Onlinesiraha-Nepali |
सिरहाको ठाढीमा बम विस्फोट हुँदा २ घाईते Posted: 09 Dec 2018 01:07 AM PST राम नारायण पंडित, सिरहा, २३ मंसिर । सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाईते भएको छ । भारतसंग सिमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं. ४ ठाढीमा आज बम बिस्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिएका छन् । बिस्फोटमा स्थानिय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि भारत तर्फ लगिएको प्रवक्ता खरेलले जानकारी दिए । गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएको बेला बेबारिसे अबस्थामा राखिएको झोलालाई उनीहरुले कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ । पानपरागको बट्टामा बनाएको बम बिस्फोट भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए । बिस्फोटबारे अनुसन्धान भईरहेको प्रवक्ता खरेलले जानकारी दिएका छन् । |
गोलबजार व्यापार संघमा महासचिव वाहेक अग्रवाल प्यानल सहित विजयी Posted: 08 Dec 2018 11:17 PM PST राम नारायण पंडित, सिरहा, २३ मंसिर । सिरहाको गोलबजार व्यापार संघको नयाँ कार्यसमितिको लागि भएको चुनावमा महासचिव बाहेकका पदमा भरत अग्रवालको प्यानल विजयी भएका छन् । आज विहान सम्पन्न मतगणना अनुसार अध्यक्ष पदमा अग्रवालले ९ सय ९८ मत प्राप्त गरेर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी जीबछ साहले ५ सय ७२ मत प्राप्त गरेर हार बेहोरेका छन् । अग्रवालले ४ सय २६ मतले अध्यक्षमा विजय भएको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । अग्रवाल प्यानलबाट प्रथम उपाध्यक्षमा महेश साह सुडीले ७ सय ७२ मत ल्याई विजयी भएका छन् भने निकटम प्रतिद्धन्दी अशोक साहले ७ सय ६६ मत प्राप्त गरी पराजित भएका छन् । त्यसैगरी द्वितिय उपाध्यक्षमा आनन्द कुमार यादवले ७ सय ९२ मतल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी रमेश कुमार श्रेष्ठले ७ सय ५६ मत ल्याई पराजित भएका छन् । महासचिवमा जिबछ साह प्यानलबाट राकेश साहले ७ सय ७३ मतका साथ विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी अग्रवाल प्यानलका सोहेव अनवरले ७ सय ६० मत ल्याएर हार बेहोरेका छन् । कोषाध्यक्षमा विजय कुमार साहले ९ सय ९ मत ल्याएर बिजयी भएका छन् भने निकटम प्रतिद्धन्दी बिजय साहले ६ सय ३६ मत ल्याई पराजित भएका छन् । सचिवमा अरुण कुमार सिंहले ८ सय मत ल्याएर विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्दी सुशिल कुमार महतोले ६ सय ८४ मत ल्याई पराजित भएका छन् । त्यसैगरी महिला सदस्यमा समृका देवी महतोले ६ सय ७० मत ल्याई जिययी भएका छन् भने रेखा कुमारी तामाङ्गले ५ सय ७३ मत प्राप्त गरी पराजय भएका छन् । सदस्यहरुमा कपिलदेव साहले ८ सय १५, दिपेन्द्र कुमार राउतले ६ सय ३३, रामकृपाल साहले ७ सय ९९, हिरादेवी यादवले ७ सय ४९, अनिल कुमार लामाले ७ सय ९६, दिनेश कुमार नायकले ८ सय ४८ र बैजनाथ शर्माले ८ सय १६ मत ल्याई विजय भएका छन् । संघमा आवद्ध रहेका १७ सय ७३ मतदाता मध्ये १६ सय ३ मतदाताले मतदान गरेका छन् । जसमा २० मत बदर भएको निर्बाचन अधिकृत सिंहले बताए । संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका थिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment