/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


पुरातत्व विभागको सहयोगमा हलेसीमा गुम्बा, कमल सामाजिक कार्यमा सक्रिय

Posted: 21 Dec 2018 10:02 AM PST

अभिलाषा दहाल काठमाण्डौं, ६ पौष । हलेसीमा रहेको मारातिका क्षिमेद गाग्तन छोलिब गुम्बा पूनः निर्माणमा खोटागं क्षेत्र नम्बर १ का नेवि सँघ क्षेत्रीय सभापति कमल गिरीको कुनै आर्थिक लेनदेन नरहेपनि उनले सामाजिक तवरले सहयोग गरेको छ । हलेसी तुवाचुगं नगरपालिका ७ हलेसी बस्ने कमल गिरी भन्छन् —'गुम्बा पूनः निर्माणमा मेरो सरोकारको विषय होइन् । ''म बौद्ध धर्मका नभएकोले निर्माण कार्यमा समेत मेरो समावेश छैन ।' 'तर, समाजिक रुपमा धर्मको कार्यप्रति सहयोग गरेको छु ।' 'आउँदो दिनमा पनि सहयोग रहिरहन्छ । गुम्बाका प्रमुख डोमा शेर्पाले यो गुम्बा दूई बर्ष अगाडि पूनः निर्माण भएको हो । यसको लागि हामीले पुरातत्व विभागको सहयोगमा गुम्बा पूनः निर्माण गर्ने काम सकिएको हो । यसमा अपुग रकम भएपछि जनश्रमदान गरेर निर्माण गरिएको हो । समाजसेवी कमल गिरी धार्मिक तथा सामाजिक कार्यमा सक्रिय हुँदै आएपछि केही व्यक्तिले उनको छवि धम्ल्याउँन र उनको कारोबारमा नै आक्रमक भएको स्थानीयहरु बताउँछन् ।

लहानमा नकली सुन तस्कर पक्राउ

Posted: 20 Dec 2018 08:18 PM PST


फिरोज शेख लहान २०७५ पौष ६ । नक्‍कली सुनलाई सुन भन्दै ठग्न नेपाल प्रवेश गरेका तीन जना भारतीय लाई सिरहा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय सिरहा बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमावर्ती नवराजपुर गाउँपालिका ४ बाट पक्राउ गरेको हो। २ किलो २ सय ३४ ग्राम तौलको इंटा आकारमा अन्य धातुबाट बनाइएको सुनजस्तै देखिने वस्तु सहित भारत मधुबनीका रामसेवक पासमान, नथुनी राम र दिपु सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी माधव राज खरेलले जानकारी दिएका छन। प्रहरीले उनीहरुले प्रयोग गरेको स २प ८१८० नम्बरको नेपाली र बीआर ३२  एन ५३८९ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा उक्त बस्तु सहित मोटरसाइकल र तिनै जनालाई  नियन्त्रणमा लिएको छ। डिएसपी खरेलका अनुसार पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीसँग अभद्र व्यवहार पनि गरेका छन्। उनीहरुमाथि सार्वजानिक अपराधको मुद्दा चलाएर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताएका छन। 

पालेको भरमा नेपाल टेलिकम संचालन : सरसरफाई नहुँदा कार्यालय बन्यो कुरुप (फोटोपिचर)

Posted: 20 Dec 2018 08:05 PM PST

राम नारायण पंडित, सिरहा, ०६ पौष । सिरहाको मिर्चैयामा रहेको नेपाल टेलिकमको शाखा कार्यालय पालेको भरमा संचालन भईरहेको छ । मिर्चैया नगरपालिका बडा नं. ७ स्थित रहेको कार्यालयमा दरबन्दि अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भोग्नु परेका छन् । आवश्यक कर्मचारी नहुँदा कार्यालयका पालेले नै टेलिफोनको बिल बुझने गरेका छन् । 
48394797_512522352566754_3805665822567825408_n
 
कार्यालयमा दरबन्दि अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भोग्नु परेका छन् । कार्यालयमा ६ जना कर्मचारीको दरबन्दि भएपनि अहिले ३ जना मात्र कर्मचारी रहेकोले काम गर्न समस्या भईरहेको कार्यालयका पाले ब्रह्म नारायण चौधरीले बताए । उनले भने "यहाँ कर्मचारीको अभाव छ, त्यसैले हाकिमको काम पनि मलाई नै गर्नु पर्छ, म नै बिलु बुझ्छु, मेसिन बिगे्रपनि अलिअलि ठिकठाक पार्छु ।" 
48424378_2076278205960928_8143474644251312128_n
कार्यालयका प्राबिधिक राजु साहले भने "यहाँ काम गर्न धेरै समस्या भईरहेको छ, कर्मचारी छैन्, हामी दुई जना प्राबिधिकलाई मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकामा फिल्डमा जानु पर्छ, स्रोत साधन पनि छैन्, आबश्यक भएको स्रोत साधन उपलब्ध गाराउन कार्यालय प्रमुखलाई भनेपनि सुनुवाई गर्दैन, ग्राहकको कुरा हामीलाई सुन्नु परेको छ ।"
48386565_341129879950442_2547749405709041664_n
ग्राहकको माँग अनुसार सेवा दिन नसकिरहेको अर्का प्राबिधिक बिरेन्द्र साहले सुनाए । उनले भने "करीब २० बर्ष पहिलादेखि पुरानै सिस्टममा कार्यालय संचालन भईरहेको छ, ग्राहकको माँग पुरा गर्न असमर्थ छ, जसोतसो एरियल कपरले धानेको अबस्था छ, अप्टिकल फाइबरको अबश्यक्ता छ, क्षमता बिस्तार गर्नुपर्छ, तर माथिल्लो निकायले ध्यान दिदैन ।"
48380864_338373210320148_8501386552633458688_n
कार्यालयमा कामका लागि पुगेका मिर्चैया ६ का जितेन्द्र यादबले भने "दुरसन्चार कार्यालयमा टेलिफोन खराब भएको जानकारी गराउँदा पनि समयमा ठिक गर्न जाँदैन, महिनौ दिन कुर्नु पर्छ अनि मात्र काम हुन्छ, के भन्नु यहाँ हाकिम को हो थाहै लाग्दैन, ईन्टरनेटमा समय समाप्त हुन ड्ट बाँकी छ तर पनि लाईन काट्यो, यहाँ हाकिमको लापरबाहीले यस्तो भईरहेको छ ।"
48403847_211313663090631_5190910599365656576_n
त्यसैगरी मिर्चैया ५ बस्ने रामबाबु महतोले भने "टेलिफोनको लाईन १० दिनदेखि खराब छ, कार्यालयमा जाँदा कसैले कुरा सुन्दैन, अटेर गर्छ, बांगोटिंगो कुरा गर्छ, यस्तो अटेर कर्मचारीलाई सरकारले कारबाहीको दायरमा ल्याउनु पर्छ ।"
 
यता, कार्यालयका प्रमुख गजेन्द्र प्रसाद साहले कार्यालयको बिषयमा पुर्ण रुपमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले संचारकर्मीको जिज्ञासामा बोल्न नचाहेर पन्छिन खोज्दै भने, "मलाई आएको ४ महिना मात्र भएको छ, अहिले कतिपय कुरा बुझेको पनि छैन, तपाईहरुलाई त थाहै छ, हेर्नु भो के कसो छ, यहि हो यस्तै छ, के भन्नु, बरु अर्को दिन आउनुस म तयार गरेर राख्छु, तपाईहरुलाई भन्न कागज खोजेर राख्छु । "
48415712_204161587187993_3656203786755506176_n
२०५६ सालमा स्थापना भएको नेपाल टेलिकम मिर्चैया शाखाले गा्रहकलाई आबश्यक सेवा सुबिधा दिन नसक्दा कपिपय टेलिफोनको लाइन बन्द भईसकेका छन् भने कतिपय बन्द हुने अबस्थामा छ । ग्राहकले माँग गरेको नयाँ लाइन पनि स्रोत साधनको अभावमा जडान गर्न नसकिरहेको कार्यालयका एक कर्मचारीले बताए । टेलिकममा करीब १ हजार टेलिफोनको लाईन जडान भएपनि कार्यालयका लापरबाहीका कारणले करीब ७ सय लाईन मात्र सुचारु छन् भने ३ सय लाईन बन्द भईसकेको अबस्था छ । 
48987915_276261756368345_192125552281255936_n
नेपाल सरकारको प्रत्यक्ष चासो रहेको यस कार्यालयमा जथाभाबी रुपमा लहरा लत्रेको र पुराना समानहरु जथाभावी कार्यालयको प्रांगनमा फालिएकोले कार्यालय कुरुप बनेका छन् । कुनै पनि कार्यालयमा सबैले देखिने गरी नेम प्लेटको बोर्ड लगाउनु पर्ने प्राबधान रहेपनि कार्यालयमा बोर्ड पनि नरहेको अबस्था छ । सरसफाईको लागि आएको बजेट कार्यालय प्रमुखले गोलमाल गरी कार्यालयलाई कुरुप बनाएको एक कर्मचारीले बताए । जम्मा ३ कोठे भवनमा संचालन भईरहेको कार्यालयमा कोठाको अभावले कर्मचारीलाई बसेर काम गर्न समेत समस्या भईरहेको छ ।  
 

48426420_1650443288434663_514375269167923200_n

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment