/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


कल्याणपुर नगरपालिकाको बजेट ५३ करोड ९२ लाख

Posted: 05 Oct 2018 09:59 AM PDT


  नरेशचन्द्र बरबरिया 
 असोज १९ गते । कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति, योजना कार्यक्रम  सहितको बजेट सार्वजनिक गरेको छ ।
कल्याणपुर नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेटमा चालू आर्थिक वर्ष ५३ करोड ९२ लाख ६५ हजारको आयव्यय अनुमान गरेको छ । असोज १५ गते सम्पन्न नगरसभाले पारित गरेको बजेटमा प्रत्येक वडालाई समान रुपमा 'विकास र कार्यक्रम'को लागि ८२÷८२ लाख रकम विनियोजन गरेको छ ।
'शिक्षा, स्वास्थ्य, रोजगारी, विकास र सुशासन अभिवृद्धि सफा सुन्दर कल्याणपुरको दिगो समृद्धि' नारा तय गर्दै नगरपालिकाले 'एक वडा एक ठोस योजनाको लागि २५ लाख' रकम विनियोजन गरेको मेयर सूर्यनाथ मण्डलले बताए ।
उपमेयर रोहिनी यादवले स्वागत मन्त्वय राखेको सार्वजनिकीकरणमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्री नारायण यादवले नीति, योजना, कार्यक्रम सहितको बजेट प्रस्तुत गरेका थिए ।
सार्वजनिकीकरण कार्यक्रममा वडा अध्यक्षहरु दिपेन्द्र यादव, जयराम कामती, विशेश्वर मुखिया, अशोक कुमार मण्डल, दिलिप कुमार यादव,मोतिबुल राईन, राजेन्द्र साह र राजेश्वर यादव लगायतको उपस्थिती रहेको थियो
कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले नगरभित्रका युवाहरु पशुपालन र व्यवसायिक रुपमा कृषि खेतीमा आवद्ध भएमा सहयोग गर्ने बताएका छन् ।
नगरपालिकामा खेतीको उर्वर भूमि रहेकोले खेतीसँगै पशुपालनमा लाग्ने युवालाई मासिक प्रोत्साहन भक्ता स्वरुप १० हजारको सुविधा प्रदान गर्ने बताएका छन् । वैदेशिक रोजगारीमा युवाहरु आकर्षित भैरहेको अवस्थामा यस योजनाले युवाहरुलाई व्यवसायिक खेती र पशुपालनमा जोड्न वातावरण बन्ने मेयर मण्डलले विश्वास व्यक्त गरेको छ । उनले भने, 'युवाहरुको वैदेशिक रोजगारीको मोह घटाउन आफ्नै गाउँठाउँमा व्यवसायिक खेतीपाती र पशुपालनमा जोड दिन यो योजना ल्याएको छु । यसमा लाग्ने युवालाई निरन्तरताको लागि प्रोत्साहन भक्ता मासिक दश हजारको प्रदान गछौं ।
शिक्षा सुधारमा जोड
नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिईएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा 'एक नमूना विद्यालय'को रुपमा स्तोरोन्नती गर्ने योजना रहेको मेयर मण्डलले बताए । मेयर मण्डलले भने, 'नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधी जडान गर्दैछु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधी विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिदैन ।'

नेपालमै पहिलो पटक आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा मुद्धा दर्ता

Posted: 05 Oct 2018 06:21 AM PDT

राम नारायण पंडित, सिरहा, १९ साउन । मिचैैया प्रहरीले श्रीमतिलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नगरपालिका १ बस्ने ५३ बर्षीय राम बहादुर परियारलाई ४५ बर्षीय श्रीमति सर्मिला परियारलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ गरेको हो ।  पक्राउ परेका रामबहादुरमाथी मुलुकी अपराध संहिता ऐनको दफा ३५ बमोजिम मुद्धा दर्ता गरी कार्बाही प्रक्रिया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र साहले बताए । 
सर्मिलाका काका कर्जन्हा २ बस्ने ६३ बर्षीय छबिलाल परियार दिएको किटानी जाहिरीको आधारमा रामबहादुरलाई पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपीद्र साहले बताएका छन् । करीब ३० बर्षअधि जातिय रितिरिबाज अनुसार सर्मिला र रामबहादुरको बिबाह भएपनि राम बहादुरले सर्मिलालाई बिभिन्न बहानामा हेला गर्ने, कुटपिट गर्ने र यातना दिने लागायतका तनाब दिएकाले सहन नसकेर बाध्य भई आत्महत्या गरेको जाहिरी दरखास्तमा उल्लेख रहेको छ । 
सर्मिला असोज १४ गते गाई गोठमा गई घाटीमा फासो लगाई आत्महत्या गरेका थिए । भदौ १ गतेदेखि मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएपछि नेपालमा पहिलो पटक आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा मुद्धा चलाईएको डिएसपी साहले दाबी गरेका छन् । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment