Onlinesiraha-Nepali |
- मुख्यमन्त्री लालबाबु राउतलाई एक युवाले दिए खुल्ला पत्र
- सिरहाको सुन्दर जनता मा.वि औरहीमा आन्दोलित बिद्यार्थीहरु द्वारा तालाबन्दी
- सिरहाका युवा अनिल महासेठ राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमका लागि चयन
- सिरहा लागु औषधको ट्रान्जिट पोईन्ट बन्दै, ड्रग्स सहित १ जना पक्राउ
मुख्यमन्त्री लालबाबु राउतलाई एक युवाले दिए खुल्ला पत्र Posted: 06 Feb 2019 08:00 AM PST मनोज बनैता, सिरहा, २३ माघ । जनकपुर स्थित राम स्वरुप राम सागर बहुमुखी क्याम्पसमा बि.बि. एस तेस्रो बर्षमा अध्ययनरत कुलदीप साह ले मुख्यमन्त्री लालबाबु राउतलाई एक खुल्ला पत्र लेखेका छन । पत्रमा उल्लेख छ ....... माननीय् मुख्यमन्त्री ज्यु , मुख्यमंन्त्रीको कार्यालय प्रदेश नं २ जनकपुर धाम विषय : स्व.बि.यु. को निर्वाचन गराउन पहल गरिदिने बारे ! मा. मुख्यमन्त्री ज्युले सिमित श्रोत र साधनका बाबजुद एक बर्षको कार्यकाल सफल रुपमा सञ्चालन गर्नुभएको सर्वप्रथम मा.मुख्यमन्त्री ज्यु लाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै बाकी कार्यकाल पनी प्रदेश नं २ का जनताको हक र हितमा समर्पित गर्ने हुनेछ भन्ने आशा र विश्वास पनि गर्दछु । यो पत्र लेख्नको खास औचित्य मा. मुख्यमन्त्री ज्युलाई अवगत गराउन चाहन्छु । बिगत १० बर्ष देखी त्रिभुवन विश्वविद्यालय का आङ्गीक क्याम्पस हरु स्व.बि.यु. बिहिन भएको मा.मुख्यमन्त्री ज्युलाई अवगत नै छ । स्व.बि.यु. बिहिन क्याम्पस हरु रहेका कारण बिधार्थी हरु बाट विभिन्न शिर्षकहरु मा उठाएका रकमहरू र बिधार्थी कल्याण कोष को रकम कहा के, कति, कसले खर्च गरियो सो बिसयमा कुनै जानकारी नपाएको हिनामिना गरी प्रध्यापक र कर्मचारी हरुको सङ्गठन ले एकाधिकार जमाइ मनपरी तन्त्र चलाएर क्याम्पस लाइ नै धरासायी बनाउने सडयन्त्र बढिरहेको स्व.बि.यु. निर्वाचन पनी अनिश्चित बनाएको प्रस्ट छ । किनभने विश्वविद्यालयले यहि मिति २०७५/१०/१४ गते स्व.बि.यु. निर्वाचन तोकिए पनि समान्यतया "निर्वाचन हुने दिन भन्दा १महिना पुर्व अचारसंहिता लागु हुने प्रनेमा आजसम्म कुनै चासो नदेखाएकोले विश्वविद्यालय को दोहरो चरित्र देखिएको छ" । त्यसैले फागुन १४ गते स्व.बि.यु. निर्वाचन हुने कुरामा म जस्ता नियमित अध्ययनरत विद्यार्थी हरु निराशा एवं स्तव्ध भएका छौ । स्व.बि.यु. निर्वाचन नहुँदा क्याम्पस प्रशासनले कर्मचारी र गैर बिधार्थी हरु को अराजकता बढ्दै गएकोले त्यसलाई रोकथाम र नियन्त्रण गर्न स्व.बि.यु. को अभाव महशूष गरेको छु अतः क्याम्पस ब्यबस्थापन र बिधार्थी क्लयान समिति बर्षौदेखि गठन हुन नसक्दा केहि प्रध्यापक, कर्मचारी र बिधार्थी हरुले आ आफ्नो अचारसंहिता उल्लङ्घन भएको प्रस्ट छ । त्यसैले यी सबै समस्याहरु स्व.बि.यु. निर्वाचन को अभाबले खडकेको देखीन्छ । स्व.बि.यु. हुदाको अवस्था मा माथि उल्लेखित समस्याहरु देखिदैनथे । अतः उपयुक्त समस्याहरु निराकरण को लागी स्व.बि.यु. निर्वाचन तोकिएकै मितिमा गर्ने गराउन का लागी सम्बन्धित निकायमा पहल गरिदिनुहुन मा. मुख्यमन्त्री ज्यु मार्फत त्रिभुवन विश्वविद्यालय का कुलपति सम्मानिय प्रधानमन्त्री ज्यू को ध्यानाकर्षण गराउन चाहन्छु |
सिरहाको सुन्दर जनता मा.वि औरहीमा आन्दोलित बिद्यार्थीहरु द्वारा तालाबन्दी Posted: 06 Feb 2019 06:56 AM PST मनोज बनैता, सिरहा, २३ माघ । सिरहाको औरही गाउँपालिका–५ मा स्थित सुन्दर जनता माविमा आन्दोलनरत बिद्यार्थीहरुले तालाबन्दी गरेका छन् । सरस्वती मन्दिर निर्माणका लागि बिद्यार्थीबाट चन्दा लिएको तर हाल सम्म मन्दिर निर्माण नभएको , बिधालयमा सातै घन्टी कहिलै पढाइ नहुने, पुस्तकालयको ब्यबस्था नभएको , बिज्ञान ल्याब नभएको तर बिज्ञान ल्याबको सामान ल्याएको भन्दै फर्जी बिल पेश गरेको , कम्प्युटर ल्याब नभएको (किताबकै भरमा बिद्यार्थीहरु कम्प्युटर पढिरहेको) , सौचालय व्यबस्थित नभएको, बिधालयको खाताबाट पेश्की को नाममा करिब २८ लाख रुपैयामा समेत अनियमितता गरेको भनी बिधार्थीहरु आन्दोलनमा उत्रेका हुन । विद्यालयको आर्थिक पारदर्शिताको माग राखेर आन्दोलनरत विद्यार्थी र शिक्षकको माग पूरा नभए पछि बाध्य भएर तालाबन्दी गर्नु परेको बिद्यार्थी रुपेश यादवले बताएका छन । आन्दोलित पक्षको मागहरु लामो समयसम्म विद्यालय प्रशासन सम्बोधन नगरेको र प्रधानाध्यापक ईन्द्रदेब यादवले यसरी आन्दोलन गरे बिद्यार्थीहरुको भविस्य बिगारिदिने धम्की समेत दिएका छन । प्रधानाध्यापक यादवले बिद्यार्थीहरुको घरघरमा स्थानीय नेताहरुको मार्फत अभिभावकलाई समेत धम्काउने गरेको गुनासो त्यसै बिधालयका अर्का छात्र सचिन यादव बताउँछन। शैक्षिक संस्थामा शैक्षिक वातावरण उपर नाकारात्मक प्रभाव परेको भन्दै स्वतन्त्र युवा समाजले सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाउँदै अविलम्ब माग पूरा गर्न आग्रह समेत गरेका छन । समाजका अध्यक्ष दीपेन्द्र यादवका अनुसार समाजले गापा प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, गापा शिक्षा समिती, वडा ४ र ५ को कार्यालय र विद्यालयका प्रधानाध्यापकलाई समेत ज्ञापनपत्र बुझाएका थिए। तर हाल सम्म सरोकारवाला निकाई बाट समेत कुनै किसिमको पहल नभएको उनको गुनासो छ। |
सिरहाका युवा अनिल महासेठ राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमका लागि चयन Posted: 06 Feb 2019 03:01 AM PST मनोज बनैता, सिरहा, २३ माघ । काठमाडौ स्थित लिडरशिप एकेडेमी र अमेरिका स्थित यूनिवर्सिटी अफ सान डिएगो क्रक स्कुल र इन्स्टिच्युट फर पिस एंड जस्टिस ; - University of San Diego,Kroc School & Kroc Institute for Peace and Justice -IPJ) को संयुक्त आयोजनामा संचालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम (Nepali Emerging Leaders Program 2019) को दोस्रो शैक्षिक सत्रको लागि प्रदेश नम्बर –२ को जिल्ला सिराहाबाट अनिल महासेठ छनौट भएका छन । दोश्रो शैक्षिक सत्रको लागि छनौट भएपछि खुशी व्यक्त गर्दै महासेठले यस कार्यक्रमका विशेषज्ञ , स्थापित राजनीतिज्ञको अनुभव, मार्गदर्शन , सहयोग तथा सिफारिसले युवा नेताहरुलाई छोटो समयमा मुलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्ने विश्वास लिएको बताउनुभयो । यस राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले भविष्यमा देशकै नेतृत्व गर्न सक्ने युवा नेता–नेत्री तैयार गर्न सक्ने अपेक्षा लिएको जानकारी गराउनु भएको छ । 'कार्यक्रमको शिर्षकले नै मलाई आकर्षित गरेको हो, अध्ययनका दौरान हुने अन्तरक्रिया , अनुभब आदान प्रदान तथा अग्रजहरुबाट प्राप्त हुने मार्गदर्शनले नेतृत्व क्षमताको बिकाश भएको छ',– महासेठले बताएका छन । 'युवा नेतृत्वमा प्रतिस्पर्धा गर्नका लागि आत्मविश्वास कमि छ, त्यसकारण यस्तो कार्यक्रमले आत्मबिश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ',– उनले भनेका छन । यस कार्यक्रमबाट अरु को विचार सुन्ने, अर्को क्षेत्रको ज्ञान हासिल गर्ने, हरेक कुरालाई बृहत र सकारात्मक रुपले हेर्ने मौका मिलेको उहाँले थपिनुभयो । आरोप प्रत्यारोप मात्र होइन, अरुको पनि विचार सुन्ने तथा सहिलाई सहि र गलतलाई गलत भन्ने क्षमताको बिकाश आफुमा भएको महासेठले बताए । देशका जटिल तथा चुनौतिपूर्ण समस्या समाधानमा यस कार्यक्रमले तैयार गरेका बिशेष समुहको अहम भूमिका हुने उहाँले जानकारी गराउदै यस समुहले स्थानिय देखि राष्ट्रिय सरकार र सरोकारबालाहरु संग सहकार्य गरि उदाहरणीय बन्ने महासेठले दावी थियो । अनिल महासेठ बिधार्थी जीवन देखि नै सामाजिक तथा राजनीतिक काममा सक्रिय युवा हुन । उनले स्थानिय स्तरमा युवा , बिधार्थी तथा विभिन्न संघ संस्थाहरु संग काम गरेका छन । महासेठ तत्कालिन सद्भावना पार्टीको केन्द्रीय वर्गीय मंचको सदस्य सचिब हुदै हाल नेपालको तेस्रो ठुलो पार्टी राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय सदस्य पनि हुन साथै उनी नेपाल–भारत खुल्ला सिमा सम्बाद समुहका सक्रिय सदस्य पनि हुन । राजनीति र सामाजिक सेवाका साथै राजनीति ब्यबस्थापन र चुनाबी ब्यबस्थापनमा पनि महासेठको रुचि रहेको छ । |
सिरहा लागु औषधको ट्रान्जिट पोईन्ट बन्दै, ड्रग्स सहित १ जना पक्राउ Posted: 05 Feb 2019 09:33 PM PST मनोज बनैता, लहान, २४ माघ । शसस्त्र प्रहरी ले भारी मात्रा मा लागु औषध सहित १ जना लाई पक्राउ गरेका छन । शसस्त्र प्रहरी बोर्ड र आउट पोस्ट का सहायक प्रहरी निरीक्षक सुरेन्द्र शाहीको कमान्ड मा खटिएको गस्ती टोलीले लागू औषध सहित एक जनालाई पक्राउ गरेका हुन । प्राप्त खबर अनुसार सिरहा न.पा.१७ पटेर्बा मा चेक जाँच गर्ने क्रममा स.९ प-५४३१ नम्बरको मोटर साइकलमा आएका जिल्ला धनुषा जनकनन्द्नी गा. पा. २ बर्ष-२० का बब्लु यादबलाई लागु औषधको साथ गिरफ्तार गरिएको छ । यादवको साथ बाट phenergan2ml-199 एम्पुल,noophin-2ml-200 एम्पुल , diazelab2ml-199 थान को साथै हुवावे को मोबाइल -१थान, नेपाली रू ६१७०,भारतीय रु-५६०, युएस डलर१, रियाल -रु४७सहित नियन्त्रणमा लिई करबाहीको प्रक्रिया अगाडि बढाएको श.प्र.नि. सुरेन्द्र शाहीले जनाएका छन । सिरहामा दिनहु जसो लागू औषध का तस्करहरु समातिने गरेका छन । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment