/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


दलित बस्तीको हनुमान मन्दिर वडाध्यक्ष चौधरीको निर्देशनमा भत्काईयो

Posted: 03 Nov 2018 04:36 AM PDT


नवसंग्राम दैनिक लहान, १७ कात्तिक । लहान नगरपालिका वडा २० बह्मान गोर्छारी स्थित रहेको दलित वस्तीमा निर्मित हनुमान मन्दिर भत्काइएको छ । मन्दिरभित्र रहेको हनुमानको प्रतिमासमेत लहान नगरपालिकाको जिसिबीले भत्काइएको छ । हिन्दुहरुको आस्था रहेको हनुमान मन्दिर दलित बस्तीमा रवी दासले १५ बर्ष अघि नै शिलान्यास गरेका थिए । यसलाई निरन्तरन्ता दिँदै उनका शिष्य खुशीलाल दासले ६ महिना अगाडि तयारी गरी पुजापाठ् गरिरहेका थिए । कात्तिक ११ गते वडाध्यक्ष गणेश चौधरीको निर्देशनमा साँझ ५ बजेतीर मन्दिरसहित हनुमानको प्रतिमा भत्काइदिएका छन् ।
स्थानीयका अनुसार वडाध्यक्ष चौधरी बौद्ध धर्म मान्दै आएकोले हिन्दुहरुको आस्था रहेको हनुमानसहितको मन्दिर भत्काएको हुनसक्छन् । तर, यसको पुष्ठि भएको छैन । मन्दिर भत्काउँन वडा नम्बर २१ का अध्यक्ष हेमन्त यादव समेत जोरजर्बजस्त गरेका थिए । मन्दिर निर्माता खुशीलाल दासले भने 'निर्माण गर्नको लागि वडाध्यक्ष गणेशजीसँग चन्दा माग गरेका थिए । उनले एक लाख त दिन मिल्दैन थौरबहुत सहयोग हुन्छ । तपाई मन्दिर बनाउँनुस् । तर, कसको निर्देशनमा वडाध्यक्ष चौधरीले नै आज मन्दिर भत्काईयो ? जहाँ निर्माण विकासको लागि जनप्रतिनिधिहरु सक्रिय हुनुपर्ने । यहाँ त बनेको मन्दिर भत्काएर विकास विरोधीको प्रमाणित गरेको छ वडाध्यक्ष गणेश चौधरी ।
खुशीलाल दासले गाउँ गाउँबाट चन्दा उठाएर करिब ७ लाख बराबरको मन्दिर बनाएको थियो । हिन्दुहरुको अस्थाप्रति ठेस पुर्याउँने काम गरेको भन्दै हिन्दु परिषद्ले चासो देखाएको छ । मन्दिर भत्काउँन लाग्दा स्थानीयहरुले रोकेका थिए । तर, नगर प्रहरी र वडाध्यक्ष चौधरीले बलपूर्वक हनुमानको प्रतिमासहितको मन्दिर भत्काउँदै स्थानीयलाई गालीगलौज गरेका छन् । उता, वडा २० कार्यालयका अनुसार बाटो फराकिलो गर्ने काम रहेकोले मन्दिर भत्काएको हो । मन्दिर सार्वजनिक जग्गामा रहेकोले वडाले आफ्नो अधिनमा व्यवस्थापन गर्न मन्दिर भत्काउँनु परेको दावी गरेका छन् ।

जहाँ मन्दिरसम्म बाटोको कुनै पकड नरहेको र कम्पाउन्ड मात्रै बाटोमा पर्ने स्थिति रहेको छ । मन्दिर भत्काएपछि खुशीलालले न्याय पाउँन जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएका छन् । जिल्ला प्रशासनले लहान नगरपालिकासँग के कति कारण मन्दिर भत्काइएको हो भनी पत्राचार गरेको जानकारीमा आएको छ । मन्दिर निर्माणको लागि नक्शा समेत नबनाएको हो । नगरक्षेत्रमा पक्की निर्माणको लागि नक्शा बनाउँनुपर्ने प्रावधान रहेको छ ।

विशेष सुराकिको को आधारमा छापा हान्दा सर्राफको घरबाट अबैध नगद रकम सहित २ जना पक्राउ

Posted: 03 Nov 2018 04:06 AM PDT


कार्तिक १७ । जिल्ला पर्सा वीरगंज महानगर पालिका वडा नं. १०, आदर्शनगर स्थित पवन कुमार सर्राफको घरमा अबैध रुपमा बित्तिय कारोबार हुण्डी संचालन भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा खटि गएको प्रहरी टोलीले पवन कुमार सर्राफको घरमा छापा हान्दा सर्राफको छोरा बर्ष ३२ को ज्ञानेन्द्र कुमार सर्राफ र जिल्ला पर्सा, धोबिनी गाउपालिका ५ बस्ने रैफुल आलमको छोरा वर्ष ३० को ईमत्याज आलमलाई सोही घरमा फेला पारी कानुन बमोजिम घरकोठाको खानतलासी गर्दा कोठाको दराजको घर्रा खोलि हेर्दा सो घर्राबाट नेपाली रुपैया एक हजारक दरको नोट छ सय छयासी थानमा रु.६,८६,०००/- (छ लाख छयासी हजार नेपाली रु. ५००/- दरको नोट १७३१ थानमा रु. ८,६५,०००/- (आठ लाख पैसठ्ठी हजार) गरी बरामद भएको नगद जम्मा रु. १५,५१,०००/- (पन्ध्र लाख एकाउन्न हजार ), नगद जम्मा गरेको तथा खाली सादा भौचर थान ५, विभिन्न बैंकहरुको सादा चेकबुकहरु तथा नगद जम्मा गरेको भौचरहरु सहित निजहरु ज्ञानेन्द्र कुमार सार्राफ र ईमत्याज आलमलाई पक्राउ गरी आवश्यक कारवाहीको राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाईएको ।

दलित अधिकार नपाएसम्म मुलुक समृद्ध नहुने : मुख्यमन्त्रि राउत

Posted: 02 Nov 2018 07:59 PM PDT

राम नारायण पंडित, सिरहा, १६ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्रि लालबाबु राउतले दलित समुदाय अधिकार नपाएसम्म मुलुक समृद्ध नहुने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका बडा नं. ११ मा शुक्रबार दलित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रि राउतले मुलुक परिवर्तनको प्रत्येक लडाईमा दलितको भमिका अहम रहेपनि अधिकारको बेलामा सधै बेइमानी हुदै आएको बताएका छन् । 
 
राजनितिक दलहरुले चुनावको समयमा ठुला–ठुला आश्वासन दिई दलितहरुलाई भोट बैंकको रुपमा प्रयोग गरिरहेको भन्दै उनले दलित समुदाय अहिले पनि हकअधिकार पाउनबाट बन्चित रहेकोले त्यस्ता तत्बबाट आफै सचेत रहनु पर्ने जिकिर गरेका छन् । प्रदेश नं. २ मा दलितको १८ प्रतिशत जनसंख्या रहेपनि उनीहरुको राज्यका निकायहरुमा सम्मानजनक प्रतिनिधित्व हुन नसकेको बताउदै मुख्यमन्त्रि राउतले यस प्रदेशमा प्रदेश सरकारले बनाउने हरेक कानुनमा दलितको सहभागिता जनसंख्या अनुकुल हुने आश्वासन दिएका छन् । पुराना सोच नयाँ पुस्तामा परिवर्तन हुन नसकेकाले अहिले पनि दलित, मुस्लिम लगायतका समुदायलाई दास र गुलाम भई बस्नुपर्ने अवस्था रहेको उनले औल्याए । समाजमा रहेका छुवाछुत, भेदभाव र समाजिक अपराध शिक्षाले मात्र सुधार हुने भएकोले प्रदेश सरकारले "बेटी पढाउ, बेटी बचाउ" कार्यक्रम संचालन गरेको उनले दाबी गरे । 
प्रदेश सरकारले दलित सशक्तिकरण ऐन प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको भन्दै मुख्यमन्त्रि राउतले यस ऐनले दलितमाथीको छुबाछुत, भेदभाब, अन्याय अन्त भई मुलुक समृद्धिको पथमा अगाडी बढ्ने विश्वास ब्यक्त गरेका छन् ।  दलित समुदाय मानव विकास सुचांकमा सधै पछाडी रहदै आएकोले शिक्षा र रोजगारी अहिलेको प्रमुख आवश्यक्ता रहेको समेत उनले बताए । प्रदेश सरकारले अगाडी बढाएको प्रदेश प्रहरी ऐन लागु हुने समेत उनले जिकिर गरे । 
भेलाले बिभिन्न १० बुँदे माँग राख्दै मुख्यमन्त्रि राउतलाई कर्जन्हा घोषणा पत्र समेत बुझाएका छन् । 
 

दलित सरोकार मञ्चका निर्देशक एवं दलितका अगुवा नेता भोला पासमानको अध्यक्षतामा कार्यक्रममा कर्जन्हाका मेयर गंगा पासमान, प्रदेश सांसद दिलिप साह, चमेली देबि दास, पुर्बमन्त्रि महेन्द्र पासमान, पुर्ब सांसद बिष्णुलाल वाईवा, संघिय समाजबादी फोरम नेपाल सिरहाका सह–ईन्चार्ज बिष्णु साह लगायतकाले सम्बोधन गरेका थिए । 

कमिशनको चक्करमा लहानका सिँचाई प्रमुख भाडाको भवनमा कार्यालय सार्ने तयारी

Posted: 02 Nov 2018 07:51 PM PDT

नवसंग्राम दैनिक लहान, १७ कात्तिक । सिँचाई विकास डिभिजन कार्यालय सिरहाका प्रमुख श्यामनन्द यादवले लहानमा कार्यालय सँचालन बन्द गरी कमिशनको चक्करमा सिरहामा भाडाको घरमा कार्यालय सँचालन गर्ने तयारी गरिरहेको खुलासा भएको छ । नेपाल सरकार (मन्त्रीपरिषद्) को बैठकले एकीकृत कार्यालय स्थापनाको लागि सिँचाई विकास डिभिजन सिरहाको कार्यालय साविकको जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजनको कार्यालय लहान रहने स्थान तोकिएको छ ।
उता, मन्त्रीपरिषद्को निर्णयलाई लत्याउँदै प्रमुख यादवले अलगै सिरहामा कार्यालय खोल्न निजी भवन भाडामा लिएको छ । लहान स्थित रहेको कार्यालयमा तालाबन्दी गरी कार्यालय प्रमुख र दूई जना प्राविधिकलाई लिएर सिरहामा कार्यालय सँचालनको तयारी गरिरहेको छ । यता, १४ जना कर्मचारी लहानमै काम गर्न आएपनि कार्यालयमा तालाबन्दी गरेको जानकारीमा आएको छ ।
कार्यालय सँचालनको लागि लहानमा सबै कागजात रहेको छ भने हाजिरी रजिष्टर लिएर कार्यालय प्रमुख सिरहा पुगेका छन् । कार्यालय प्रमुख यादवको गैरजिम्मेवारी तथा नेपाल सरकारको निर्णयलाई लत्याएको भन्दै लहान नगरपालिकाले आपति जनाएको छ । नगरपालिका प्रमुख मुनी साहका नेतृत्वमा वडाध्यक्ष, नागरिक समाज, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरुको एक टोली लहान स्थित कार्यालय आज अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा नेपाल सरकारको निर्णयलाई पालन गर्न र साविकको भवनमै कार्यालय सँचालन गर्न एक विज्ञप्ती समेत जारी गरेका छन् । सरकारले लहानमै कार्यालय सँचालन गर्न पत्राचार गरिएपनि सिँचाईका प्रमुख श्यामानन्द यादवले सिरहामा कार्यालय सँचालन गरेकोले आपती जनाएको छ ।
लहान स्थित सिँचाईको आफ्नै भवन रहेपनि प्रमुख यादवले सिरहामा घरभाडा लिएर कार्यालय सँचालन गर्ने कार्य अघि बढाइएको छ । एक स्रोतका अनुसार प्रमुख यादवले सिरहामा भवन भाडामा बार्षिक एक लाख कमिशन लिने गरेको खुलासा भएको छ । कमिशनको कारण लहान स्थित रहेको सरकारी भवनलाई छाडेर सिरहामा कार्यालय सँचालन गर्न लागिएको हो । प्रमुख यादवले प्रदेश सरकारको निर्णय रहेकोले सिरहामा कार्यालय सँचालन गर्न लागिएको दावी गरेका छन् ।

लहानको मटिअर्वा पोखरीको शव रहस्मय बन्दै, एक नियन्त्रणमा

Posted: 02 Nov 2018 07:45 PM PDT


नवसंग्राम दैनिक लहान, १५ कात्तिक । सिरहाको दूई ठूला नगरपालिकामा दूई शव फेला परेको छ । जनकपुर निवासी करिब ३० बर्षीय सुमित साह आफ्ना साथीको घर लहान ३ मटिअर्वा आएका थिए । मटिअर्वा पोखरी नजिक उनका थारु समुदायका साथीको घरमा तीन दिन अगावै आए । उनका थारु साथीले भने 'अस्ति पोखरीमा माछा मारिएको थियो । हामी सँगै माछा खाए । सुमितले भने म घर फर्किन्छु भने बेलुका ५ बजे यहाँबाट हिडेका थिए । आज दूई दिनपछि मेरै घरको अगाडि रहेको पोखरीमा उनको लाश देख्दा म अच्चम भए । साँझ साढे ६ बजेतीर सुमितका आमा लहान अस्पताल आइपुग्दा आफ्नो छोराको लाश देखेर उनी बेहोश भएकी थिइन् । सोहीक्रममा मृत्तक सुमितका साथी थारु अस्पताल पुगेका थिए । केहीबेरमा ईलाका प्रहरी कार्यालय लहानको टोलीले अनुसन्धानको लागि अस्पताल परिसरबाटै थारुलाई नियन्त्रणमा लिएका छन् ।
थारुलाई लहान प्रहरीले सोधखोजको लागि नियन्त्रण लिएको हो । एक स्रोतका अनुसार सुमितलाई कुटपिट गरेर पोखरीमा फालिएको हुनसक्छ । तर, अर्का स्रोतका अनुसार मादक पदार्थ सेवन गरेको भए उनी लडेर पोखरीमा डुब्न गएको हुनसक्छ भनी अडकलवाजी चलिरहेको छ । उता, ईलाका प्रहरी कार्यालय लहानले यो घटनाका दोषीलाई यथाशिघ्र नियन्त्रण लिने दावी गरेका छन् । सुमितको शव यत्तिबेला रहस्मय बन्दै गएको छ भने लहान नपा ३ मटियर्वाको पोखरीमा दूई दिन अगावै डुबेको हो । विहीवार उनको शव फेला परेको छ । उता, सिरहा नपा ६ स्थित कमलानदी किनारमा बुधबार अपरान्ह एक युवतीको शव फेला परेको छ । अन्दाजी २५ वर्षकी मधेसीमुलकी युवतीको शव बुधबार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

रातो रंगको कुर्ता, कालो सुरुवाल, कालै सुईंटर निलो आकाशे रंगको सल लगाएकी युवतीको शवको अझै सनाखत हुन सकेको छैन । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment