/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सप्तरीको बलानविहुलमा राजपाको सदस्यता वितरण हुँदै : नेता गगन

Posted: 17 Dec 2018 04:32 AM PST

सप्तरी, ०२ पौष । सप्तरीको सिमावर्ती बलान बिहुल गाउँपालिकामा राष्ट्रिय जनता पार्टी राजपा) नेपालले सदस्यता बितरण कार्यलाई तिब्रता दिएका छन् । राजपा नेपालका गाउँपालिका अध्यक्ष अमित कुमार गोईत (गगन) ले सदस्यता बितरण कार्यलाई तिब्रता दिएको जानकारी दिएका छन् । उनले भने "गाउँपालिकामा ४ हजार सदस्यता बितरण गर्ने योजना छ, सोही अनुरुप टोल–टोलमा गएर सदस्यता बितरण र पुराना सदस्यता नविकररण गर्ने काम भईरहेको छ ।" 
 
मधेसी, दलित, महिला, थारु, मुस्लिम, आदिबासी, जनजाती र अपाङ्ग लगायतका समुदायको मागलाई राजपा नेपालले मात्र सम्बोधन गराउन सक्ने भन्दै उनले नव प्रवेशीहरुलाई सदस्यता दिईरहेका छन् । मधेस आन्दोलनमा अहम भूमिका खेलेका अध्यक्ष गाईतले नव प्रवेशीहरुलाई अबिरमाला लगाई पार्टी प्रवेश समेत गराइरहेका छन् । आगामी बैशाखमा हुने महाअधिवेशनको लागि पार्टीको केन्द्रिय निति अनुरुप सदस्यता बितरण गर्ने काम भईहरहेको उनले बताए । 
 
फरक प्रसङ्गमा अध्यक्ष गोईतले संघिय सरकारको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले संबिधान संशोधन नभएसम्म आफ्नो पार्टी सरकारमा जाने कुनै सम्भवना नरहेको बताए । मधेसको माग सम्बोधन गर्न राष्ट्रिय आन्दोलनको खाँचो रहेको भन्दै उनले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । राज्य सत्ता परिवर्तनको जिम्मा युवाहरुको कांधमा आएको बताउँदै उनले जनताको हातमा राज्य सत्ता नआएकोले क्रान्तिको जरुरी रहेको दाबी गरे । नेता गगनले राष्ट्रको मुल प्रवाह बनेर समाजवाद स्थापना गर्नमा युवाहरुलाई अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे । 
 

बर्तमान अबस्थामा मधेश र मधेशीको पार्टी राजपा मात्र रहेकोले जनताको माइन्डेड विना सरकारमा जान नसकिने उल्लेख गर्दै नेता गगनले जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् । उनले सिंहदरबारको अधिकार गाउँमा आएको भनिएपनि केन्द्र सरकारको कारणले अझै जनताले संघियताको स्वाद लिन नसकेकाले राजपाले मधेशको अधिकार लिएरै छाड्ने विश्वास व्यक्त गरे । बिकासको हिसाबले जिल्लामै पछाडी रहेका बलान बिहुल गाउँपालिकामा भईरहेको बिकास निर्माणका कामहरुमा राजपाले खबरदारी गर्ने समेत नेता गगनले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment