Onlinesiraha-Nepali |
करोडको लागतमा भगवतपुरमा डिप बोरिङ निर्माण गरिने : सांसद यादव Posted: 31 Oct 2018 06:08 AM PDT राम नारायण पंडित, सिरहा, १४ कार्तिक । किसानहरुलाई खेतिपाती गर्नका लागि भईरहेको पानीको समस्यालाई मध्यनजर गर्दै मिर्चैैया नगरपालिकामा डिप बोरिङ निर्माण हुने भएको छ । मिर्चैया नगरपालिका बडा नं. ८ स्थित बडा दशै, शुभदिपावली तथा छठको अबसरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले खेतिपाति गर्नका लागि किसानहरुलाई अकाशे पानीको भरपर्नु पर्ने अवस्था रहेकाले डिप बोरिङ निर्माण गरिदिने उदघोष गरेका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद यादबले राजमार्ग भन्दा उतरतर्फ पानीको बिकराल समस्या रहेकाले यसलाई समाधान गर्नका लागि थप योजनाहरु ल्याउले आश्वासन दिएका छन् । संसदिय बिकास कोषको करीब एक करोडको लागतमा निर्माण हुने डिप बोरिङको शिलान्यास छठ लगतै हुने समेत उनले बताएका छन् । बोरिङ निर्माण भएपछि करीब एक सय बिघा जमिनमा सिचाई पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । २०४८ सालपछिको बिकास आफ्नो कार्याकालमा गरेर जनतालाई संघियताको अभाष दिलाउने उनले दाबी गरेका छन् । |
हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन संघर्ष ः राप्रपा अध्यक्ष थापा Posted: 31 Oct 2018 05:58 AM PDT राम नारायण पंडित, सिरहा, १४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन जनसंघर्ष गर्ने चेतावनी दिएका छन् । फाल्गुन ७ गतेदेखि सुरु हुने संघर्ष हिन्दुराष्ट्र र राजतन्त्र कायम नभएसम्म जारी रहने उनले दाबी गरेका छन् । देश दौडाहामा रहेका अध्यक्ष थापाले बुधबार सिरहाको मिर्चैयामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न जनतालाई झुक्याएर विदेशीको ईशारामा रातारात हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्ष बनाएको आरोप लगाए । नेपालमा राजा सहितको प्रजातन्त्रको आवश्यकक्ता रहेको भन्दै अध्यक्ष थापाले राजा बिना देशमा शान्ति र शुसासन कायम हुन नसक्ने जिकिर गरेका छन् । हिन्दु राष्ट्रको पहिचान समाप्त गरी राजतन्त्रलाई पाखा लगाएकोले जनता राजा तर्फ फर्कने मुडमा रहेको उनले दाबी गरेका छन् । राजा बिना देशलाई फाईदा नहुने भन्दै उनले छठपछि अभियान सुरु गरी अगाडी बढ्ने स्पष्ट गरे । देशमा संघियता आएपनि जनताले महशुस गर्न नसकेको भन्दै अध्यक्ष थापाले बर्तमान सरकार प्रहरी प्रशासन र न्यायलयलाई दबाबमा राखेको आरोप लगाए । हत्याहिंसा, बलात्कार लगायतका घटनाहरु भएपनि सरकारको दबाबमा प्रहरी अपराधी पक्राउ गर्न असमर्थ भईरहेको उनले जिकिर गरे । बाल हठका कारण पार्टी अलग–अलग भएको भन्दै उनले जनमतको माध्यमबाट हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्र स्थापित गर्नका लागि एकता गर्ने गृहकार्यमा रहेको समेत खुलासा गरे । फुटका कारण पार्टी कमजोर भएको भन्दै उनले सबैलाई एकजुट भएर बलियो बनाउनु पर्ने बताएका छन् । राष्ट्रलाई बिखण्डन र सर्बसताबादबाट बचाउन पार्टी एकता अपरिहार्य रहेको बताउदै उनले छिटै एकता हुने समेत विश्वास व्यक्त गरेका छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment