Onlinesiraha-Nepali |
लहान : हतियार सहित दुई युबक पक्राउ Posted: 08 Dec 2018 04:17 AM PST राम नारायण पंडित, सिरहा, २२ मंसिर । हतियार र लागुऔषध सहित प्रहरीले सिरहाको लहानबाट दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय लहानबाट आज विहान खटिएको प्रहरी टोलीले हतियार र लागुऔषध सहित लहान नगरपालिका ४ बस्ने रंजित यादव र ५ बस्ने रामचन्द्र पासवानलाई पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा लहान नगरपालिका ४ स्थित रंजित यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाईछिपाई राखिएको अवस्थामा केएफ ८ एमएम लेखिएको २ थान पेस्तोल, ३०३ राइफलको गोली १ राउण्ड बरामद भएको छ । त्यसैगरी, प्रयोग भइसकेको डाइजेल्याब ८ एम्पुल, फेनार्गन ६ एम्पुल , लुपिजेसिक २ एम्पुल, सिरिन्ज ८ थान, नाइट्रोभेट ५ थान डाइलेक्स डिसी १ बोतल लगायतका लागुऔषध समेत बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिएका छन् । |
गोलबजार व्यापार संघमा अग्रवालको २ सय ३३ मतले अग्रता Posted: 08 Dec 2018 04:08 AM PST राम नारायण पंडित, सिरहा, २२ मंसिर । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल प्यानल अग्रता कायमै राखेका छन् । ७ सय ७९ मतगणना हुँदा अग्रवालले ५ सय ६ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्धन्दी जिबछ साहले २ सय ७३ मत प्राप्त गरेका छन् । अग्रवाल २ सय ३३ मतले अगाडी रहेको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन् । मतपरिणाम अनुसार अग्रवाल प्यानलबाट प्रथम उपाध्यक्ष महेश साह सुडीले ४ सय द्धितीय उपाध्यक्ष आनन्द कुमार यादबले ३ सय ९३, महासचिब सोहेब अनबरले ४ सय ११, कोषाध्यक्ष बिजय कुमार साहले ४ सय ७२ र सचिब अरुण सिंहले ४ सय २८ मत प्राप्त गरेका छन् । त्यसैगरी, सदस्यहरुमा समृका कुमारि महतोले ३ सय ८४, विनोद कुमार साहले ४ सय २५, कविलदेव साहले ४ सय १८, दीपेन्द्र कुमार राउतले ४ सय ३६, रामश्रृंगार साह तेलीले ४ सय २६, हिरा यादवले ३ सय १, अनिल कुमार लामाले ४ सय १४, दीनेश कुमार यादवले ४ सय २२ र बैजनाथ शर्माले ४ सय २३ मत प्राप्त गरेका छन् । यता, साह प्यानलबाट प्रथम उपाध्यक्षमा अशोक साहले ३ सय ६७, द्धितीय उपाध्यक्षमा रमेश कुमार श्रेष्ठले ३ सय ८१, महासचिबमा राकेश प्रसाद साहले ३ सय ९७, कोषाध्यक्षमा बिजय कुमार साहले २ सय ९९ र सचिबमा सुशिल कुमार महतोले ३ सय १८ मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी, सदस्यहरुमा रेखाकुमारी तमांगले २ सय ७२ मदन कुमार साहले ३ सय २८, सतिश चन्द्र सिंहले ३ सय ४०, रामकुमार साहले ३ सय २०, राकेश कुमार यादवले ३ सय ३४, वीरेन्द्र महतोले ३ सय ७२, प्रमोद कुमार साहले ३ सय ३५, समिम मियाँले ३ सय १२ र उमेश कुमार सिंहले ३ सय १५ मत प्राप्त गरेका छन् । शुक्रबार भएको मतदानमा संघमा आवद्ध रहेका १७ सय ७३ मतदाता मध्ये १६ सय ३ मतदाताले मतदान गरेका छन् । संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका छन् । मतगणना अबेररातीसम्म जारी रहने निर्बाचन अधिकृत सिंहले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment