Onlinesiraha-Nepali |
- मिर्चैयामा वृद्धाश्रम निर्माण गर्ने मेयर यादवको उद्घोष
- सिरहा : सडक दुर्घटनामा तीन घाइते, एकको अवस्था गम्भिर
- स्वास्थसंग जोडिएको पर्व जितिया
मिर्चैयामा वृद्धाश्रम निर्माण गर्ने मेयर यादवको उद्घोष Posted: 01 Oct 2018 07:58 AM PDT राम नारायण पंडित, सिरहा, १५ असोज । मिर्चैया नगरपालिकामा सुविधा सम्पन्न वृद्धाआश्रम निर्माण हुने भएको छ । असहाय, गरिब, दलित, अपांग, जेष्ठ नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले वृद्धाश्रम निर्माण गर्ने योजना रहेको मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताएका छन् । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा आज (सोमबार) मिर्चैयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादबले गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकको बृद्धा अबस्थाको साहाराका लागि नगरपालिका भित्र बृद्धाआश्रमको आबश्यक्ता देखिएकोले निकट भबिष्यमा निर्माण गर्ने उदघोष गरेका छन् । बृद्धाआश्रम निर्माण गरी गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकलाई स–सम्मान सहित राखी पालनपोषण गर्ने मेयर यादबले स्पष्ट गरे । अगामी दिनमा जेष्ठ नागरिकका लागि थप योजनाहरु ल्याउने समेत उनले आश्वासन दिएका छन् । बर्तमान अवस्थामा आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पिडित हुने गरेको भन्दै उनले बृद्धबृद्धाहरुको माया र सम्मानको खाँचो रहेको औल्याँए । पैसा कमाउने उदेश्यले छोरा वैदेशिक रोजगारीमा गएपछि बुहारीले बृद्धबृद्धालाई हेला गर्ने परम्परा समाजमा बढ्दै गएकोले समेत जेष्ठ नगरिकहरु थप पिडित बन्दै गएको मेयर यादबले बताए । सन्तान घरपरिबारमा भएपनि बिभिन्न कारणले बृद्धबृद्धालाई झै– झगडा गर्ने, कुटपिट गर्ने, बेबास्ता गर्ने परम्परा बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न उचित कानुन बनाउनमा लागी परेको समेत उनले स्पष्ट गरे । जग्गाको खोजी भइरहेकोले सार्बजनिक जग्गा नभए खरिद गरेर भएपनि बृद्धाश्रम निर्माणका गर्ने मेयर यादबले बताए । ![]() नगरपालिकाका मेयर यादबको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिका रुपमा उपमेयर जिबछी देबि साह, प्रत्येक बडाका बडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साह, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र बहादुर भण्डारी, मिर्चैया ज्येष्ठ नागरिकका अध्यक्ष राधाकृष्ण साह, सचिब राजेन्द्र साह लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो । |
सिरहा : सडक दुर्घटनामा तीन घाइते, एकको अवस्था गम्भिर Posted: 01 Oct 2018 07:43 AM PDT राम नारायण पंडित, सिरहा, १५ असोज । मिर्चैयामा ट्रक र भारतीय कार एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका बडा नं. १ स्थित आज (सोमबार) विहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ३३५० नम्बरको ट्रक र पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको विआर ३० आर ५१७१ नम्बरको भारतीय कार एकापसमा ठोक्किदा ३ जना घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए । झापाको भद्रपुर नगरपालिका बडा नं. १ बस्ने ट्रकको चालक अन्दाजी ३० बर्षीय राजु श्रेष्ठ, पर्साको बिरगंज उपमहानगरपालिका बडा नं. १६ बस्ने कारको चालक अन्दाजी ३० बर्षीय लाबश चौरसीया र कारमा सबार सोही स्थानका अन्दाजी २५ बर्षीय पुनित कुमार महतो घाइते भएका छन् । घाइते मध्ये कारका चालक चौरसीयाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएका छन् । घाइतेहरुको मिर्चैयामा रहेको मंगलम हेल्थकेयरमा उपचार भइरहेको छ । |
स्वास्थसंग जोडिएको पर्व जितिया Posted: 30 Sep 2018 09:10 PM PDT भारती गुप्ता नवसंग्राम दैनिक लहान । जितिया महत्वपूर्ण पर्वको रुपमा रहेको छ । यो पर्वमा एक दिन पहिलेदेखि नै महिलाहरुमा रौनकता बढ्छन् । विहान यस पर्वको लागि नुहाउंने गर्छन् । अनि मात्रै खाने गरेको हुन्छ । दोस्रो दिन गाउंघरको छेउमा रहेको पोखरीमा गएर नुहाउंदै घिरौलाको पातमा सरसोको तेल खैयर मिलाएर भगवान जितवाहनको पूजा गर्छन् । पोखरीबाट घर फर्किएर कोदोको रोटी र माछा खाने चलन रहेको छ । तर, कतिले माछा मन नपराउंनेले कोदोको रोटी मात्रै खाएर मनाउंने गर्छन् । त्यसपछि वर्तालु महिलाहरुले राती ३ बजेसम्म फेरी घिरौलाको पातमा दही च्युरा अमोट तथा मिठाईहरु जितवाहनलाई चढाउंने गर्छन् । जितवाहनलाई चढाइएको पर्साद केही छिनपछि वर्तालुले खान्छन् र आफ्ना बालबच्चालाई समेत खान लगाउंछन् । सोही दिनलाई 'धिआपुताके ठोक सुतावही अपना खाई भोर थारी' भने कहावत समेत रहेको छ । त्यसपछि तेस्रो दिन निराहर वर्त बस्ने गर्छन् । त्यही दिन चार बजेतीर नजिकको जलासय तथा नदीमा पुग्ने गर्छन् । त्यहां विभिन्न किसिमको फलफुल तथा बेलपत्र र चामल केराउ दानालगायत खेतवारीमा उब्जाउ गरेको बाली राख्ने गर्छन् । अनि मात्रै पुजा गर्दै महिलाहरु समूहगत रुपमा जितिया पर्वको कथा वाचन गर्छन् । त्यस कथामा चिल्लो स्यारो (चिल र स्याल) को वारेमा चर्चा गर्छन् । त्यसपछि तेस्रो दिनको आधारमा पारन गर्छन् । पारनका दिन केराउका दाना , खिरा (काक्रो) र चामल खाने गर्छन् । अनि जितिया पर्व समापन हुन्छ । जितिया पर्वको कथा![]() कैयौ बर्ष पहिलेदेखि यो कथाको आधारमा महिलाहरु जितिया पर्व मनाउंने गर्छन् । एक दिनको कुरा हो । जितिया पर्व गर्नको लागि नुहाईखाई दिन महिलाहरुको एक समूह नदिमा गएको थियो । जब नदिमा नुहाउंन लागियो । त्यहां चिल्लो र स्यालो पनि हेरिरहेको थियो । उनीहरु साथी थिए । महिलाहरु जसरी नदीमा नुहाउंन लागियो त्यसरी नै तिनीहरु पनि नुहाउंन थालियो । महिलाहरुले घिरौलाको पातमा तेल खैयर चढाइयो । उनीहरु पनि तेल खैयर चढाइयो । महिलाहरु पुजा गरेर घर फर्कियो अनि चिल्लो र स्यालो पनि फर्कियो । चिल्लो रुखमा चढियो अनि स्यालो रुख मुनी बसियो । उता, महिलाहरु दोस्रो दिन निराहर वर्त बस्दा चिल्लो स्यालो पनि सोही अनुरुप आफ्नो बासस्थानमा बसियो । त्यही दिन एक राजाको छोराको मृत्यू भएको थियो । त्यो लाशलाई नदिको छेउमा गाडिएको थियो । चिल्लो चाही रातभरी निराहर वर्त बसियो । उता, स्यालो चाही रुखमुनी बसेका थियो । स्यालो वर्त बस्न सकिएन । स्यालो लाशलाई कोरेर खायौ । चिल्लो निराहर वर्त बसियो । केही समयपछि दुवै (चिल्लो स्यालो)को सन्तान जन्मिन्छन् । स्यालोको सबै सन्तानको अकाल मृत्यू हुन्छ । अनि चिल्लोको सन्तान सबै बाच्छन् । एक साथीको बच्चाको मृत्यू र अर्का साथीको बच्चा जिउंदो बाच्ने गरेकोले एकआपसमा विवाद हुने गर्छन् । स्यालोलाई आफ्नो सन्तान मृत्यु भएको कारण चिल्लोमाथी शंका गर्न थाल्छन् । चिल्लोलाई बोक्सीको आरोप लगाउंन थाल्छन् । अनि सधैं विवाद हुने गर्छन् । विवाद समाधनको लागि पंचायत बस्छन् । पंचहरुले तिनीहरुको झगडाको रहस्य के हो ? भनेर प्रश्न खोज्न थाल्छन् । स्यालोले आरोप लगाउंछन् चिल्लो बोक्सी हो । मेरो सबै सन्तानलाई खाइदिन्छन् । त्यसपछि पंचहरुले भने तिमी दुवै जना भोमिट गर । त्यसपछि सबैलाई थाहा हुन्छ । चिल्लोले चामल र केराउको दाना ओकलियो । स्यालोले लाश खाएको मासु ओकलियो । यसरी वर्तको दिन निराहर बसेका चिल्लोका सन्तान जिवित रहियो र स्यालो पर्व गरेपनि लाशको मासु खाएकोले उनको सन्तानको मृत्यु भएको पंचहरुले ठहर गरियो । वर्त बसेर पनि नित नियम पालन नगरेकोले सन्तानको मृत्यू भएपछि यो पर्वलाई निष्ठाको रुपमा मनाउंन थालियो । निष्ठा पूर्वक पर्व मनाउंनेका सन्तानहरु बाच्ने गरेकोले नै महिलाहरुले पनि सोही दिनदेखि महत्वपूर्ण रुपमा जितिया पर्व मनाउंन थालेको छ । जितवाहनको मुख्य कथा राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका थिए । त्यसैकारण त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक मान्यता रहेको छ । महिलाहरुले आफ्ना छोराछोरीहरुको अल्पायुबाट बचाउंन यो जितिया पर्वलाई महत्वका साथ मनाउंने गर्छन् । चालिस बर्षदेखि जितिया पर्व गर्दै आएकी लहान ७ की जानकी चौधरी भन्छीन् —'म सबै पर्व भन्दा जितिया पर्व महत्वका साथ मनाउंछु । किनकी यो पर्वले मेरा सन्तानको रक्षा गर्छन् ।' 'यसैले महिलाहरु निरहार वर्त बसेर आफ्नो सन्तानको दीर्घायुको लागि कामना गर्छन् । चिल्लो स्यालोको कथामा चिल्लोले निराहर वर्त बसेकोले उनी स्वस्थ भएको कारण उनका बच्चाहरु मृत्यु हुनबाट बाचियो । तर, स्यालोले सडेगलेको लाशको मासु खाएकोले विभिन्न किटानु र रोग प्रवेश गरेको थियो । जसले स्यालोको शरिर स्वस्थ नभएकोले उनका बच्चाहरुको मृत्यू भएको वैज्ञानिक आधार स्पष्ट हुन्छ । स्वास्थ्य नै धन हो । स्वस्थ जीवन सुखमय जीवन हो । आजको समयमा पनि सडेगलेको खाना खाएमा शारिरीक समस्या हुने गर्छन् । सडेगलेको खाने मानिसको शरिर अस्वस्थ हन्छ अनि बोक्सी गरेको आरोप लगाउंने चलन छ । यसैले अन्धविश्वासमा लाग्नु हुंदैन । स्वस्थ र सफा खानाको प्रयोग गर्नुपर्छ । अनि दीर्घायु जीवन बाच्न सकिन्छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment