/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सिरहामा कबिर नाटक सम्पन्न,नाटकमा हजारौंको सहभागी

Posted: 04 Oct 2018 09:15 AM PDT

 नरेश चन्द्र बरबरिया सिरहा असोज १८  गते ।            मिथिलाअञ्चलको महान पर्वको रुपमा मनाउने कठोर  जितिया पर्वको अवसरमा कबिर नाटक सम्पन्न भएको छ सिरहा नगरपालिकाको वडा न.१७ लचका टोल ईनर्वामा मंगलबार,बुधबार दुई दिन सम्म कबिर नाटक देखाएको थियो  ।सदगुरु कबिर सम्मेलन लचकाटोल द्वारा आयोजनामा भएको  नाटकमा हजारौंको संख्यामा  दर्शकहरुको सहभागी रहेको थियो । उक्त सन्त सम्मेलनमा नेपाल देखि  भारतका  साधुसन्तहरुलाई निमन्त्रणा गरि भोजन(भन्डारा)को व्यबस्था समेत गरेको स्थानीय गोपी पासवानले जानकारी दिए। लचकाटोल बासीहरुको सक्रियतामा उक्त स्थानमा कृष्ण जन्मअष्ट्मी र बैशाख १ गते राज शल्हेश मेला लगाउने मेलाका अध्यक्ष सन्तु पासवानले बताए । नाटक हेर्न आसपासका गाउँबाट महिला,वृद्ध,बच्चा,लगायतको उल्लेखनीय उपस्थित रहेको थियो 

‘भोट लिएकोले अपराधीको कुरा पनि सुन्नुपर्छ, तर प्रहरीले संरक्षण दिन्छन्’

Posted: 03 Oct 2018 08:49 PM PDT

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १७ असोज । म जनताको भोट लिएको छु । मलाई अपराधीको कुरा पनि सुन्नुपर्छ । तर,प्रहरी प्रशासन आफ्नो योग्यता र क्षमताले काममा आएको हो । उनीहरु अपराधीलाई संरक्षण दिइरहेको विष्णुपुर गाउँपालिकाका प्रमुख जागेश्वर यादवले बताउँनुभयो । सिरहाको विष्णुपुरमा मंगलवार सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा संचारकर्मीबीच संवाद कार्यक्रममा प्रमुख यादवले प्रहरी प्रशासनले अपराधीलाई संरक्षण दिएकै कारण दहेज, बालविवाह, महिला हिंसा, बलात्कार, लुटपाटजस्ता घटना बढ्दै गएको उहाँले बताउँनुभयो । समाजमा बढ्दो विकृतिले न्याय दिलाउँन अधिकारकर्मी, पत्रकार, समाजिक अभियन्ता छटपटाईरहेको छ अनि प्रहरीहरु गुण्डागर्दीमा उत्रिएको प्रमुख यादवले बताउँनुभयो । प्रमुख यादवले जबसम्म प्रहरी प्रशासन इमान्दार हुंदैन तबसम्म पीडितले उचित न्याय नपाइने भन्दै समाजमा शिक्षा र सचेतनाको आवश्यकता रहेको बताउंनुभयो । ईलाका प्रहरी कार्यालय विष्णुपुरका ईचार्ज मो.नुरुलले हत्या, महिला हिंसा, बलात्कार जस्ता अपराधिक घटनाको मुख्य कारण लागुऔषध र जाडरक्सी नै रहेको बताउंनुभयो । जनचेतना, शिक्षा, कारवाही, इज्जत प्रतिष्ठाको कारण महिला हिंसा बढेको भन्दै ईचार्ज नुरुलले कानुनको जानकार नभएको कारण दाईजो, बालविवाहको उजुरी नआएको अवस्था रहेको बताउंनुभयो । महिला निगरानी समुहकी संयोजक चन्द्रकुमारी महराले उमेर नपुग्दै केटाकेटी प्रेममा फस्ने गरेकोले बालविवाहको बढावा हुने गरेको भन्दै यस्तो घटनामा केटालाई प्रहरी हिरासतमा राखिने र केटीलाई बालवस्थामै विवाह गर्ने गरेको बताइन् । महिला निगरानीकी सचिव रेखा महतोले यो समाजमा महिला भन्दा पुरुष हिंसामा परेको भन्दै अधिकारकर्मीले सचेत गर्दा उल्टो पिडकपक्षबाट समस्या खेप्नु परेको बताइन् । दलित जनकल्याण युवा क्लब लहानका उमेश विसुन्केले समाजिक विकृति कुसंस्कार हटाउंन लैगिंक विषयमा पठ्नपाठ्न गराउंनुपर्ने । शिपमुलक शिक्षा, सडक नाटक, प्रचारप्रसारलगायतको कार्य अघि बढाउंन जोड दिनुभयो ।
महिला निगरानी समूहकी बविता मिश्राले छोराछोरीलाई समान व्यवहार गरियो भने प्रेम गरेर उनीहरु नभाग्ने भन्दै छोरीलाई घरमा यातना दिंदा विकल्प खोज्ने गरेकोले प्रेम गरेर भाग्ने गरेको छ । दहेजको कारण छोरी समस्यामा पर्ने गरेको छ । बैदेशिक रोजगारको कारण महिला हिंसा बढेको छ भने महिलाको चिनारी सुन्दुर हुने भएकोले पुरुषहरु बहुविवाहमा फस्ने गरेको बताइन् । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले गर्नुभएका थिए भने सर्च फर कमन ग्राउन्डका सिरहा संयोजकले कार्यक्रमवारे प्रकाश पार्नुभएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका रामनारायण यादव, वडाध्यक्ष कपिलदेव यादव, ट्राफिक प्रहरी मिचैयाका संजय सिंहलगायतले सिमान्तकृतवर्गको न्यायमा पहुंचवारे चर्चा गर्नुभएका थिए । यसैगरी, बरियारपट्टीमा दहेज न्यूनिकरणको लागि महिला जागरणलाई सक्रिय पार्नुपर्ने वरियारपट्टि गाउंपालिकाका प्रमुख सन्तोषकुमार महतोले बताउंनुभयो । सर्च फर कमन ग्राउण्डको सहयोगमा सोमवार नेपाल पत्रकार महासंघ सिरहाले आयोजना गरेको सुरक्षा तथा न्याय क्षेत्रका सरोकारवाला र सञ्चारकर्मीबीच सम्वाद कार्यक्रममा प्रमुख महतोले महिला हिंसा, घरेलु हिंसा तथा बालविवाहलाई न्यूनिकरण गर्नको निम्ति टोल टोलमा अभियान टोली बनाउंनुपर्छ । यस्ता सामाजिक विकृति खास गरेर लोकल मदिरा, लागुऔषध र वैदेशिक रोजगारको कारण बढ्दै गएको गापा प्रमुख महतोले बताउंनुभयो । ईलाका प्रहरी कार्यालय वरियारपट्टीका ईन्चार्ज हिरालाल यादवले आजपनि दलित बालबालिका विद्यालय बाहिर रहेको छ । १० प्रतिशत दलित बालबालिका मात्रै विद्यालय पुग्ने गरेको बताउंनुभयो । नेपाल पत्रकार महासंघ सिरहाका सचिव रोयान्टर मण्डलले ग्रामिण दुरदराजसम्म पत्रकारको पहुंच कम रहेकोले यसको लागि गरिब दलित पीडितसम्म पहुंच बनाउंन निष्पक्ष वातावरणको जरुरी रहेको बताउंनुभयो । भूमिहीनको अवस्थामा पुगेकी आफ्न्तबाट पीडित भएकी रामपरि साफीले 'गरिबले समाजमा उचित न्याय नपाएर अदालत पुग्न बाध्य बनाएको छ । उनीसंग रहेको घरजग्गा आफन्तले नै अतिक्रमण गरी भूमिहीन बनेकी छीन् । महिला निगरानी समुहकी शिला यादवले मेरै छिमेकीमा १३ बर्षीया बालिकालाई विहा गरियो । बालविवाह नगर्न आग्रह गर्दा उनीहरुले हामीलाई नै विभिन्न किसिमको आरोप लगाएर धम्की दिएको बताउंनुभयो । सर्च फर कमन ग्राउन्डका संयोजक श्रमलाल चौधरीले कार्यक्रमवारे जानकारी दिनुभएका थिए भने नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले संचालन गरेका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment