/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैया : महिला हिंसा विरुद्ध अभियानलाई सफल बनाउन बिद्यार्थीसंग अन्तरक्रिया

Posted: 10 Dec 2018 05:34 AM PST

राम नारायण पंडित, सिरहा, २४ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई सफल बनाउन मिर्चैयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अभियानलाई थप प्रभावकारी बनाउन आज (सोमबार) मिर्चैयामा बिद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । 
 
"लैगिंक हिंसा र दूव्र्यवहार, : छैन हामीलाई स्वीकार" भन्ने नाराका साथ मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा बिद्यार्थीहरुसंग अन्तरिक्रिया गरिएको अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साहले बताए । कोण सभालाई सम्बोधन गर्दै मिर्चैय नगरपालिकाका मेयर श्रबण कुमार यादबले महिला विरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु आवश्यक रहेको बताए । 
 
मेयर यादबको अध्यक्षतामा भएको कार्यक्रममा बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेव खनाल, अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साह र कोषाध्यक्ष रेणु शर्मा लगायतका उपस्थित रहेको थियो । 
 

अन्तरपाटी महिला संजाल, मिर्चैया नगरपालिका र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त आयोजना तथा दलित महिला संघ, समुदाय–प्रहरी साझदारी सेल मिर्चैया र क्रियाशिल महिला पत्रकार संजाल सिरहाको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । 

किन रुदैं थिइन् लहानमा नायिका कसिस ?

Posted: 09 Dec 2018 07:56 PM PST

लहान, २४ मंसिर । मिशन मधेशकी नायिका कसिस दाहाल लहान ९ मा रुदैंथिइन् । उनलाई चारैतीरबाट स्थानीयहरुले धैर्यतामा रहन आवाज दिइरहेका थिए । तर, उनको आँखाको आँशु रोकिरहेको थिएन् । उता, विरेन्द्र यादव, दिनेश पासमान, विष्णुदेव पाल र सोभित पासमान (बौना) सहितको प्रहरी टोलीले दाहालका नायकलाई हतकडी लगाएर बीच गाउँबाट लिएर जादैं थिए । नायक दिनेश्वर गुप्ताले 'बेइमान जमिन्दारके बेमाइन कुतासव' सम्बाद गर्दा उनलाई हतकडी लगाएर लैजादा नायिका दाहालकी धैर्यताको बाँध भत्किएको थियो । र, उनी आँखाबाट आँशु झार्दै पछिपछि हिंडदै थिइन् ।
नायक गुप्तालाई आफ्नै साथीलाई जिमेन्दारका गुण्डालाई हत्या गरिएको हुन्छ । तर, नायकलाई उल्टो फसाउँने गरेकोले प्रहरीले हतकडी लगाएर लैजाने क्रममा नायिका दाहाल रुदैं गर्दा स्थानीयले उनलाई धैर्यता रहन आवाज दिइएका हुन्छ । यो दृश्य वास्तविक भन्दा मधेशी भाखाको चलचित्र मिशन मधेशको सुटिंगको हो । मिशन मधेश फिल्म ऐतिहासिक र मधेश आन्दोलनसँग जोडिएको एक द्धन्द्धात्मक चलचित्र हो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment