थानीयहरुले उपलब्धिको रुपमा लिएको स्थानीय अरबिन्द सिंहले बताएका छन ।

“तराईमधेश समृद्धि कार्यक्रम तराईकै विकासका लागि सञ्चालन भएको छ”–ओली

Posted: 02 Feb 2019 05:56 AM PST

राम नारायण पंडित, सिरहा, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई आज सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले मधेशका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताएका छन् । 'मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ति सबै कुराको जवाफ दिन्छ,' प्रधानमन्त्री ओलीले भने, 'हुलाकी सडकको निमार्ण, भैरवहा अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिनअघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुँदैछ ।' प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरु धमाधम भइरहेको बताए । 

तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तर वृद्धिका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरुवात गरिएको र अहिले काम धमाधम भइरहेको प्रधानमन्त्री ओलीले अवगत गराए । तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशिल रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 'यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले नै पहलकदमी लिएको छु,' प्रधानमन्त्री ओलीले भने, 'त्यसका लागि गत वैशाख ५ गते यसै जिल्लाका दुईजना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु ।' प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको बताएका छन् । अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक बर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको भनाई छ । 'वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेर दिन छैन,' प्रधानमन्त्री ओलीले 'आउने आर्थिक बर्षमा वृद्धभत्ता अवश्य बढ्छ, भने । 

कार्यक्रममा भौतिक तथा योजना पूर्वाधार मन्त्री रघुविर महासेठले आउने चुनावसम्ममा मेची देखि महासम्मको हुलाकी राजमार्ग पूर्ण रुपमा बनिसक्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री महासेठले यसअघिका कतिपय ठेकेदारले लापरवाही गरी पुल निर्माणको कार्य निर्माणमा अटेरी गरेकाले नयाँ ठेकेदार कम्पनीलाई हस्तान्तरण गरिसकिएकोले अबको एक वर्षभित्रमा सबै अधुरा पुलहरु निर्माण हुने बताए । 

मृतक हेमनारायण यादवका छोरा डा. नविन यादवले आफ्नो बुवाको हत्या भएको १५ वर्ष वितिसक्दा समेत हत्याराले सजाय नपाएको प्रति दुःख व्यक्त गरे । स्मृतिसभामा पूर्व मन्त्री, केन्द्र एवम् प्रदेश सभाका सभासद, नेकपाका नेता कार्यकर्ताहरुले शहीद हेमनारायण यादवको बारेमा चर्चा गरेका थिए । 

'२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं साँसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला नदिमा रहस्यमय हत्या भएको थियो । प्रधानमन्त्री ओलीले आजै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यलय र चन्द्र माध्यमिक विद्यालयका छात्राबास भवनको पनि शिलान्यास गरेका छन् ।

मधेशमा माइन्जनहरुको भूमिका परिवर्तन हुँदै

Posted: 01 Feb 2019 09:19 PM PST

नवसंग्राम दैनिक लहान, १९ माघ । माइन्जनहरुको  भूमिका रुपान्तरण गर्न जोड दिँदै भोजभतेर न्यूनिकरण गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरु बताएका छन् ।
सेफरवल्र्ड । इन्टरनेशनल एलर्टको सहयोगमा सुन्दर शान्त नेपाल परियोजनाका समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा आज नागरिक । संचारकर्मीसँग समन्वय बैठकमा मधेशमा जातीय माइन्जनबाट समाजिक विकृति अन्त्य गर्न सशक्त माध्यम रहेको सहभागीहरु बताएका छन् ।मधेशमा जातीय अगुवालाई माइन्जन भन्दै आएका छन् । यस अन्तरगत (माइन्जन, देवान, जवार, मरर )लगायत छ । समावेशी राजनीतिक प्रक्रिया विषयक समन्वय बैठकमा माइन्जनहरुबाट समाजिक परिवर्तनमा ठूलो सहयोग हुने सहभागीहरुले बताएका छन् । समाजिक  सद्भाव सुदृढीकरणका लागि जातीय माइन्जनको उत्तरदायित्व भूमिका रहेको भन्दै महिला हिँसा अन्त्य गर्न सहभागीहरुले जोड दिएका छन् ।
नागरिक सहकार्य मँच लहानका सँयोजक दुर्गा परियारले माइन्जनहरुले भोजभतेर गर्न जुन दवाव दिइरहेको थियो त्यसमा परिवर्तन भएको छ । माइन्जनहरु लहानमा अहिले कानुनी सचेतना दिन थालिएको छ । वालविवाह विरुद्ध बोल्न थालेको छ । दहेजप्रथाको विरोध गर्न थालेको छ । छुवाछुतको सवाल गर्न बन्द गरिएको बताएका छन् ।
समाजमा जातीय सँरचनालाई पहिचान दिलाउँन, विवाह, सभा समारोह, धार्मिक अनुष्ठान, मरनीहरनी लगायतको क्रियाकलापमा माइन्जनहरुको अग्रणी भूमिका रहँदै आएको छ । उनीहरु मार्फत टोल, सभा, प्रागँना, क्षेत्र, गौयारी, मनस्तरको भोजभतेरको काम गर्दै आएको छ ।
सहकार्य मँच लहानकी रेनु कर्णले यत्तिबेला मइन्जनहरुले विवाह दर्ता, जन्म दर्ता, शिक्षा , स्वास्थ्य, रोजगारीलगायतको सवालमा सकारात्मक भएका छन् । वालविवाह विरुद्ध र दहेज प्रथाविरुद्ध अभियानमा सहकार्य गर्न थालेको बताउँछीन् । लहानमा १५० जति जातीय माइन्जन छन् । टोल टोलमा जातीय माइन्जन रहेका छन् । मुसहरहरुको मात्रै ३५ जना माइन्ज रहेका छन् । सहकार्य मँचकी कर्णले लहानमा ६ घरको वस्ती रहेको मुसहर टोलमा एक जना माइन्जन छन् । उनीहरु विहावारी तथा समाजिक क्रियाकलापमा माइन्जनलाई खोज्ने गरेका छन् । लहानमा ३५ जति जातीमा माइन्जन सक्रिय रहेको छ ।
पछिलो समय वैदेशिक रोजगार तथा कामकाजमा व्यस्त भएकाले युवाहरु गाउँ छाडेर बाहिर बस्ने गरेको छ । माइन्जनहरुलाई कामकाज गराउँने समूह नरहँदा उनीहरुको परम्परागत कार्य गौन हुँदै गएको छ । माइन्जनहरुको जिम्मेवारी कम हुँदै गएको छ । माइन्जन सक्रिय हँुदा सन्हेठाका रामरिझन यादवलाई जातीयबाट बहिष्कार गरेको थियो । उनले भोजभतेरको ठाउँमा १७ कठ्ठा जग्गा विद्यालयलाई दान दिएका छन् । हालै ५०। ६० लाख खर्च गरेर नरहा गाउँपालिकामा भोजभतेर गरेका छन् । उता, सो कार्यक्रममा बेलायति राजदुतावासकी एलिसन, सेफरवल्र्डका अविनाश कर्ण, अधिकारकर्मी दुर्गा महतो, फुलेश्वर महतो, असिम पाण्डे, नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, उपाध्यक्ष रामबाबु यादव, गंगा अधिकारी, नागरिक सहकार्य मंच धनगढीका जनक परियार, मो.सकिललगायतले सूचनाको हक सम्बन्धी समेत मन्तव्य राख्नु भएका थिए । कार्यक्रम समग्र जनउत्थान केन्द्रका भैरव गैलालका सभाध्यक्षतामा भएका छन् भने कार्यक्रम सँचालन देवराज पोखरेलले गरेका छन् । माइन्जनहरुको कार्यमा  सोच परिवर्तन गरेर यस्ता संगठनबाट समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने ठहर गरेको छ ।

प्रेमीलाई बचाउँदा कसिसको दुर्घटनामा मृत्यू ?

Posted: 01 Feb 2019 09:21 AM PST

लहान, १८ माघ । प्रेममा मान्छे अन्धो हुन्छन् । यो कति सत्यता हो ? यसको प्रमाणित गरेर देखाएका छन् कसिस दाहालले । कसिसले आफ्ना प्रेमीको खुशी राख्न उनले आफ्ना ज्यान त्याग गरेका छन् । आफुसँग रहेका पतिसँगै कसिएकी कसिस प्रेमी दिपकराज पाठकलाई खुशी पार्न जहिलेपनि चिन्तित रहेका थिए । तर, प्रेमीले खासै वास्ता गर्दैन्थिए कसिसलाई । र, पनि कसिसको एकहोरो प्रेमले उनको मनमुटु कड्किरहन्थ्यो । कसिसको प्रेमलाई आत्मसात गरेर लुकीलुकी माया गरिरहन्थ्यो । कसिसको पति प्रकाश लम्सालको नजरमा आएपछि मौन हुन्थ्यो । यो शिलशिला चल्दै गर्दा प्रेमी दुर्घटनाको मुखमा पर्छन् । तर, कसिसले आफ्ना प्रेमीलाई बचाएर आफुले ज्यान त्याग गरिन् । उनको प्रेमी सकुशल छन् । कसिसको दुर्घटनामा मृत्यु भएको छ । यो रियल लाईफको नभएर 'मैले भन्दा धेरै माया' भने म्यूजिक भिडियोमा कसिसले अभिनय गरेकाछीन् । कसिस 'मिशन मधेश' चलचित्रमा मुख्य नायिकाको रोल गरेकीछीन् । यत्तिबेला कसिस दाहाल नेपाली चलचित्र क्वीनमा व्यस्त छीन् ।
यसैसँगै गीतकारको परिचय बनाएका दीपकराज पाठक 'मैले भन्दा धेरै माया' मा निर्देशक समेत बनेका छन् । गीतकार पाठकको शब्दरचनामा रहेको यस गीतमा विपिन आचार्यले संगीत एवं संगीत संयोजन गरेका छन् भने माण्डवी त्रिपाठीको स्वर समावेश गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा कसिस दाहाल, दिपकराज पाठक, गजित विष्ट र प्रकाश लम्साललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने रिता विन्दु पाण्डे, एलिना पाठकको समेत अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने गीतकार पाठक आफैंले गरेका हुन् ।

९ बर्षीयाकी विवाहको तयारी, प्रदेश २ मा बालविवाह उच्च

Posted: 31 Jan 2019 10:19 PM PST


नवसंग्राम दैनिक लहान, १८ माघ । चेलीछोरीको ग्यारेन्टी समाजका अगुवाले लियो भने हामी बालविवाह गर्न दिंदैनौ लहान नगरपालिकाका उपमेयर सरियार चौधरीले बताइन् । उपमेयर चौधरीले बालविवाहको कारण यत्तिबेला मृत्यूको शैयामा घुमिरहेका छन् । सम्बन्ध विच्छेदको मुद्दा आउँने सँख्या दिनदिने बढ्दै गएको छ । आज शान्तिको लागि साझा अभियानले आयोजना गरेको बालविवाह विरुद्धको अन्तरक्रिया कार्यक्रममा उपमेयर चौधरीले हामीले बालविवाह रोकियो । तर, उनका अभिभावकहरुले कहाँ कहाँबाट उडाएर रातारात विवाह गरिदिने गरेका छन् । यस्तो अवस्थामा वालविवाह रोकेर के अर्थ ? उपमेयर चौधरीले बताइन् ।
गोलबजार १२ का दिलिप मण्डलले सिरहाको लडकन्हामा ९ बर्षीया एक डोम बालिकाको विवाहको कुरा छिनेको छ । उनका अभिभावकलाई बालविवाह गर्न नदिन प्रयास गरिरहेको छु । तर, उनका अभिभावकले मेरो आफ्नो छोरीको विवाह गर्छु , तपाईलाई के मतलब भन्दै उल्टो धम्कि दिने गरेको बताउँछन् । गोलबजार २ की रत्नदेवी साहले बलकवाको मुसहर वस्तीको दूई बालविवाह मैले रोक्न लगाए । उनीहरुलाई स्वास्थ्यवारे जानकारी दिएपछि विवाह रोकेका हुन् । सखुवानन्कारकट्टीको मौवाही बस्ने चन्द्रिका कुमारी दासले बालबालिकाका अभिभावकले भने गर्छन् तिमीहरुले जिम्मा लिन्छौ । काँचो उमेरमा प्रेम गरेर भाग्ने गरेको छ । यस्ता घटनाको जिम्मा लिने हो भने बालविवाह नगरिने बताउँछन् । लहान ५ की गीता साहले १०० मा फोन गरेर वालविवाह रोकाए । तर, दश दिनपछि ती १४ बर्षीया बालिकालाई भारतमा लगेर विवाह गरिदियो । त्यति मात्रै होइन् एक महिनापछि मलाई बालिकाका अभिभावकहरुसहित २०—२५ जनाको एक समूह आएर मलाई धम्कि दिएका छन् ।

धनुषाकी मालती ठाकुरले वडा कार्यालयको सक्रियता हामीले तीन वटा बालविवाह रोक्न लगाएको छु । वालविवाहकै कारण महिला हिँसा बढेको छ भने मदिरा सेवनले ७५ प्रतिशत महिला हिँसा बढेको ठाकुरकी दावी छन् । लहान १ का रामवालक यादवले ठेट मधेशमा आज पनि व्यापक रुपमा वालविवाह हुने गरेको छ । एक पटक वालविवाह रोक्न जाँदा म १५ दिन गाउँ छाडेर भाग्नुपरेको छ । यसमा प्रहरीको समेत सँलग्नता रहेको थियो । वालविवाह प्रदेश २ मा ८० प्रतिशत रहेको छ भने दक्षिणी सिमाक्षेत्रमा वालविवाह व्यापक हुने गरेको छ । सिरहा, सप्तरी, महोत्तरी र रौतहटमा बालविवाहको सँख्या उच्च रहेको छ । वालविवाहले महिला हिँसा, पाठेघर खस्ने, बाझोपन हुने, बेरोजगारी समस्या बढ्ने, लक्ष्य प्राप्तीमा समस्या हुने गरेको छ । बालविवाह अधिकतम दलित समुदायमा भएपनि अन्य समुदायमा पनि उत्तिकै सँख्यामा रहेको छ ।

सखुवान्कारकट्टीमा झण्डा महोत्सव

Posted: 31 Jan 2019 10:11 PM PST


नवसंग्राम दैनिक लहान, १८ माघ । कृषि उत्पादनमा जोड दिँदै पहिचानलाई आत्मसात् गर्दै सखुवानन्कारकट्टीले झण्डा महोत्सवको तयारीमा जुटेका छन् । कला संस्कृती हाम्रो स्वभिमान , समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान भन्ने मुल नाराका साथ झण्डा महोत्सवमा जुटेको छ । सो महोत्सव माघ २० आइतबारदेखि २९ गते सम्म सखुवानन्कारकट्टी ५ महेश्वारी थाना चौकमा ९ दिने झण्डा माहोत्सव हुदैछ । प्रदेश स्तरीय औधौगिक, कृषि, पर्यटन, सांस्कृतिक , सूचना, प्रबिधि तथा व्यापार मेला एवम् समग्र जिल्लाको पहिचान र स्थानिय उत्पादनलाई सातवटै प्रदेशमा पु¥याउने अपेक्षा गरिएको छ ।
महोत्सव मार्फत स्थानीय उतपादनको प्रवद्र्धन, लोक संस्कृतिकको जर्गेना, हस्तकला व्यवसायको खोजी तथा प्रवद्र्धन, उत्पादक र उपभोतmाबीच सम्बन्ध अभिबृद्धि गर्ने उदेश्य लिइएको छ । गाउँपालिकाको आयोजनामा बिहीबार भएको पत्रकार सम्मेलनमा महोत्सवको बारेमा जानकारी दिदै गाँउपालिकाका अध्यक्ष तथा सखुवानन्कारकट्टी झण्डा महोत्सव आयोजना मुल समारोह समितिका अध्यक्ष केदारनाथ यादवले महोत्सवमा विशेष गरी कृषि, पर्यटन, स्थानिय उत्पादन, हस्तकला, लोक सांस्कृतिकलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।
महोत्सबमा स्थापित कृषि वस्तुको प्रदर्शनी स्टलमा यस क्षेत्रका अगुवा कृषकहरुसंग कृषि क्षेत्रका समस्या र सम्भावनाबारे अन्तरक्रिया तथा कृषि सम्बन्धि परामर्श समेत गरिने छ । ताजा तरकारीको प्रवद्र्धन गरी निर्वाहमुखी खेती प्रणलीबाट व्यवसायीक तरकारी खेतीतर्फ कृषकलाई उन्मूख गराउन सक्ने आयोजकले जनाएका छन् । महोत्सवको अवधिमा नै यस भेगका विभिन्न जातजाति, धर्म, सम्प्रदायहरुको झाँकि प्रदर्शन गरिने छ भने विभिन्न शैक्षिक सामग्री बृहत पुस्तक प्रदर्शन समेत गरिने भएको छ ।
विभिन्न स्थानिय, राष्ट्रिय तथा छिमेकी मूलक भारतका ख्याति प्राप्त कालाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुति गरिने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिनुभयो । महोत्सवमा निशुल्क टिकटको व्यवस्था गरिएको छ । स्थानीय रुपमा निमार्ण भएका हस्तकलाका सामग्रीको प्रचार प्रसार गरी तिनको बिक्रि वितरण तथा र पुरस्कारको समेत व्यवस्था मिलाएको छ । महोत्सवको गतिबिधिबारे राष्ट्रिय स्तरका पत्रपत्रिका, स्थानिय एफएम, तथा स्थानिय पत्रपत्रिका, अनलाइन लगायतका मिडियाहरुबाट जानकारी तथा प्रचार प्रसार गराइने छ ।

महोत्सवको उद्घाटन पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले गर्नु हुने पत्रकार सम्मेलनमा बोल्दै यादवले महोत्सबमा जनचेतना मुलक कार्यक्रमहरु , स्वास्थ्य शिविर , बाल मनोरन्जनका कार्यक्रम , स्थानीय प्रतिभा उजागरका कार्यक्रमहरु , शिक्षामुलक कार्यक्रम समेत गरीने भएको छ ।

प्रधानमन्त्री ओली विरुद्ध लहानमा नेवि सँघको प्रदर्शन

Posted: 31 Jan 2019 07:39 AM PST

लहान १७ माघ । प्रधानमन्त्री केपी ओलीको आगमन सिरहामा हुने भएपछि नेविसंघका विद्यार्थीहरु विरुद्धमा लहानमा मशाल जुलुस प्रर्दशन गरेका छन् । प्रर्दशनमा सहभागी बिद्यार्थीहरू डा.गोविन्द केसीको माग पुरा गर, भ्राष्टाचारी सरकार मुर्दावाद , वाईवडी जहाज खरिद प्रक्रिया छानभिन गरि करवाही गर , निर्माला पन्त घटनाका दोषिलाई करवाही गर र नेविसंघका कार्यकार्ता हरूलाई रिहा गर जस्ता नारा लगाउदै बजारमा उत्रेका छन् ।

सहिद हेम नारायण यादबको १५ औँ स्मृति सभामा प्रमुख आतिथ्यको लागि आउने सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली विरूद्व भ्रष्टाचार सरकारको संरक्षक र मधेश विरोधी मन्त्रीलाई आउन नदिन जस्ता नारावाजी गरेको नेवि सँघका सिरहा जिल्ला अध्यक्ष मो.मुस्ताकले बताए । देश चलाउन नजान्ने मन्त्री सिरहा जनतालाई के उपदेश दिन्छ । भ्रष्टाचारी सरकारका मन्त्री पहिले सरकारलाई लागेका दाग धुन ध्यान दिनु पर्छ । कार्यक्रममा जनतालाई लजित मात्र गरिरहेका छन् नेवि सँघका सहमहामन्त्री परमेश्वर साहले बताए । साहले भने माग पुरा भएन भने आन्दोलनको आँधीबेहरी चलाउँने दावी गरे ।

सिरहा : कल्याणपुर दुर्गा मन्दिरको शिलान्यास

Posted: 31 Jan 2019 06:20 AM PST

सिरहा, १६ माघ । सिरहाको कल्याणपुरमा एक कार्यक्रमबिच दुर्गा मन्दिरको शिलान्यास गरिएको छ । कल्याणपुर नगरपालिका ११ मा अवस्थित दुर्गा मन्दिरको पुरानो भवनलाई भत्काएर पुनः निर्माणका शिलान्यास गरिएको हो । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १ करोड बढीको लागतमा मन्दिरको नयाँ भवन निर्माण हुन लागेको हो । मन्दिर निर्माणका लागि मन्त्रालयबाट १ करोड ५ लाख रुपैयाँ छुट्याइएको छ भने नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ । सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले मन्दिरको संयुक्त रुपमा बुधवार शिलान्यास गरेका हुन् । भवन एकवर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। 
50834253_558661221307836_6813985359068659712_n
शिल्यान्यास समारोहलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथिका रुपमा समेत रहेका सांसद राजकिशोर यादवले आधुनिकतासँगै युवा पुस्तामा लोप हुँदै गएको पौराणिक तथा धार्मिक मान्यता र संस्कृतिलाई जोगाउन आग्रह गरे । उनले संस्कार बिना सुन्दर समाज निर्माणको परिकल्पणा असम्भव भएको बताए ।
उनले मिर्चैया–सिरहा जोड्ने सडकको पुनःनिर्माणको काम चाँडै थालिने समेत बताए । 
 
प्रदेश राज्यमन्त्री सुरेश मण्डलले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारलाई काम गर्न सबै निकायबाट असहयोग भएको दुखेसो पोखेका छन् । उनले संघीय सरकार, प्रहरी प्रशासन, कर्मचारी सबै तिरबाट मात्र असहयोग नै भएको सुनाए । तैपनि काम गर्न खोजे संघीय सरकारले प्रदेश २ सरकारलाई असफल बनाउन विभिन्न हथकण्डा अपनाउँदै आएको आरोप लगाए । उनले केन्द्र तथा अन्य प्रदेशमा काम गर्न नसकेका कर्मचारीलाई मात्र केन्द्र सरकारले प्रदेश २ मा पठाउने गरेको भन्दै काम गर्न असहज भएको थपे ।
51149336_558661301307828_6427729960772829184_n

कल्याणपुर नगरपालिका वडा नं। ११ का वडाध्यक्ष राजेश्वर यादवको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथिका रुपमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं। ४ का प्रतिनिधिसभा सांसद एवं पूर्व सूचना तथा संचारमन्त्री राजकिशोर यादव सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सहभागी थिए । त्यसैगरी, अतिथिका रुपमा कल्याणपुर नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल, सप्तरीका प्रदेश सांसद बिक्की यादव, बिष्णुपुर गाउँपालिकाका प्रमुख जागेश्वर यादव विभिन्न वडाका वडाध्यक्ष लगायतका  स्थानीयबासी, नागरिकसमाज लगायतको उल्लेख्य सहभागिता थियो ।

राष्ट्रबादीको केन्द्रिय सदस्यमा साह मनोनित

Posted: 31 Jan 2019 06:12 AM PST

राम नारायण पंडित, सिरहा, १७ माघ । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादीे) ले युवा नेता राम नारायण साह (सुनिल) लाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । यसअघि युवा बिभागका केन्द्रिय उपाध्यक्षका जिम्मेबारी बहन गरिसकेका साहलाई पार्टीको बिधान अनुसार केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पार्टीलाई व्यापक तथा मजबुत बनाउने उदेश्यले साहलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरेको छ । नव नियुक्त केन्द्रिय सदस्यको दायित्व पत्र बुझदै साहले आफुलाई संगठनले दिएको जिम्मेवारी ईमन्दारीपुर्वक निर्वाह गर्न आफु कुनै किसिमको त्याग र कुर्वानीको लागि तयार रहेको बताए । सिरहाको मिर्चैया स्थित शान्ति युवा कल्वका अध्यक्ष समेत रहेका साह करीब १५ बर्षदेखि निरन्तर रुपमा राजनितिमा सक्रिय रहेका छन् ।

51126488_490960628098975_3657810933452898304_n

यो सरकार भारतको गोटी चालमा, नगरपालिकाबाट एनजिओ खेद्ने

Posted: 27 Jan 2019 08:56 PM PST

नवसंग्राम दैनिक लहान, १४ माघ । यो सरकार आफुलाई कम्युनिष्ट भन्छन् तर चरित्र पुँजीवादी ढर्राको रहेको भन्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य, रोजगारीको लागि आवश्यक उद्योग तथा स्वास्थ्य शिक्षा प्रतिष्ठान स्थापना गर्न नसकिएको बताउँनुभयो । 

नेमकिपाको स्थापना दिवसको क्रममा आज लहानमा पत्रकार सम्मेलन गर्दै मेयर प्रजापतिले केपी ओलीको सरकारले कम्युनिष्टको नाममा जनतासँग ठग्न र धोका दिन पाईदैन भन्दै भारतको गोटी चालमा फसिसकेको बताउँनुभयो । 
यो सरकार भारतीयपक्षीय काम गरिरहेको छ । सरकार चलाउँन दिल्लीमा निर्णय गर्न जाने गरेको छ । लाखौलाख भारतीयलाई नागरिकता बाँडेको छ । सिमा मिच्न उल्टो प्रोत्साहन गरिरहेको यो सरकार माक्र्सवाद र लेलिनवादको सिद्धान्तलाई बग्याएर जनतालाई धोका दिइरहेको मेयर प्रजापतिले बताउँनुभयो । 

अहिलेको सरकार पाखण्डी व्यवहार देखाइरहेको छ । प्रदेशको अधिकारलाई निमोठ्ने काम गरिरहेको छ । समाजवाद उन्मुख संविधान बन्नुपर्छ । यसैले संविधान संशोधनको आवश्यकता रहेको उहाँले बताउँनुभयो । 
कृषि क्रान्तिको लागि जसको जोत उसैको पोत हुनुपर्छ । अनी मात्रै कृषि क्रान्ति यो देशमा सम्भव हुने भन्दै प्रजापतिले जातीय क्षेत्रीयले यो देशको समस्या समाधान हुँदैन । यसको लागि वर्गिय लडाई नै लड्नुपर्ने जरुरी रहेको बताउँनुभयो । कृषि प्रधान देश नेपाल हो । तर, मलखाद्यको उद्योग छैन । सिँचाईको अभाव छ । उन्नत विउविजनको अभाव रहेको छ । यसको लागि पनि भारतमै निर्भर रहेकोले यो सरकार निरिह रहेको ठहर उहाँ मेयरले गर्नुभयो । 

भारतले हाम्रो स्वभिमानमाथी कब्जा गर्न चाहेको भन्दै भुटान जस्तै नेपाललाई गोटी चालमा राख्न चाहेको छ । र, सिकिमिकरणको आधार तयार गरिरहेको भारतलाई यो केपी ओलीको सरकारले मौन समर्थन गरिरहेको उहाँ प्रजापतिको आरोप छ । मेयर प्रजापतिले भक्तपुरबाट एनजिओ आईएनजिओलाई नियन्त्रण गर्दै आएको छ । पाँच ६ महिनापछि सबैलाई यहाँबाट खेद्ने उहाँले बताउँनुभयो ।

सिरहामा अब बाली तथा पशु वीमा साक्षारता अभियान

Posted: 27 Jan 2019 05:40 AM PST

रामसेवक महराम लहान,१३ माघ । कृषि विकास बैँक लि.शाखा कार्यलय सुखिपुरको प्रबन्धक राजेन्द्र प्रसाद महतोको अध्यक्षतामा र राष्ट्रिय कृषक समूह महासंघ नेपाल नगर कार्य धनगडीमाई न.पा.को नेतृत्वमा जनता मा.वि.तिनकोनीमा बीमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३० जना महिला र ४१ जना पुरुष गरी जम्मा ७१ जना सहभागी भएको थियो । कार्यक्रमका प्रशिक्षक कुलान्नद झाले कृषि विकास बैँकले बाली तथा पशु वीमाको कार्यक्रम शुरु गरेर कृषकहरुलाई लाभ दिलाउँन सकिने बताए । बाली तथा पशु विमा भनेको के हो ? बीमाबाट हुने फाईदा बेफाईदा बारेमा, प्रभाकारी रुपमा प्रशिक्षण गरेका छन । यो बैँक घरदैलोमा काम गर्ने बैँक हो । यसको लक्ष्ति वर्ग गरिब किसान,संगठित समूह रहेका छन । यसले उत्पादनमुखि प्रयोग कर्जा लगानी गर्छ । यसले तरकारी बाली समूह,वीज वृद्धि र पशुपालनको लागि समूहगत कृषि तथा पशु विमा कार्यक्रम नीति ल्याएको छ । कृषि विकास बैँकले समूहगत तथा किसानले उत्पादन गरेको बाली वीमा सुरक्षण उप समिति मार्फत वीमा कार्यक्रमको शुरुवात गरेको हो । यसले अनुदानमुलक कर्जा पनि लगानी गर्छ । कार्यक्रममा बैँकका क्षेत्रिय निर्देशक चेतनाराण सापकोटाले अन्यको तुलनामा कृषि विकास बैँकले साना कमजोर आर्थिक अवस्थामा भएका महिलाहरुलाई प्राथमिकता दिएर साना तथा मझौलास्तरको कर्जा लगानी बताए । कसैको सिफारिस,भनसुनको भरमा कर्जा लगानी गर्दैर्नौ,उनले भने कर्जा लिन व्यक्तिसंगको कुराकानी,कागजातको आधारमा सहज ढँगले कर्जा लगानी गर्छौ । सभाध्यक्ष राजेन्द्र प्रसाद महतो हामी कर्जा लिने व्यक्तिसंग कुराकानी गरेर कर्जा सरल रुपमा लागानी गरेका छौँ । हाम्रो बैँकले ईन्टरनेट बैँक सेवा,डिमेट खाता,एटिम लगाएत अरु पनि सबै सुविधा प्रदान गरेको छ ।

सिरहामा दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रलीमा स्टिकर

Posted: 27 Jan 2019 05:33 AM PST

राम नारायण पंडित, सिरहा, १३ माघ । बढ्दै गएको सडक दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रली पछाडी रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान आजदेखि सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । ट्रयाक्टरको पछाडी बती नहुँदा खास गरी रातीको समयमा दुर्घटना हुने सम्भावना बढी रहेकाले ट्रलीको पछाडी टल्किने खालको रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान सुरु गरिएको उनले बताए । स्टिकर टाँस्ने अभियान संचालनका लागि मातहतका युनिटमा सर्कुलर गरिएको प्रमुख बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गको साथै ग्रामिण क्षेत्रमा रहेका ट्रयाक्टरहरुमा स्टिकर टाँस्ने काम भईरहेको उनले दाबी गरे । अभियानले सबारी दुर्घटनामा कमी आउने प्रमुख बस्नेतले विश्वास ब्यक्त गरेका छन् । मौसममा आएको परिबर्तनसंगै विहान–बेलुका कुहिरो लाग्ने गरेकाले चालकहरुलाई सजग भएर सबारी चलाउन उनले आग्रह पनि गरेका छन् ।

हाईस र ट्रिपरको गति नियन्त्रण

तिव्र गतिका कारण भईरहेको दुर्घटना कम गर्न हाईस र ट्रिपरको गति नियन्त्रण गर्ने तयारी भईरहेको प्रमुख बस्नेतको भनाई रहेको छ । खास गरी हाईस र ट्रिपर चालकले तिब्र गतिमा लेन मिचेर सबारी चलाउँदा दुर्घटनाको जोखिम बढेको अबस्थालाई मध्य नजर गर्दै यसलाई नियन्त्रण गर्ने गृहकार्य भईरहेको समेत उनले दाबी गरे । छिट्टै पुगिने प्रतिस्पर्धाले सबारी चालकहरुले नियमको पालना नगरी ओभरटेक गरेर सबारी चलाउँदा दुर्घटनाको सम्भावना बढी रहेकाले यसलाई न्युनिकरण गर्न कदम अगाडी बढाईएको प्रमुख बस्नेतले बताए ।

चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारीसाधन चेकजाँचमा कडाई गरेका छन् । दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले मातहतका युनिटहरुमा सर्कुलर जारी गर्दै सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको प्रमख बस्नेतले स्पष्ट गरे । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको उनले बताए ।

राजबिराजबाट जनकपुरका लागि छुटेको बस सिरहामा दुर्घटनाग्रस्त : दुई दर्जनभन्दा बढी घाइते

Posted: 24 Jan 2019 11:47 PM PST


राम नारायण पंडित, सिरहा, ११ माघ । सिरहामा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।  राजविराजबाट जनकपुरका लागि छुटेको ना ५ ख २५८८ नम्बरको ओम लक्ष्मी डिलक्स बस आज बिहान कर्जन्हा नगरपालिका ४ स्थित भुलकियामा दुर्घटना हुँदा बसमा सबार ३१ जना यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । घाइते मध्ये अबस्था गम्भिर रहेका धनुषा नगराइन नगरपालिका वस्ने ४५ वर्षिय रामप्रताप राउतलाई थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने बिरगंजका दिपराज यादबको अवस्था चिन्ताजनक रहेकोले बाहिर पठाउने तयारी भईरहेको अस्पताल स्रोतले जनाएको छ ।
roll%2B%25288%2529
दुर्घटनामा सिरहा ९ गुलरियाका ३५ बर्षीय दिपेन्द्र यादब, जनकपुरका ९ का २० बर्षीय पुष्षा यादब, भारत मोतिहारीका राजाबाबु पटेल, धनुषा नगराइन नगरपालिका ५ का २५ बर्षीय अनिता राउत, सबैला नगरपालिकाकी ३५ वर्षिय निर्मला देवी राउत, कर्जन्हा नगरपालिका ११ की २० बर्षीय कविता महतो, मिर्चैया नगरपालिकाको २८ बर्षीय राकेश कुमार यादव लगायत दुई दर्जनभन्दा बढी घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बन्दिपुरका प्रहरी नायब निरिक्षक अजुर्न पौडेलले बताए । घाइते मध्ये २८ जनाको फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा, एक जनाको मंगलम हस्पिटल मिर्चैया र चालकको कमलामाई हस्पिटल बन्दिपुरमा प्रहरीको निगरानीमा उपचार भईरहेको उनले बताए । 
roll%2B%25282%2529
द्रुतगतिमा रहेका बसको स्ट्रीङ्ग फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसंधानमा देखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका बस पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् । घाइते मध्ये अधिकांश धनुषाको रहका छन् ।
roll%2B%25284%2529
यता, कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले पैसाको अभावले कसैको उपचार नरोकिने बताए । पैसाको अभाव भएका बिरामीलाई नगरपालिका सहयोग गर्ने प्रमुख पासमानले बताए ।


roll%2B%25283%2529

गोलबजारमा वेवारीसे अवस्थामा नवजात शिशु भेटियो

Posted: 23 Jan 2019 04:51 AM PST

राम नारायण पंडित, सिरहा, ०९ माघ । सिरहाको गोलबजारमा एक नवजात शिशु फेला परेको छ । गोलबाजर नगरपालिका ८ सिडियोटोल नजिकैको आँप बगैचामा रहेको परालको कुन्यूमा तेल लगाएर सुताइराखेको अवस्थामा नबजात शिशु फेला परेको प्रहरीले जनाएको छ । बच्चा रोएको सुनिएपछि गाउँलेले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख नविन घिमिरेले जानकारी दिए । १०/१५ दिनको जस्तो देखिने बालकलाई तेल मालिस गरेर चिटिक्क पारेर राखिएको अवस्थामा भेटिएको प्रहरीले बताए ।

बच्चा अवैध सम्वन्धबाट जन्मेको हुन सक्ने अनुमान गरिएको छ । श्रीमान बैदेशिक रोजगारीमा रहेका महिलाले परपुरुष सँगको अवैध सम्वन्धका कारण बच्चा जम्मिएको हुन सक्ने अनुमान गरिएको छ ।नवजात शिशु गोलबजार स्थित भुमिजा अस्पतालमा राखिएको छ । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अहिलेसम्म कसैले मेरो बच्चा हो भनेर खोज्दै नआएकोले आवश्यक प्रकृया पुरा गरी कतै जिम्मा लगाउने प्रहरीले जनाएको छ । 

धार्मिक पर्यटनको लागि लहान महोत्सवको तयारी

Posted: 22 Jan 2019 07:54 PM PST


नवसंग्राम दैनिक लहान, ९ माघ । सिरहाको लहानमा यही चैत २५ गतेदेखि 'लहान महोत्सव २०७५' को आयोजना हुँदैछ । लहान नगरपालिकाका मेयर मुनी साहले मंगलवार महोत्सवको लागि जनअपेक्षा संकलन तथा सल्लाह सुझावको लागि आयोजना गरिएको एक कार्यक्रममा उहाँले धार्मिक पर्यटनलाई विकास गर्न यो महोत्सवको महत्वपूर्ण भूमिका रहने बताउँनुभयो । मेयर साहले स्थानीय साँस्कृतिक र कृषिलाई बिशेष जोड दिँदै समृद्धि लहानमा परिनत हुने कार्यहरुलाई महत्व दिने बताएका छन् । खासगरि शिक्षा ,स्वास्थ, संचार ,खेलकुद, स्थानीय कला, उद्योग ब्यापार र बिज्ञान प्रविधिको प्रदर्शन गरिने मेयर साहले बताएका छन् ।
महोत्सव चैत्र २५ देखि बैशाख १० गतेसम्म चल्ने जानकारी दिँदै मेयर साहले मुलुकको औद्योगिक उत्पादनहरूको बजार पहिचान, सम्भाव्य लगानी क्षेत्र, कृषि र खनिजजन्य वस्तुको औद्योगिकीकरण, वातारणीय, फोहरलाई मोहरमा परिनत गर्ने, जलस्रोत र पर्यटन क्षेत्रमा सम्भाव्य लगानी, औद्योगिकीकरणका लागि नयाँ प्रविधिबारे जानकारी गराई समग्र विकासमा महोत्सवको माध्यमबाट टेवा पुग्ने विश्वास मेयर साहले बताएका छन् ।
हाम्रो लहान, समृद्ध लहान पर्यटन सहितको सुन्दर नगर निर्माण भने मूल नाराका साथ लहान महोत्सबमा भारतका सीमावर्ती क्षेत्रका दर्शकहरूसमेत गरी करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको उद्घाटनका दिन हरेक समुदायले आफ्नो भेषभूषा र संस्कृति झल्काउने झाँकी प्रदर्शन गर्नेछन् । महोत्सवको उद्घाटन र समापन समारोहको दिनसमेत गरी १५ दिन सङ्गीत साँझ, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जन कार्यक्रम र उदघाटनको समयमा प्रस्तुत गरिने विभिन्न स्थानीय झाँक्री महोत्सवको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न लहान नगरपालिकाका मेयर मुनीका संयोजकत्वमा ६ सदस्य मूल समिति समेत गठन गरिएको छ । यो सँगै उपसमिति गठन प्रक्रिया अघि बढाइएको लहानका मेयर मुनी साहले बताएका छन् । उद्घाटनका दिन महोत्सवमा प्रवेश निःशुल्क गरेको छ भने अन्य दिनमा टिकट प्रक्रियाबाट प्रवेश गर्न पाइने छ । महोत्सवको लागि ३० विघा जग्गाको आवश्यकता रहेको छ भने यसको लागि पशुपति आदर्श माविका पछाडि रहेको टाउन प्लानिँगको जग्गामा सँचालन गरिने छ ।

धनुषाको महेन्द्रनगरमा पाँच सय लिटर अबैध मदिरा नष्ट

Posted: 21 Jan 2019 05:25 AM PST

महेन्द्रनगर माघ ७ गते ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अवैध मदिरा विक्री वितरण बन्द गर्ने अभियान अन्तर्गत नियमितरुपमा अवैध मदिरा कब्जा गरि नष्ट गरेका छन । धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित सखुवा चोकमा चेकजाँचको क्रममा जनकपुर तर्फ लग्दैँ गरेको करिब ५ सय अवैध मदिरा नियन्त्रमा लिएर स्थिानिय, बुद्धिजिवी, राजनितिकर्मी र पत्रकारहरुको रोहबरमा नष्ट गरिएको छ । ईलाका प्रहरी कर्यालय महेन्द्रनगरमा प्रहरी निरिक्षक अमिर कुमार दहाल आउँदा दिनदेखी नै २ महिनामा विभिन्न ठाउँमा अवैधरुपमा उत्पादन गरिरहेको मदिर ४ पटकमा करिब मदिरा बनाउनको लागी त्यारी अवस्थामा राखिएको ५ हजार कच्चापदार्थ र १ हजार लिटर त्यारी मदिर नष्ट गरिएको इलाका प्रहरी कर्यालय महेन्द्रनगर ले जानकारी दिएका छन । क्षिरेश्वरनाथ नगरपालिकाकै अवैध मदिर उत्पादन गर्ने मुख्य ठाउँको रुपमा चिनिने सितानगर, सखुवा बजार, कुचाइटोल, इच्छापुर, सिन्धुलीटोल, नयाँबजार लगायत सखुवाचोकमा चेकजाँचको क्रममा यी परिणामको अवैध मदिरा नष्ट गरिएको छ । विगतको दिनमा अवैध मदिराको सेवनबाट विभिन्न ठाउँमा मानिसको ज्यानपनि लिसकेकोले यी अवैध मदिरामाथी कराइ गरिएको इप्रका प्रमुख दहालले बताएका छन । घरेलु कच्चापर्दाथबाट बनाइएको मदिराको सेवनबाट यस्तो घटना हुदाँ पनि स्थानिय जनप्रतिनिधी र स्थानियहरुको जुनरुपमा सहयोग हुनुपर्ने हो त्यो भइरहेको छैन, दहालको भनाई थियो । साथै आफुरहुनजेल यी इलाका भित्रको अवैध मदिर विक्रिवितरणमा कराईको साथ यी अभियान जारी नै रहने बताएका थिए ।

लहानमा ज्योती मगरको अश्लिलता चल्दैन

Posted: 21 Jan 2019 01:43 AM PST

नवसंग्राम दैनिक लहान, ७ माघ । लहानमा ज्योती मगरको अश्लिल डान्ससहितको गीत प्रस्तुत नगर्ने सन्तोष राजले बताए । उनले भने यहाँको दर्शकका मनस्थितिलाई मध्यनजर गरी हाम्रो सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने बताए । सिरहाको लहानमा आउदो माघ २६ गते लहान साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।एस राज प्रोडक्सनस् प्रा.लि. आइतवार बाटिका टुरिजम लहानमा पत्रकार सम्मेलन गरि २६ गते हुन लागेका लहान साँस्कृतिक कार्यक्रमबारे सार्वजनिक गरेको छ । विगत लामो समयदेखि एस राज प्रोडक्सनस् प्रालिने राष्ट्रिय अन्तर्राष्टियस्तरमा विभिन्न सेलेब्रेटिहरुको सहभागितामा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ ।
सोही क्रममा जनकपुर होली हँगामा, गरुडा साँकृतिक कार्यक्रम, भोजपुरी नेपाली स्टार नाईट विरगन्ज, त्रिपल धमाका(दोहा कतार) लगायत दर्जनौ ठाउँमा सफल कार्यक्रम गरिसकेको छ । यसैलाई आत्मसात् गरी लहान साँकृतिक कार्यक्रमको आयोजना यही माघ २६ गते शनिवारका दिन दिउँसो २ बजेदेखि बाटिका टुरिजम ग्राउण्डमा गरिने भएको छ । यसको लागि सहयोगीहरुमा नेपाल टेलिकम टाइटल स्पाउनसर रहेको छ । यसैगरी, पावर वाई टुवर्ग वियर, स्पोन्सर वाइ वाई तयारी चाउ चाउ, प्रोमोटेड वाई नेपाल टुरिजम बोर्ड, हस्पीलिटी पाटर्नर, बाटिका टुरिजमलगायत विभिन्न सहयोगी हातहरु रहेको छ ।
यसमा मुख्य कलाकारहरु भोजपुरी सुपरस्टार अक्षरा सिहं, नेपालि चर्चित गायिका ज्योती मगर, नेपाली भोजपुरी गायिका सेलिना कुँवर, सँगीतकार तथा गायक सन्तोष राज, भरत साह, विजय यादव निर्वित, मोडेल तथा डान्सर मुस्कान सिहं, अमिता छन्टेल साथमा कार्यक्रम सँचालिका ललिता दासलगायत स्थानीय कलाकार सहितको भव्य साँकृतिक कार्यक्रमको आयोजना हुने भएको छ । यस कार्यक्रमको संचालन ललिता दासले गरेकी थिइन् र अध्यक्षता संतोष राजले गर्नु भएको थिए ।

मधेश आन्दोलनको १२ बर्ष पुरा ः शहिद परिवार भन्छन्–“च्यादर ओढाउनु बाहेक केहि गरेनन्” (स्थलगत रिपोर्ट)

Posted: 18 Jan 2019 07:58 PM PST

राम नारायण पंडित, सिरहा, ०५ माघ । मधेस आन्दोलनको आज १२ वर्ष पुरा भएको छ । आन्दोलनको बदौलत संघीयता कार्यान्वयनमा आएपनि सहिद परिवारमा दुखेसो यथाबतै छ । "देश संघीयतामा गयो, खुसी छु, राज्यको बेवास्तामा परेका सहिद परिवार सिरहा नवराजपुर गाँउपालिका ३ मझौराका शहिद रमेश महतोको आमा रानो देबि महतोले भनिन्, 'सहिद परिवारले पाउनु पर्ने राहत पनि नपाएर मधेश सरकारकै बेबास्तामा परेका छौं ।" आन्दोलनको बेला आफ्नो छोराले शहादत दिँदा मधेशका आफुलाई ठुला बडा भन्ने नेताहरुले सिँढी लगाएर कुर्सीमा गएपनि हामीलाई बेबास्ता गरेका छन् । उनले अगाडी भनिन् "नेताहरुले हामीलाई केहि गरेनन्, बलिदानी दिबसमा बोलाएर च्यादर ओढाउनु बाहेक केहि गरेका छैन्, पहिला भन्दै थियो शहिद परिबारलाई रोजगारी दिन्छु, ५० लाख रुपैया दिन्छु, तर केहि दिएनन, शहिद परिबारका नाममा मेरो छोरालाई दिएको जागिर पनि खोसियो, पैसा पनि दिएन, मधेश आन्दोलनका नाममा हामीलाई मात्र प्रयोग गरिरहेका छन् ।" 
50250787_334384497165532_5421423555726278656_n
शहिद रमेश महतोका दाई बालकृष्ण महतोले मेरो भाई रमेश महतो ट्रष्टको नाममा करोडौ रकम आएपनि नेताहरुले नै गोलमाल गरिरहेको आरोप लगाए । उनले भने "यस ट्रष्टमा करोडौ रकम आउँछ, तर नेताहरुले नै गोलमाल गरिरहेका छन, मलाई गाँउमै रहेको शहिद रमेश महतो माध्यमिक बिद्यालयमा लेखापालमा जागिर दिएको थियो, तर त्यहाँबाट पनि हटाई दियो, काम गरेको पैसा केहि दियो पुरा दिएन्, हामीलाई कुनै नेताले बास्ता पनि गर्दैन, दुखपिडाको पनि कुनै सुनुबाई गर्दैनन्, बलिदानी दिबसमा नाम भजाउँनका लागि मात्र खोज्न आँउछ, के भनौ हामी अन्यायमा परेका छौ, शहिदको नाममा १० लाख रुपैया बाहेक केहि नपाएको छु ।" 
50424876_317412055561393_7616624505133203456_n
आँसु झार्दै रमेशका बुबा रवि महतोले भने "नेताको जरुरी लागेपछि मात्र हामीलाई खोज्न आउँछ, काम भएपछि केहि बास्ता गर्दैन, पहिला गाडी पठाउथ्यो लिन, अहिले लिन पनि आउँदैन, हामीलाई जो पिडा छ, त्यो कसैले बाड्न सक्दैन, मनमा पिडा छ, बर्षमा एक दिन नेताले मन्चमा बोलाएर हामीलाई च्यादर ओढाउँदा पिडा कम हुने छैन् ।"
50628538_493562324503075_8660664792035360768_n
विष्णुपुर गाँउपालिका १ लक्ष्मीपुरका शहिद राजेश ठाकुर परिबारको पिडा रमेश भन्दा कम छैन् । शहिद राजेश ठाकुरका भाई मुकेश ठाकुरले भने "दाईको मृत्यु भएपछि नेताहरु केहि बर्ष आयो, तर अहिले कोही आउँदैन, हामीलाई शहिदको रुपमा सरकारले मान्दौन कि जस्तो लागिरहेको छ, हामीलाई सरकारबाट कुनै सेवा सुबिधा पनि पाएका छैनौ, दाईको श्रीमति, छोरछोरीको पालनपोषण मलाई नै गर्नु परिरहेको छ, धेरै समस्या छ ।" 
50524837_1125464857660831_3618771085186564096_n
मधेश आन्दोलनका घाइते बिष्णुपुर गाउँपालिका १ का शिबदयाल यादबले भन्छन् "मैलै सरकारी बिद्यालयमा जागिर गरिरहेको बेलामा मधेश आन्दोलनका क्रममा प्रहरीले पक्राउ गरेर चरम यातना दियो, जसको कारणले मानसिक सन्तुलन बिग्रियो, ४ लाख जतिको उपचार गराए तर निको भएको छैन, कुनै नेताहरुले अहिलेसम्म के भएको छ भनेर सोध्न पनि आएको छैन, के भन्नु दुखैदुखमा जिबन चलिरहेको छ, जागिर पनि छुट्यो, घाइते पनि भए, कहि कतैबाट सहयोग पनि पाईन्, ६ बटा बालबच्चा छ,  पालनपोषणमा समस्या छ ।"
IMG_20190118_125821
मधेश मामलाका जानकार महादेब साह भन्छन्,— "मधेश आन्दोलनले उपलब्धि नभएको होईन, आन्दोलन उपलब्धिमुलक छ, मधेशीमाथी राज्यले गरेको बिभेदको बिषयमा पहाड, हिमाल लगायतका क्षेत्रका जनताले मधेशीको बारेमा बुझेका छन्, कि मधेशीमाथी अन्याय भएको छ, बिभेदमा परेको छ भनेर, नेपालमा पनि मधेशीलाई बिभेद भईरहेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय जगतले पनि आज बुझिरहेका छन, संघियता मधेश आन्दोलनको बदौलत आएको हो, राज्यप्रति पुरा नाकारात्मक हुन पनि सक्दिन, हामी आशाबादी छौ, शहिद परिबारको सम्मान दिन संघिय सरकार र प्रदेश सरकारले पनि अग्रसर हुनुपर्छ, नेताहरुको चाहना अनुसार प्रदेश २ मा मधेसी गठबन्धनको सरकार बनेको छ ।" 
IMG_20190118_132057
२०६३ साल माघ ५ गते सिरहा नवराजपुर गाँउपालिका ३ मझौराका कक्षा ९ मा अध्ययनरत १६ वर्षिय किशोर रमेश महतोले सहादत प्राप्त गरेपछि मधेस आन्दोलन उत्कर्षमा पुगेको थियो । पहिलो मधेस आन्दोलनका क्रममा सिरहाका रमेश महतो, प्रमोद सदाय, बेचन यादव, विजय कुमार सहनी, मोहम्मद अनिस लगायत देशभरका ५४ जनाले मधेस मुक्तिका लागि बलिदानी दिए । २०६३ माघबाट सुरु भएको पहिलो मधेस आन्दोलनले मुलुकलाई संघीयताको बाटामा लगेको थियो । मधेसीको अधिकार, पहिचान र आत्मसम्मान सहित संघीयताका लागि भएको आन्दोलनमा ५४ जनाले ज्यान गुमाए । पहिलो मधेस आन्दोलनबाट उठान भएको मुद्दा प्राप्ति नभएपछि २०७२ मा भएको दोस्रो मधेस आन्दोलनमा ५६ जनाले ज्यान गुमाए । २०७३÷०७४ मा ७ जना सहित अहिलेसम्म १ सय १७ जनाले मधेसमा बलिदानी दिएका छन ।
49348347_608070019652725_6227678145131053056_n
प्रदेश २ सरकारले सिरहाको लहान स्थित पशुपति माबिमा आज बलिदानी दिबस तथा सम्मान कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रमलाई संघिय समाजबादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष तथा संघिय सरकारका उपप्रधानमन्त्रि उपेन्द्र यादब लगायत प्रदेशका मुख्यमन्त्रि, मन्त्रिको साथै राजपा नेपालका शिर्षस्त नेताहरु लगायतका सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शहिदको सपना सकार गर्नका लागि संघर्ष जारी रहेको उनीहरुको भनाई रहेका छन् । मधेशबादी दलले माघ ५ गतेका दिन बलिदानी दिबस मनाउँदै आएको छ ।   
50160293_1021164628067494_6551273075839598592_n

50416223_594488987643281_4938351597349502976_n
50728465_1906668236119441_3503332843990286336_n


50758747_491739248016714_6546320158208557056_n

भोली प्रदेश २ सरकारले लहानमा बलिदानी दिवस मनाउने, प्रदेश २ मा सार्वजनिक विदा

Posted: 18 Jan 2019 06:22 AM PST

माघ ४ । प्रत्येक वर्ष माघ ५ गते मधेशवादी दलले मनाउँदै आएको बलिदानी दिवस यस वर्ष प्रदेश २ सरकारले औपचारिक रुपमै मनाउने भएका छन् । मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका विद्यार्थी नेता रमेश महतो सहादत भएको स्मरणमा प्रत्येक वर्ष मधेसवादी दलले बलिदानी दिवस मनाइदै आएका छन् ।विद्यार्थी नेता महतोको सिरहाको लहानमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । यसवर्ष प्रदेश २ सरकारले नै औपचारिक रुपमा बलिदानी दिवस मनाउन लागेको हो । शनिवार सिरहाको लहानमा प्रदेश सरकारले विशेष कार्यक्रम गरी बलिदानी दिवस मनाउने प्रदेश सरकारका प्रवक्ता विजय यादवले जानकारी दिए । घाइते तथा सहिद परिवारलाई सरकारको तर्फबाट विशेष सम्मान गर्ने तथा घाइतेका लागि उपचारको विशेष प्याकेज घोषणा गर्ने बताइएको छ ।
लहानमा हुने कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहने छन् भने भने विशिष्ट अतिथिको रुपमा प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउत रहने छन् ।
कार्यक्रममा प्रदेश सरकारका सबै मन्त्री तथा राजपा र फोरम नेपालका सांसदलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ । साथै, केन्द्रबाट फोरम नेपालको तर्फबाट उपेन्द्र यादवसहित सो पार्टीका अन्य नेताहरुको पनि सहभागीता रहनेछ । यस्तै राजपा नेपालबाट पनि कार्यक्रममा सहभागी हुने बताइएको छ ।
यस पटक माघ ५ गते बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा समेत दिने घोषणा गरिसकेको छ । प्रदेश २ सरकारले अगामी माघ १ गते र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गत पुस १९ गते बसेको प्रदेश २ सरकारको मन्त्री परिषदको बैठले मधेश आन्दोलनका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने 'बलिदानी' दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment