Onlinesiraha-Nepali |
- लुकाईछिपाई लगाईएको पाँच हजार गाँजाको बोट फडानी
- नेपाली कांग्रेस र नेकपा मधेसीको लागि भाडाको घर हो : राज्यमन्त्री मण्डल
- दशैंको मुखमा पनि शिक्षकहरुले तलब नपाउंदा पशुपाति माविमा तालाबन्दी
लुकाईछिपाई लगाईएको पाँच हजार गाँजाको बोट फडानी Posted: 06 Oct 2018 06:19 AM PDT राम नारायण पंडित, सिरहा, २० असोज । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी नायब निरिक्षक रामबिकास साहको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. १ मनहर्वा स्थित बिभिन्न ब्यक्तिले लुकाईछिपाई खेतबारीमा लगाएको करिब ५ कठ्ठाको ५ हजार गाँजाको बोट फडानी गरि आज (शनिबार) नष्ट गरेका छन् । गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकाले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाहले बताए । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत उनले वताएका छन् । |
नेपाली कांग्रेस र नेकपा मधेसीको लागि भाडाको घर हो : राज्यमन्त्री मण्डल Posted: 06 Oct 2018 01:46 AM PDT सप्तरी प्रदेश न २ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमंत्री सुरेश कुमार मण्डलले नेपाली कांग्रेस र नेकपा मधेसीको निम्ति भाडाको घर बताउनु भएको छ . सप्तरी स्थित डाक्नेस्वारी नगर कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्नु हुदै उहाले राजपा आफ्नो घर भएको बताउनु भयो . राजपा मधेसी जनताको आफ्नो घर हो यसमा आफ्नो श्रम पसिना लगाउनुस भानु भयो . भाडाको घर बाट कुनै पनि बेला निकलिन सकिने डर त्रासमा नबस्नुस . आफ्नो घर आफ्नै हुन्छ . नेपाली कांग्रेस महेन्द्र नारायण निधीको हुन सकेन महन्थ ठाकुर को हुनसकेन अनि के भा डे भुड़े गुलाम हरुको हुन्थ्यो . त्यसकारण समय मै सचेत होऔ आफ्नो घर बनाउन तिर लागौ . उक्त कार्यक्रममा एक हजार बढी जना कांग्रेस कम्युनिष्ट र फोरम परित्याग गरि राजपामा प्रवेश गरेका थिए . नव प्रवेशी राजपेयी लाई राजपा अध्यक्ष राजकिशोर यादवले अबिर माला लगाई स्वागत गरेका थिए . |
दशैंको मुखमा पनि शिक्षकहरुले तलब नपाउंदा पशुपाति माविमा तालाबन्दी Posted: 05 Oct 2018 08:43 PM PDT नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १९ असोज । पशुपति उच्च मावि लहानका शिक्षकहरुले लामो समयदेखि तलब नपाएकोले उनीहरु आज विद्यालयमा तालाबन्दी गरेका छन् । दशैको मुखमा समेत तलब नपाएपछि शिक्षकहरु तालाबन्दी गर्न बाध्य भएको शिक्षक रामकुमार साहले बताए । उता, प्राध्यनाध्यापक प्रमेश्वर रायका अनुसार तलबको लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया तयार पारेर लहान नगरपालिकामा बुझाएपनि तलब निकासा नगरेकोले शिक्षकहरुले तालाबन्दी गरेको हो । यसअघि स्थानीय व्यापारीहरुले स्टल निर्माणको लागि अग्रिम रकम प्रअ रायमार्फत दिएको थियो । प्रअ रायले व्यक्तिगत रुपमा सो रकम चलाएर स्टल निर्माण नगरेकोले एक साता अगाडि स्थानीय व्यापारीहरुले विद्यालयमा तालाबन्दी गरिएको थियो । ६ बर्ष अगावै व्यापारीहरुबाट प्रअ रायले ५० लाख भन्दा बढी रकम उठाइसकेको छ । विद्यालयमा पटक पटक तालाबन्दी हुंदा एक हजार विद्यार्थीको भविष्य त्यस विद्यालयमा अन्धकारमय बन्दै गएको छ । लहान १० की रंजिता मण्डलले राजनीतिकको कारण चार पांच बर्षदेखि त्यस विद्यालयको व्यवस्थापन समिति बन्न सकेको छैन । त्यसमा पनि सधैं विवाद र तालाबन्दीको कारण विद्यार्थीहरुको भविष्य अन्धकारमय बन्दै गएको छ । राजनीतिक क्रियाकलापलाई निष्तेज पारेर यथाशिघ्र स्वतन्त्र मान्छेलाई व्यवस्थापन समितिका अध्यक्ष बनाएर विद्यालयलाई व्यवस्थित गर्नुपर्ने जरुरी छ । दशैंको मुखमा सबै विद्यालयका शिक्षकलाई तलब भत्ता निकासा भइसकेको छ । तर, राजनीतिकको कारण यस विद्यालयमा तलब निकास नहुंदा शिक्षकहरुको हातमु्ख जोर्न कठिनाई भएको छ । यस्तो अवस्थामा विद्यालय र विद्यार्थीको भविष्य कता जाला ? मण्डल बताइन् । विद्यालयले आठ बर्ष अघि निर्माण गरिएको स्टल सस्तो मूल्यमा भाडा लगाएकोले स्थानीयहरु आक्रोशित छन् । निर्माण रहेको १९ वटा सटरबाट प्रति महिना ४ हजारको दरमा विद्यालयलाई दिने भनिएपनि २ हजार रकम एड्भान्समा कटाउंदै आएको छ । लहानको मुख्य बाटोमा रहेको यस्ता सटरको प्रति महिना कम्तिमा ८ देखि १० हजार भाडा हुनुपर्ने हो । लहान नगरपालिकाले विद्यालयको हरहिसाब पार्दशिता नभएको र करिब ढेड करोड रकम हिनामिना गरेकोले तलब रोका गरिएको कथन छ । शिक्षकहरुले आफुहरुले तलब नपाउंञ्जेलसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने भन्दै आन्दोलित छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment