Onlinesiraha-Nepali |
दुर्घटना कम गर्न सिरहा ट्राफिकले गरे सडकमै चालकको आँखा जाँच Posted: 17 Jan 2019 07:20 AM PST राम नारायण पंडित, सिरहा, ०३ माघ । दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले सडकमै चालकको आँखा जाँच गरेका छन् । सडक दुर्घटना रोक्न सडकमै सवारी रोकेर ट्राफिक प्रहरी लगायत चिकित्सकहरुको टोलीले आज (विहिबार) चालकको आँखा परीक्षण गरेको हो । लहान नगरपालिका १ बजरंग पट्रोल पम्प अगाडी पूर्वपश्चिम लोकमार्गमा यातायात ब्यबस्था कार्यालय लहानको मेकेनिकल टिम, कामना नरसिंह होम लहानका मेडिकल टिम, सगरमाथा चौधरी आँखा अस्पतालका विशेष आँखा चेकजाँच टिम, ईलाका प्रहरी कार्यालय लहान, यातायात ब्यबसायी संघका पदाधिकारीको उपस्थितिमा चालकको आँखा परीक्षण गरिएको हो । परीक्षणका क्रममा थुप्रै चालकको आँखामा समस्या देखिएपछि औषधि उपलब्ध गराएको र थप उपचारका लागि अस्पताल जान सुझाब दिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि सिरहा ट्राफिकले आफ्नो मातहतका क्षेत्रमा सवारी जाँचसँगै चालकको स्वास्थ्य परीक्षणको अभियान नै सुरु गरेको हो । आँखा परीक्षणँंसंगै ट्राफिक प्रहरीले सवारीको अवस्थाको बारेमा समेत जाँच गरेको थियो । परिक्षणको क्रममा जम्मा १ सय ९६ जना चालकको आँखा जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए । जसमा ५ जनाको कलर भिजन नभएको, १२ जनामा हाईप्रेसर भएको र ६ जनामा ब्लाइन्डनेस भएको पाईएको उनले बताए । चेकजाँचमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा. सुरतलाल महतो, ओप्टिमिष्टिक एसिस्टेन्ट रामानन्द बिक, यातायात कार्यालय लहानका मेकेनिकल सुपरभाइजर सुदिप दास लगायतका रहेका थिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment