/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैया : पतंजली योग समितिको भवन शिलान्यास

Posted: 04 Dec 2018 08:05 PM PST

राम नारायण पंडित, सिरहा, १९ मंसिर । सिरहाको मिर्चैयामा पतंजली योग समितिको भवन एक कार्यक्रमकोबिच शिलान्यास गरिएको छ । योगलाई निरन्तारता दिनका लागि मिर्चैया नगरपालिका बडा नं. ८ स्थित भबनको सिरहा निर्वाचन क्षेत्र नं. ४ 'क' का प्रदेशसभा सदस्य दिलिप साहले मंगलबार शिलान्यस गरेका छन् । भवन शिलान्यास गर्दै  सांसद साहले संसदीय बिकास कोषको १४ लाख रकम भवन निर्माण लागि सहयोग गर्ने प्रतिबिद्धता ब्यक्त गरेका छन् । उक्त क्रममा भवन निर्माणका लागि बिभिन्न ब्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । 
 
भवनका लागि रामभरोस साह मेमोरियल ट्रष्ट मिर्चैयाका अध्यक्ष तथा समाजसेवी रामप्रताप साह (भोला) ले दुई कठ्ठा जग्गा दान गरेका छन् ।  जग्गाको अनुमानित मूल्य करिब ३० लाख रुपैयाँ रहेको बताइएको छ । भवनको निर्माण २०७५ भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । 
 
मिर्चैया नगरपालिका बडा नं. ८ का वडाध्यक्ष जगत नारायण यादवको अध्यक्षता तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ को 'क' प्रदेशसभाका सांसद दिलिप साहको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा पतञ्जली योग समिति प्रदेश नं. २ का प्रमुख हरिहर चौधरी, पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, उपाध्यक्ष भरत महासेठ, सचिव रामप्रताप यादव, सल्लाहकार प्रदीप तिवारी, सिकिया यादब, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र बहादुर भण्डारी लगायत व्यापारी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पतंजली योग समिति मिर्चैयाको आयोजना भएको कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment