/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिशन मधेशको एक सम्वादले नायिकाको नाममा थपियो मिशन कसिस

Posted: 25 Nov 2018 10:58 AM PST

लहान, १० मंसिर । मधेशमा यत्तिबेला एक चलचित्रको सुटिंग भइरहेको छ । जुन मधेश आन्दोलनलाई समेटिएर तयारी भइरहेको मिशन मधेश फिल्म हो । जसको नायिका हुन् कसिस । लहान ५ बलुवा टोल स्थित सुटिंग भइरहँदा नायिका कसिसप्रति स्थानीय महिला तथा बालबालिकाले उनीसँग फोटो खिचाउँन भिड नै लाग्छन् । भिडको क्रममा उनको नाममा थपिदियो, मिशन कसिस । स्थानीयको भिडले नायक दिनेश्वर गुप्ताले 'ऐ भूमिमे बहुत पीडा छै ,अहाके हमरा सने जीवन वितौनाई मुस्किल छै ' कसिस (जुली) ले 'हमर जीवन किआ सुखद रहअत, अहाँ जनता के लेल मिशन जारी राखु ।' यही सम्वादले सुटिंग हेरिरहेका दर्शकहरुले उनको नाममा मिशन कसिस राखिदियो । यत्तिबेला मिशन कसिस सुटिंग सेटमा जाँदा स्थानीय बालबालिका चकलेट दिएर माया गर्छीन् । मिशन कसिसले भनिन् 'मिशन मधेश' फिल्म सफलता पायो भने तपाईको टोलमा आउँछु । बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र महिला अधिकारको सवालमा कार्यक्रम ल्याउँछु उनी प्रतिबद्धता गरिन् । मिशन मधेश फिल्म यत्तिबेला चर्चाको शिखरमा पुगेका छन् । द्रुत गतिमा सुटिंग भइरहेको फिल्मका प्रबन्ध निर्देशक महमुद आलमले बताए ।

अदालतको अवज्ञा गर्दै व्यवसायीको संरचना भत्काइयो

Posted: 25 Nov 2018 06:47 AM PST

लहान, मङ्सिर ९ । धनगढीमाई नगरपालिकाले उच्च अदालत जनकपुर राजबिराज इजलासको अवज्ञा गर्दै एक व्यवसायीको भौतिक संरचना भत्काएका छन्। उच्च अदालत जनकपुर राजबिराज इजलासले भौतिक संरचना नभत्काउन दिएको आदेशको अवज्ञा गर्दै धनगढीमाई नगरपालिकाले शनिवार उधोग वाणिज्य संघ सिरहाका पुर्व अध्यक्ष तथा व्यवसायी अशोक कुमार अग्रवालको घरगोदामको मुल गेट , मन्दिर र पर्खाल भत्काएको छ ।धनगढीमाई नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको घरगोदाम, भौतिक संरचना र जग्गामा जबर्जस्ती अतिक्रमण गर्न खोजेको आरोप लगाउँदै व्यवसायी अशोक कुमार अग्रवालले उच्च अदालत राजबिराजमा उत्प्रेषण मिश्रित परमादेश माग गर्नुभएको थियो ।
अग्रवालले माग गरेको निवेदनउपर उच्च अदालतले धनगढीमाई नगरपालिकाको नाममा २०७५ असार १० गते सुनुवाई गर्दै प्रचलित नेपालको कानूनी प्रक्रिया नअपनाई गैरकानूनी ढङ्गबाट कसैको निजि सम्पतिमा आघात पार्ने, क्षति पु¥याउने लगायत कुनै कानून विपरित कार्य गर्न अधिकार नभएकोले निवेदक अशोक कुमार अग्रवालको स्वामित्वमा रहेको भौतिक संरचना लगायत जग्गामा समेत आघात पर्ने वा तोडफोड गर्ने कुनै कार्य नगर्नु नगराउनु भनी परमादेश जारी गरेको थियो।
धनगढीमाई नगरपालिकाले अदालतको आदेश विपरित कुनै कानूनी प्रक्रिया नअपनाई एक्कासी शनिवार विहान ८ः४० बजेतिर आफ्नो स्वामित्वमा पर्ने गोदामघरको मुलगेट, पर्खाल र पर्खालसँग जोडिएको मन्दिर भत्काएर अदालतको अवहेलना गरेको अग्रवालले आरोप लगाएका छन। मेरो स्वामित्वको सम्पतिमा रहेको मुलगेट, पर्खाल र मन्दिर समेत भत्काउन थालेको खबर पाई रोक्न त्यहाँ पुगेका मेरा छोराहरु आदित्य र सिद्धिराजलाई समेत नगर प्रमुख हरिनारायण चौधरीको निर्देशनमा वडा अध्यक्ष विन्देश्वर यादव र उहाँका मान्छेहरुले कुटपिट गरे, उहाँले भन्नुभयो ।
अदालतमा यसबारेमा मुद्दा चल्दैछ कमसेकम अदालतको फैसला त पर्खनुस भन्दै थिए उनीहरुले ममाथि आक्रमण गर्न थालिहाले, निवेदकका छोरा आदित्यले भन्नुभयो, अदालतको कुरा मान्दैनौ हामीलाई विकास गर्नुछ भन्दै उनीहरुले मलाई कुटपिट गरेर मुलगेट, पर्खाल र मन्दिर भत्काउन सुरु गरेको पत्रकार सम्मेलनमा बताएका छन।अग्रवालले अदालतको आदेशको अवज्ञा गर्दै नगर प्रमुख चौधरीको निर्देशनमा वडा अध्यक्ष विन्देश्वर यादव र धनगढीमाई नगरपालिकाले सम्पत्ति अतिक्रमण गरेकोले आफू न्यायका लागि अदालतको ढोका ढक्ढक्याउने बताउनुभयो ।
यता धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले अदालती प्रक्रिया निकै लम्बिने र फैसला हुन समय लाग्ने भएकोले विकास निर्माणमा गतिरोध आउने कारण मुलगेट, पर्खाल र मन्दिर भत्काएको स्वीकार्नुभयो । 'हामीले अदालतको आदेशको अवज्ञा गरेका छैनौ, मुलगेटभित्र १५ फिटसम्म ऐलानी जग्गा पर्छ', उहाँले भन्नुभयो–त्यो ऐलानी जग्गा अग्रवालको स्वामित्वभित्र नपर्ने भएकोले हामीले भत्काएका हौं उहाको तर्क छ।

