/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैया प्रहरीले गरेको सरपराईज चेकिंगमा दर्जनौ सवारीसाधन कारवाहीमा

Posted: 22 Dec 2018 05:53 AM PST

राम नारायण पंडित, सिरहा, ०७ पौष । ईलाका प्रहरी कार्यालय मिर्चैयाले गरेको सरपराईज चेकि¨मा दर्जनौ सवारीसाधन कारवाहीमा परेका छन् । खासगरी मोटरसाइकल चालकमा छडापन बढेपछि  चेकि¨मा कडाई गरेर आज (शनिबार) दर्जनौ सबारी साधन नियन्त्रणमा लिएको मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले बताए । उनले भने "यहाँ खास गरेर मोटरसाईल चालकमा छाडापन देखिएको छ, मोटरसाइकल चलाउँदा कागजात नबोक्ने, समात्दा लोकल हुँ भन्दै धाक लगाउँने जस्ता क्रियाकलाप बढेकाले चेकजाँचमा कडाई गरेको छु ।" 
48411655_751304828589342_933839577934725120_n
चेकजाँचको क्रममा मोटरसाईकल, ट्रयाक्टर, म्याजिक, जिप लगायत ६ दर्जन भन्दा बढी सबारी साधन नियन्त्रणमा लिएको डिएसपी खनालले बताए । जसमा मोटरसाइकल झण्डै ५ दर्जनको हाराहारीमा रहेको छ । पक्राउ परेका सबारी साधनलाई प्रकृति हेरी कारबाही गरिरहेको उनले दाबी गरे ।
48420887_943252085875047_6527461686956261376_n
दिनहुँ फरक–फरक स्थानमा छड्के चेकजाँच गरी त्यस्ता सबारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिरहेको उनले बताए । डिएसपी खनालले ट्राफिक प्रहरी सहित आफै सडकमा चेकजाँचमा खटिएपछि कारबाहीमा पर्ने डरले चालकहरु आफै सर्तक हुन थालेका छन् । मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, दुईजना भन्दा बढी सबार भई यात्रा गर्ने, मादक पदार्थ सेबन गरी सबारीसाधन चलाउँने, कागजात नबोक्ने प्रबृति बढ्दै गएकोले आम जनताको सुरक्षा र अपराध नियन्त्रणका विशेष अभियान नै  संचालन गरिएको डिएसपी खनालले दाबी गरे ।  
सबारीसाधन चेकजाँचमा कडाई गरेपछि राजस्वमा समेत बृद्धि भएको छ । 
 
49079287_604077643720504_4081202633329606656_n
48397580_776303129389817_5198322987069079552_n

48396943_1453307911472531_6147554301863526400_n

सिक्रौनमा आगलागी हुँदा दश लाखको क्षति

Posted: 22 Dec 2018 03:18 AM PST

राम नारायण पंडित, सिरहा, ०७ पौष । सिरहाको मिर्चैया नगरपालिका बडा नं. १२ सिक्रौनमा आगलागि हुँदा दश लाख मोलबराबरको क्षति भएको छ । स्थानिय कुलेश्बर यादबले लामखुट्टे भगाउन बालेको आगो सल्किएर गएराति आगलागी हुँदा दश लाख मोलबराबरको क्षति भएको छ । आगलागीमा यादबको २ बटा फुसको घर जलेर पुर्ण रुपमा खरानी भएको छ भने एउटा घरमा आंशिक क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए । 
 
48398484_401229833752668_3571895859362660352_n
आगलागिमा परी घरमा रहेको अन्नपात, लताकपडा जलेर नष्ट भएको पिडित यादबले बताए । आगलागीमा दुई बटा भैसी र एउटा गोरु जलेर मरेका छन् ।शुक्रबार राति करीब १० बजेमा आगो लागेपछि बारुण यन्त्रलाई खबर गर्दा पनि नआएको स्थानियहरुले आरोप लगाएका छन् । 
49089609_1078894172272770_8008725310969217024_n
यता, नगरपालिकाका मेयर श्रबण कुमार यादबले खबर पाउँने बितिकै बारुण यन्त्र पठाएपनि आधा बाटोमा जाँदै गर्दा आगो नियन्त्रणमा आएको जानकारी पाएपछि फिर्ता भएको बताए । मेयर यादबले पिडित परिवारलाई तत्काल खाना, लताकपडा र त्रिपालको ब्यबस्था गर्ने बताएका छन् । आगलागीले पिडित परिबार घरबार बिहिनको अबस्थमा पुगेको र पशु चौपाया समेत मरेकोले यस बिषयमा बैठक बसेर निर्णय गर्ने समेत उनले बताए । 

48370788_296312647665328_6579799655914143744_n48416902_346127726186550_4455580681820438528_n

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment