/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैयाको मिथिला बिद्या मन्दिरमा प्रहरीको जनचेतना

Posted: 03 Oct 2018 07:14 AM PDT

राम नारायण पंडित, सिरहा, १७ असोज ।  युवा पुस्तामा देखिएको बिकृृतिको बिरुद्ध मिर्चैया प्रहरी सक्रिय भएका छन् । प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाले मिथिला बिद्या मन्दिर मिर्चैया ६ स्थित बुधबार "सभ्य र सुरक्षित समाज निर्माणका लागि नेैतिकचरित्र र अनुशासनको बिकास" नामक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् । बिद्यार्थीहरुमा देखिएको नैतिकताको कमी र अनुशासनहिनताको अबस्थालाई सुधार गर्नका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिषक (डिएसपी) दिपेन्द्र साहले  प्रशिक्षण दिएका हुन् । 
कुलतबाट बाँचे मात्र समाजमा स्थापित हुन सक्ने भन्दै डिएपी साहले राम्रो र सफल मानव बन्नका लागि नैतिकबोध र अनुशासित हुनु जरुरी रहेको उनले बताए । समाजमा बढदै गएको हत्याहिंसा, बलात्कार, चोरी डकैतीमा लगायतका बिकृतिका बिरुद्धमा छरछिमेकमा सचेतना बढाउन उनले सबैमा अनुरोध समेत गरेका छन् । ईलाका प्रहरी कार्यालय र महिला सेलको आयोजनमा भएको जनचेताना कार्यक्रममा मिथिला बिद्या मन्दिरका प्रिन्सिपल बिरेन्द्र राउत, बिद्यार्थी लगायतका उपस्थित रहेको थियो ।

लगानी अनुसार प्रतिफल दिन सकेन सामुदायीक विद्यालयले : मन्त्री पोखरेल

Posted: 03 Oct 2018 07:07 AM PDT

सिरहा, १७ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सामुयादीक विद्यालयले लगानी अनुसारको प्रतिफल दिन नसकेको बताएका छन् । सिरहाको गालबजार नगरपालीकाव्दारा आयोजित प्रथम उप मेयर कराते प्रतियोगिताको उद्घाटन तथा पूर्ण विद्यार्थी भर्ना कार्यक्रममको घोषणा गर्दै मंगलबार मन्त्री पोखरेलले राज्यले जुन परिणाम सामुदायीक विद्यालयमा लगानी गरेको छ, त्यो अनुसारको प्रतिफल दिन नसकेको बताएका हुन् । 
सामुदायीक विद्यालय सुधारको लागि मन्त्रालयले २२ बुदे विद्यालय सुधार योजना बनाएको भन्दै मन्त्री पोखरेलले भने, 'सामुदायीक विद्यालयको अवस्था लगानीको हिसावले अत्यन्तै कमजोर रहेको छ, वयसलाई सहि ठाउँमा ल्याउन सवैतहका सरकारसँगै सम्पूर्ण अभिभावक तथा सामुदायीक  अध्ययन केन्द्रहरुको पनि सकारात्मक भूमिका आवश्यक छ ।' उनले देशमा पटक पटक राजनीतिक परीवर्तन भएपनि शिक्षा क्षेत्रमा सुधार आउन नसकेको औंल्याउनु भयो । मन्त्री पोखरेलले भन्नु भयो, 'देशमा प्रजातन्त्र, लोक तन्त्र, गणतन्त्र आयो तर सामुदायीक शिक्षाको क्षेत्रमा त्यसको कुनै असर देखीएन, अव शिक्षाक्षेत्र यही अवस्थामा रहन सक्दैन ।'
परिवर्तित समय अनुसार शिक्षाको क्षेत्रमा पनि विकास गर्दै सामुदायीक विद्यालयहरुमा पनि अव प्रविधिक धारको विस्तार गर्नु जरुरी रहेको पनि मन्त्री पोखरेलले बताए । हाम्रो शिक्षा अझै पनि १०÷१२ वर्ष सम्म पढ्यो विद्यालयबाट निस्कदा सर्टिफिकेटबाहेक केही हुँदैन त्यसैले अवको शिक्षा प्रविधिक हुविधिक तथा बैज्ञानिक हुनु पर्नेमा जोड दिंदै सरकारले पनि यो दिशामा काम अगाडी बढाईरहेको मन्त्री पोखरेलले बताए । सोही क्रममा मन्त्री पोखरेलले संघियता जटिल विषय भएको बताए । उनले राजनीतिक रुपमा हामी संघियतामा गएको भएपनि यसको कार्यान्वन प्रकृया जटिल रहेको सुनाए । उनले भने, 'संघियता सुन जति सहज छ, त्यसलाई लागुगर्न त्यतिकै जटिल छ । जटिल कामलाई पार लगाउन पनि सवैतहका प्रतिनिधीहरुले सोही अनुसारको मेहन गर्न जरुरी हुन्छ ।'

सोही क्रममा गोलबजार नगारपालीकामा रहेको सम्र्पू बालबालिका विद्यालय भर्ना भईसको घोषण भएको छ । गमेलबजार नगरपालीकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराएको घोषणा गरेको छ । विशेष भर्ना अभियान अन्तर्गत नगरपालीकाले नगरक्षेत्रका ३१ व्टा सामुदायीक विद्यालयमा एक सय ७५ छात्र र एक सय ८९ जना छात्रा सहित तीन सय ६४ जना विद्यार्थी भर्ना गराएको जनाएको छ । नगरक्षेत्रका ३१ सामुदायीक विद्यालयमा चार हजार आठ सय २४ छात्रा र चार हजार छ सय २० छात्र सहिज जम्मा नौं हजार चार सय ४४ विद्यार्थि रहेको नगर शिक्षा समितिले जनाएको छ ।कराते प्रतियोतितामा भने सातै प्रदेश तथा स्थानीय आयोजक समिति सहित आड टिमका एक सय २० जना खेलाडीको सहभागीता रहेको छ । खेल बुधबार सम्पन्न हुने आयोजकले जनाएको छ । 

नगरपालिका र आन्दोलनरत पक्षबिच दुई बुँदे सहमति पश्चात आन्दोलन फिर्ता

Posted: 03 Oct 2018 06:58 AM PDT

राम नारायण पंडित, सिरहा, १७ असोज । मिर्चैयामा करको बिरोधमा जारी आन्दोलन नगरपालिकासंग सहमतिसंगै फिर्ता भएका छन् । मिर्चैया नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त संघर्ष समितिबिच बुधबार दुई बुँदे सहमति पश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । 
नगरपालिकाका मेयर श्रबण कुमार यादब र आन्दोलनरत संयुक्त संघर्ष समितिका बार्ता समितिका संयोजक अशोक कुमार साहको संयुक्त हस्तक्षर रहेको सहमति पत्रको पहिलो बुँदामा आन्दोलनरत पक्षका सम्पुर्ण माँगहरुमा मिर्चैया नगरपालिकाले छलफल गरी कर, राजस्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संसोधित बिषय बस्तुहरुको कार्यान्वयन गर्न गराउनका लागि नगरकार्यपालिका र नगरसभामा पेश गरी नगरसभाबाट अनुमोदन गराई मंसिर ५ गतेभित्र कार्यान्वयन गरिनेछ र दोस्रो बुँदामा सर्बपक्षिय संयुक्त संघर्ष समिति मिर्चैयाले आफ्ना आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता गरिने उल्लेख रहेका छन् । 
समितिले साउन २९ गते कर बृद्धि फिर्ता लगायत बिभिन्न ८ बुँदे माँग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रको पहलो बुँदामा रहेको हाल नगरपालिका लिईरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित गर्नुपर्ने र दोस्रो बुँदामा रहेको पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने बुँदाको बिषयमा सहमति भएपनि नगरसभाबाट पारित गरी मंसिर ५ गते भित्र कार्यान्वयन गर्ने लिखित सहमति भएको छ । त्यसैगरी अन्य बुँदाहरुमा रहेको  आ.व. २०७४÷०७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनुपर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनुपर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनुपर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनुपर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराई निःशुल्क हुनुपर्ने लगायतका बिषयमा सहमति भएको नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताए । 

नगरपालिकासंग भएको सहमतिमा कार्यान्वयन हुनेमा आफुहरु विश्वस्त रहेको सर्बपक्षिय समितिका बार्ता समिति संयोजक अशोक कुमार साहले बताए । नगरपालिका र आन्दोलनरत पक्षबिच भाद्र १५ गतेदेखि असोज १७ गतेसम्म बिभिन्न ७ चरणमा भएको बार्ता सहमतिसंगै टुंगिएको छ ।   


सिरहाको लचकाटोलमा कबिर नाट्क,सन्त सम्मेलन शुरु

Posted: 03 Oct 2018 12:44 AM PDT

 नरेश चन्द्र बरबरिया सिरहा असोज १७  गते ।            मिथिलाअञ्चलको महान पर्वको रुपमा मनाउने कठोर  जितिया पर्वको अवसरमा कबिर नाट्कको आयोजना गरिएको छ ।सिरहा नगरपालिकाको वडा न.१७ लचका टोल ईनर्वामा मंगलबार देखि नाट्क  शुरु भएको छ ।सदगुरु कबिर सम्मेलन लचकाटोल द्वारा आयोजना भएको नाट्कमा हजारौं दर्शकहरुको सहभागी रहेको छ उक्त सन्त सम्मेलनमा नेपाल देखि  भारतका  साधुसन्तहरुलाई निमन्त्रणा गरेका छन ।आज दिउँसो ४ बजे देखि पुनः नाट्क हुने आयोजकले जनाएको छ साथै रातीमा पनि कबिर नाटकको बाकी भाग आज देखाउने स्थानीय सन्तु पासवानले जानकारी दिए ।

रौतहटबाट रात्री बसमा यसरी छिर्छन भन्सार छलीका समानहरु राजधानी ।

Posted: 02 Oct 2018 09:51 PM PDT


अमित ठाकुर।रौतहट।असोज १७ गते । रौतहट जिल्लामा अहिलेसम्म ठुलो तस्करी नियन्त्रण नभई झन बढेको हो। रौतहटको राजपुर,अौरैया,मौलापुर रुठमा चल्ने रात्री बसमा लाखौं मूल्य बराबरको भन्सार छलीका समान  धारा,हार्वेयर,कपडाहरु बसको चोर डिक्कीमा लुकाई प्रहरीकै संरक्षणमा राजधानी छिर्ने गरेका छन। तस्करहरुले भारतको विभिन्न ठाउँबाट लाखौं मूल्य बराबरको समानहरु खरिद गरि रौतहटको क्षेत्र नंबर २ मा पर्ने अौरैया,बन्जरहा नाकाबाट तस्करहरुले चोरीपैठारी गरि राजपुर सम्म ल्याउने गर्दछन।सो ठाउँमा रहेको प्रहरी चौकीको २ सय मिटरको दुरीमा भन्सार छलीका समानहरु राखी सो रुठबाट राजधानी जाने रात्री बसको चोर डिक्कीमा लुकाई छुपाई काठमाडौं पुर्याउने गरेका छन।तस्करहरुले भारतमा खरिद गरेको धारा,हार्डवेयर,कपडाहरु रौतहटको बोर्डर एरियामा पर्ने रुठमा पर्ने प्रहरी चौकीकै संरक्षणमा भई रहेको नाम न खोल्ने उदेश्यले एक जना स्थानीयले जनाएको हो।यस्तै हिजो चपुर प्रहरीले सुराकीको अधारमा हिजो राति सुहाना रात्री बसको चोर डिक्कीमा लुकाई छुपाई काठमाडौं लगिरहेको अवस्थामा चपुर प्रहरीले सो भन्सार छलीका समानहरु बरामद गरेका छन।पक्राउ परेपछि बास्तवमा रौतहटबाट चल्ने रात्री बसमा भन्सार छलीका समानहरु राजधानी पुगि रहेको प्रमाणित भएको हो। तर सो बसमा भन्सार छलीका समानहरु लोड हुदा सो ठाउँको प्रहरी किन चुप बसेका स्थानीयहरु प्रशन उठाउन थालेका छन।यस बिषयमा जानकारी लिन प्रहरी उपरीक्षक केदार ढकाललाई फोन गर्दा फोन रिसिभ नभएपछि उनको प्रतिकृया समावेश गरेन।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment