भ्रष्टाचार नियन्त्रणका लागि मोहन माविमा अख्तियारको प्रशिक्षण Posted: 30 Nov 2018 06:06 AM PST राम नारायण पंडित, सिरहा, १३ मंसिर । भ्रष्टाचार नियन्त्रणका लागि सिरहाको मिर्चैयामा रहेको मोहन मावि (आवासिय प्राविधिक) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले एक दिने प्रशिक्षण सम्पन्न गरेको छ । "भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका बिषयक एक दिबसीय स्थलगत सामुदायिक शिक्षा" नामक कार्यक्रम मार्फत भ्रष्टचार नियन्त्रणमा खेल्न सक्ने भुमिका र गर्न सक्ने प्रयासको सम्बन्धमा बिद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीहरुलाई आज (विहिबार) प्रशिक्षण दिईएको छ । कार्यक्रममा आयोगका सहसचिव पुरुषोतम ढकालले भ्रष्टचार के हो, कहाँ–कहाँ भ्रष्टाचार हुन सक्छन र कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे सहजीकरण गरेका थिए । उनले भ्रष्टचार नियन्त्रणका लागि विद्यार्थी, शिक्षक, अभिभावकहरुको पनि ठुलो भुमिका रहने बताए । प्रशिक्षणको क्रममा उनले भने "अहिलेको विद्यार्थी नै भोलीको कर्मचारी, नेता, प्रशासक वा अन्य शिक्षित वर्ग हुने भएकाले उनीहरुमा भ्रष्टाचार नियन्त्रणबारे ज्ञान हुनु आवश्यक रहेको औल्याएँ । विद्यार्थीमाझ भ्रष्टाचार र भ्रष्टाचार नियन्त्रणबारे सचेतना जगाउनकै लागि देशब्यापी रुपमा कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । उनले भने "बर्दिबास कार्यालय अन्तर्गत रहेका ७ जिल्ला मध्ये पहिलो चरणमा ३ ओटा जिल्लामा कार्यक्रम संचालन हुन्छ, जसमा सिरहाको मोहन माबि मिर्चैया र उदयपुरको एक बिद्यालय रहेका छन्, त्यसैगरी अन्य जिल्लाको निर्णय हुन बाँकी रहेको छ ।" भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रण गरी स्वच्छ समाज निर्माण गर्नु मुख्य परिकल्पनाको साथ कार्यक्रम संचालन गरिएको प्रशिक्षक तथा आयोगका अधिकृत मो.महफुज अहमदले स्पष्ट गरे । ट्रान्सपरेन्सि इन्टरनेशनलले सन २०१७ मा गरेको अध्ययन अनुसार भ्रष्टाचार गर्ने मामलामा सार्क राष्ट्रको देशमा नेपाल छठौं स्थानमा रहेको छ । ट्रान्सपरेन्सिले १८० देशको अध्ययन गर्दा सबभन्दा कम भ्रष्टाचार न्युजिल्याड र डेन्मार्कमा भईरहेका छन् भने सबभन्दा बढी भ्रष्टाचार सोमालिया र दक्षिण सुडानमा भईरहेका छन् । जसमा भ्रष्टाचार गर्नेमा नेपाल १२२ औं स्थानमा रहेका छन् । आयोगको कार्यालय बर्दिबासको आयोजना तथा बिद्यालयका प्र.अ. अशोक यादबको अध्यक्षतामा भएको कार्यक्रममा बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, बिनि बुद्धिमान दनुवार, श्रोत ब्यक्ति श्याम यादब लगायत बिद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । |
मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न Posted: 30 Nov 2018 05:55 AM PST राम नारायण पंडित, सिरहा, १४ मंसिर । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया नगरपालिकाको संयुक्त आयोजनामा आज (शुक्रबार) भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । सिरहाको मिर्चैया लगायतका स्थानहरुमा रगतको अभाबले रोगीहरुको ज्यान गुमाउनु परिरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साहले जानकारी दिए । रेडियो धड्कनबाट अहिले सम्म २ सय जनाभन्दा बढी बिरामीहरुलाई आबश्यक्ता भएको बेला रगत उपलब्ध गराउन भनी सिफारिस गरि पठाईएको निर्देशक साहले बताए । नेपाल रेडक्रस सोसाईटी सिरहा शाखामा रोगीहरुको लागी चाहिने रगतको अभाव भएकोले जिल्लामा सक्रिय रहेका बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयेजना गरिरहको नेपाल रेडक्रस सोसाइटी सिरहाले जनााएको छ । रक्तदान गर्नेहरुमा रेडियोका प्रबन्ध निर्देशक अंजय कुमार साह, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, बडा नं. ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, ईन्जिनियर राजेश कुमार साह, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र भण्डारी रहेका छन् । त्यसैगरी, धनन्जय महतो, बिजय महतो, बिपिन कुमार साह, बिनोद कुमार महरा, अनरुद नायक, मुकेश कुमार यादब, राम नारायण पंडित, सुधिर साह, रंजय महरा, मोहन साह सोनार, बिष्णु कुमार चौधरी, जिबछ कुमार यादब, रमेश कुमार साह, संजिप कुमार साह, अनिल कुमार झा, जितेन्द्र कुमार साह, सुजन पोखरेल, ममता साह, रबिन्द्र यादब, राजन पोखरेल, प्रकाश कुमार साह, संतोष कुमार साह, श्रीराम महरा र दिनेश साहले रक्तदान गरेका छन् । रेडियो धड्कनले रगत अभाबको मध्यनजर गर्दै समय–समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
|
निर्णयको तीन दिन नबित्दै शहिदनगरमा ३०० लि अबैध घरेलु मदिरा नष्ट Posted: 30 Nov 2018 12:41 AM PST नरेशचन्द्र बरबरिया,धनुषा मंसिर १४ गते ।शहिदनगर नगरपालिकामा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।धरेलु हिंसा लगायत विविध अपराधको जड मदिरा रहेकोले ईलाका प्रहरी कार्यालय यदुकूहाले यस विरुद्धको कारबाहीमा तिब्रता दिएको छ । नगर विकास र काम कारवाहीले निरन्तर चर्चामा रहेका मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाले नगरलाई मदिरामुक्त नगर बनाउन कडा कदम चालेका हुन् । नगरपालिकामा बसेको सर्वपक्षिय बैठकबाट नगरभित्र अवैद्यानिक रुपले संचालित रक्सी पसल बन्द गर्नुका साथै विक्रि वितरणमा समेत पूर्णत रोक लगाउन सरोकारबालाहरुसँग सहमति गरेका छन् । रक्सीका कराण विभिन्न समयमा घटनाहरु दोहरिएको भन्दै मेयर बरबरियाले कदम चालेको हो । निर्णयको तेस्रो दिनमै सहिदनगर नगरपालिकाको विभिन्न वडाहरु बाट बरामद भएको ३०० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।उक्त मदिरा वडा.न-३ का वडा अध्यक्ष नागेन्द्र प्रसाद मण्डल,ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक भिम बहादुर खड्का,हलखोरी कापर लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा मदिरा नष्ट गरेको हो ।घर घरमा मदिराको उत्पादन ,लागू पदार्थ जस्ता गतिविधिलाई पुर्ण रुपमा रोक लगाउनुको साथ साथै यस अभियानलाई निरन्तर रुपमा तिब्रताका साथ लाग्ने प्रहरी उपरीक्षक खड्काले बताए । |