Image may contain: sky and outdoor

“सांसद यादव भन्छन्–चुनावमा गरेको प्रतिवद्धता पुरा गर्छु”

Posted: 25 Nov 2018 05:01 AM PST

राम नारायण पंडित, सिरहा, ०९ मंसिर । चुनावको समयमा जनतासंग गरेको प्रतिवद्धता अक्षरस पुरा गर्ने सिरहा क्षेत्र नं. ४ का संघिय सांसद राजकिशोर यादबले बताएका छन् । मिर्चैया नगरपालिका बडा नं. ९ ढोढनाको चौधरी टोल स्थित आज (आइतबार) सामुदायिक भबनको शिलान्यास गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद यादबले जनताले महसुस हुने गरी बिकास निर्माणका काममा लागि परेको दाबी गरेका छन् । 
उनले भने "यो क्षेत्र बिकासको नाममा सधै ठगिएको छ, यहाँ चुनाबको बेला ठुल–ठुला नेताहरु आएर आश्वासन बाँडेपनि कसैले केहि गरेन, तर तपाईहरुलाई बिश्बास दिलाउन चाहन्छु, कि म त्यस्तो गर्दिन, बिकास गरेर देखाउँछु ।" "यो कास्टिंग मात्र हो, फिल्म अहिले बाँकी छ" भन्ने प्रसंग जोडदै सांसद यादबले भने "बिकासको काम मात्र सुरुवात भएको छ, २०४८ साल पछिको विकास आफ्नो कार्यकालमा गर्छु, तपाईहरु ढुक्क हुनुस, जनताको माँग अनुसार काम गर्छु ।"  

स्थानिय भरत चौधरीले उपलब्ध गराएको एक कट्ठा जमिनमा भवन निर्माणका लागि सांसद यादबले संसदीय विकास कोषबाट १५ लाख रकम छुट्याएको छ भने वडाले ५ लाख रकम छुट्याएका छन् । कुल २० लाखको लागतमा निर्माण हुने ३ कोठे भवन उपभोक्ता समिति मार्फत ६ महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको समेत सांसद यादबले बताए ।
 
जग्गादाता भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मिर्चैया ९ का वडाध्यक्ष मोहन प्रसाद पोखरेल, ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, नरहा गाउँपालिका बडा नं. ३ का बडा अध्यक्ष अनिसुल अन्सारी लगायतका उपस्थित रहेको थियो ।


about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment