/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैयामा महाविर झण्डा मेला सुरु : आज कलश–शोभा यात्रा

Posted: 27 Nov 2018 09:03 AM PST

राम नारायण पंडित, सिरहा, ११ मंसिर । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेला सुरु भएको छ । मिर्चैया नगरपालिका बडा नं. ५ स्थित संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले आजदेखि सुुरु भएको श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सव मंसिर १७ गतेसम्म चल्ने छ । महोत्सबको पहिलो दिन आज महाबिरको झण्डा ठडयाईएको छ भने मिर्चैयामा बिशाल कलश शोभा–यात्रा गरिएको छ । 
 
गाँजाबाजा सहित मेला स्थलबाट निस्किएका कलश यात्रा नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय बतहा खोलामा जल भरेर पुनः मेला स्थलमा पुगि स्थापित गरिएको छ । मेलामा महाविरको झण्डा ६० फिट अग्लो निर्माण गरिएको समितिका अध्यक्ष राजेन्द्र साहले बताए । 
 
 
 
 
मेला महोत्सवमा मनोरजंनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस, मौतको कुवाँ लगायतका खेलतमाशाको आयोजना गरिएको  समितिका कोषाध्यक्ष रुकेश साहले बताए । 
 
महोत्सवको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया रहेको छ ।



 

महिला हिंसा विरुद्ध अभियान सफल बनाउन मिर्चैयामा प्रभातफेरी

Posted: 27 Nov 2018 08:58 AM PST


राम नारायण पंडित, सिरहा, ११ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान देशभर जारी रहेको छ । सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आइबारदेखि सुरु भएको हो । अभियानलाई सफल बनाउन सोमबार मिर्चैयामा प्रभातफेरी सम्पन्न गरिएको छ ।
"लैगिंक हिंसा र दूव्र्यवहार, छैन हामीलाई स्वीकार" भन्ने नाराका साथ ईलाका प्रहरी कार्यालय मिर्चैयाको परिसरबाट निकालिएको प्रभातफेरी स्थानिय कटारी चौक हुदै नगरको बिभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको परिसरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै मिर्चैय नगरपालिकाका मेयर श्रबण कुमार यादबले महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि शिक्षा र चेतना फैलाउनु आवश्यकता रहेको बताएका छन् । महिलालाई अगाडी बढ्न अवरोध खडा गर्ने परिपाटी परिवर्तन गरी भेदभावमुक्त समाज निर्माण गर्नेतर्फ सबैलाई क्रियाशील हुनुपर्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नाबय उपरिक्षक सुकदेव खनालले बताए । अभियान मंसिर २४ गतेसम्म संचालन हुनेछ ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, बिभिन्न बडाका बडाअयक्ष, अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साह, कोषाध्यक्ष रेणु शर्मा, दलित महिला संघका जिल्ला अध्यक्ष शान्ति पासमान, क्रियाशिल महिला पत्रकार संजाल प्रदेश नं २ का संयोजक निर्माला दहाल लगायतका उपस्थित रहेको थियो ।
अन्तरपाटी महिला संजाल, मिर्चैया नगरपालिका र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त आयोजना तथा दलित महिला संघ, समुदाय–प्रहरी साझदारी सेल मिर्चैया र क्रियाशिल महिला पत्रकार संजाल सिरहाको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।


लहान २१ मा कालोपत्रे सडकको शिलान्यास, स्थानीय हर्षित

Posted: 26 Nov 2018 07:48 PM PST

नवसंग्राम दैनिक लहान, ११ मंसिर । लहान नगरपालिका वडा नम्बर २१ मा कालोपत्रे सडक निर्माणको लागि शिलान्यास भएपछि स्थानीयवासी हर्षित भएका छन् । लहानदेखि झाझपट्टीसम्म सडक विस्तार भएको सो अन्तरगत लहान २१ को कलाबन्जर स्कूलदेखि माधोपुर र वडा कार्यालयसम्म ५ सय २७ मिटर सडक कालोपत्रे गर्ने तयारीमा जुटेको वडाध्यक्ष हेमन्त यादवले बताए । कालोपत्रेको शिलान्यास लहान नगर प्रमुख मुनि साहले मंसिर १० गते एक कार्यक्रमबीच काम प्रारम्भ गरेको छ । एमके कन्ट्रक्शन लहान ७ ले उक्त सडक कालोपत्रे गर्न टेन्डर लिएको छ भने १ करोड ५२ लाख ७२ हजार ७ सय ७ रुपैयाँमा निर्माण लागत रहेको छ । सो टेन्डर अन्तरगत ढल निकासी (नाला निर्माण) १२ सय २० मिटर रहेको छ । ३ वटा कलभर्ट निर्माण गर्नुपर्ने र आरसिसीड्रेनको काम समेत रहेको छ । एमके कन्ट्रक्शनका दिपक सतराका अनुसार चैत्र मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने हो तर, असारमै टेन्डर स्वीकृत भएपनि साइड क्लियर नभएको र शिलान्यासको काम ढिलो भएकोले समयमै सम्पन्न गर्न कठिन छ । लहान २१ मा कालोपत्रे सडक निर्माण हुन थालेपछि हर्षित हुँदै सन्तोष साहले भने बजारको काँखमै रहेको यो वडा दुर्गम अवस्थामा रहेको थियो । अब शहरसँग जोडिदा यहाँको कृषि व्यावसाय, रोजगारी , शिक्षा, स्वास्थ्य र सरसफाईमा सहज पहुँच हुने उनले बताए । लहान २१ मा पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्य समेत चलिरहेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment