Onlinesiraha-Nepali |
गोलबजार व्यापार संघको मतदान सम्पन्न : ९ बजे रातिदेखि मतगणना हुने Posted: 07 Dec 2018 07:02 AM PST राम नारायण पंडित, सिरहा, २१ मंसिर । सिरहाको गोलबजार व्यापार संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा ९१ प्रतिशत मत खसेका छन् । संघमा १७ सय ७३ मतदाता रहेको मध्ये १६ सय ३ मतदाताले मतदान गरेको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन् । आज विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ९०.९२ प्रतिशत मत खसेको उनले बताए । मतगणना आजै राति ९ बजेदेखि हुने निर्बाचन अधिकृत सिंहले बताएका छन् । संघको संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका छन् । भरत अग्रवाल अध्यक्ष रहेको प्यानलबाट महेश साह प्रथम उपाध्यक्ष, महेश यादव व्दितिय उपाध्याक्ष, विजय कुमार साह कोषाध्यक्ष, सोहेव अनवर महासचिव र सचिवमा अरुण कुमार सिंह चुनावी मैदानमा रहेका छन् । त्यसैगरी, महिला सदस्यमा समृका कुमारि महतो र सदस्यहरुमा विनोद कुमार साह, कविलदेव साह, दीपेन्द्र कुमार राउत, रामश्रृंगार साह तेली, हिरा यादव, अनिल कुमार लामा, दीनेश कुमार यादव, बैजनाथ शर्मा रहेका छन् । यता, जीवछ साह अध्यक्ष रहेको प्यानलबाट प्रथम उपाध्यक्षमा अशोक कुमार साह, व्दितिय उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा विजय कुमार साह, महासचिवमा राकेश प्रसाद साह, सचिव सुनिल कुमार महतो, महिला सदस्यमा रेखा कुमारी तामाङ्ग चुनावी मैदानमा रहेका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः मदन कुमार साह, सतिश चन्द्र सिंह, रामकुमार साह, राकेश कुमार यादव, वीरेन्द्र सिंह, प्रमोद कुमार साह, समिम मियाँ, उमेश कुमार सिंह रहेका छन् । स्वतन्त्रको रुपमा रामकुमार सिंह सचिव पदको लागि मैदानमा छन् भने विनोद कुमार दहाल र हरिकिशोर साहले सदस्य पदका लागि चुनावी मैदानमा रहेका छन् । |
मिर्चैया : मदिरा व्यवसायी संघको पहिलो बैठक सम्पन्न Posted: 06 Dec 2018 10:59 PM PST राम नारायण पंडित, सिरहा, २१ म्ंसिर । मदिरा व्यवसायी संघ मिर्चैया, सिरहाको पहिलो बैठक सम्पन्न भएको छ । यहि मंसिर १४ गते जिल्ला प्रशासन कार्यालय सिरहामा दर्ता भएको मदिरा व्यवसायी संघको अध्यक्षमा रमेश कुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिजय कुमार साह, द्धितीय उपाध्यक्षमा कैलाश कुमार साह, महासचिबमा प्रदिप चौधरी, सचिबमा सरोज कुमार साह, कोषाध्यक्षमा बिपिन साह रहेका छन् । त्यसैगरी सदस्यहरुमा रेखा कुमारी तमा¨, अमरदिप कुमार साह, प्रदिप कुमार मंडल, निलेश कुमार श्रेष्ठ र सुमित्रा लामा रहेका छन् । सदस्यमा दुई जनाको नाम अर्को बैठकले तय गर्ने निर्णय भएको संघले जनाएको छ । संघका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षतामा विहिबार बसेको बैठकले सल्लाहकारमा दुई जनालाई मनोनित गरेका छन् । मनोनित हुनेहरुमा नागेन्द्र प्रसार साह र सुनिल कुमार साह रहेका छन् । संघका अन्य सल्लाहकारहरुमा नारायण कुमार श्रेष्ठ, सहदेब साह र दिनेश कुमार गुप्ता रहेका छन् । बैठकमा संघलाई महासंघमा आवद्धता गराउने र समाज कल्याण परिषदमा दर्ता गराउने सम्बन्धमा गहन छलफल गरिएको थियो । मदिरा व्यवसायीलाई सहयोग गर्ने उदे्श्यले संस्था दर्ता गराएको संघले जनाएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment