/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मधेशलाई अलग पार्न सरकारले चुरेक्षेत्रमा सिमारेखा कोर्दै ः सांसद गिरी

Posted: 28 Jun 2018 05:06 AM PDT

नवसंग्राम दैनिक लहान, १४ असार । सरकारले चुरेमा मदन भण्डारी मार्ग बनाउंने जुन योजना ल्याएको छ । यसले मधेशलाई अलग गर्न खोजिएको सांसद सरिता गिरीले दावी गर्नुभएको छ । बाल संरक्षण सामुदायिक अध्ययन केन्द्र जनकपुरले आज लहानमा आयोजनाको अन्तरक्रिया कार्यक्रममा सांसद गिरीले पहाडमा विपि मध्यमार्ग तयार भइरहेको बेला चुरेक्षेत्रमा थप झापादेखि कंचनपुरसम्म मार्ग बनाउंने योजनाले मधेशको सिमा रेखा कोरे सरह हुने बताउंनुभयो । चुरेक्षेत्रमा बन्ने मार्गले वनजंगल विनाश हुने निश्चित रहेकोले यसको असर सिधैं मधेशमा पर्ने सांसद गिरीले बताउंनुभयो । गिरीले निजगढ स्थित बन्ने अन्तर्राष्ट्रिय विमान स्थलको कारण २४ लाख रुख कटान हुने भन् दै मधेशप्रति सरकारको नजरिया गलत रहेको ठहर गर्नुभयो । लहानको बलान खोलाले सयौ घर उठिवास भएको छ । हजारौ विघा जग्गा वगर बनेको छ । यसप्रति सरकारको ध्यान अझैपनि छैन । सरकारले बन जंगल लगाउंनुपर्ने ठाउंमा विनाश मात्रै गरिरहेकोले यसलाई आन्दोलनको रुपमा अघि बढाउंन सांसद गिरी आव्हान गर्नुभयो । कार्यक्रममा लहान १८ भदैयाका वडाध्यक्ष मो.समशेरले 'बलान नदीको कटानले हाम्रो गाउंमा ६० विघा जग्गा वालुवा भयो ।' 'सरकारले २० बर्षदेखि निरिक्षण मात्रै गरिरहेको छ ।' संघीय समाजवादी फोरमका युवा नेता परियाग यादवले '०५२ सालमा कोईराला प्रधानमन्त्रीलाई गाउं निरिक्षण गर्न लगे ।''तर, हालसम्म एउटा काम भएन ।' 'सिमरा सखुवामा हजारौ विघा जग्गा वगर बने ।' 'राजालाई भेटे ।' 'आजसम्म उभो लागेन ।' 'अब लहान नगरपालिकाले भएपनि बजेटिंग गरेर समस्या समाधान गर्नुपर्ने समय आएको छ ।' 'संघीय सरकारलाई यसप्रति चासो लिनुपर्ने समय आएको छ । उनले बताए । सप्तरीको सुरुंगा नगरपालिकाका प्रवक्ता आशाराम विकले 'पर्यावरणको कारण धेरै जसो जग्गा बांझो छ ।' 'बलान छेउका बासी उठिवासमा छन् ।' 'हाम्रो नगरपालिकाले सक्दो सहयोग गर्न तयार रहेको' बताए । नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले 'सिरहाको २५ प्रतिशत जग्गा बांझो रहेको छ । यसमा पनि बलान खोलाको कारण थप जग्गा बगरमा परिनत भएकोले खाद्य संकटको अवस्था आउंन सकिने दावी गर्नुभयो । कार्यक्रममा बाढीबाट पीडित रहेका लहान १० गुदीगाउंका गणेश विसुन्के, लहान ५ वलुवाटोलका मो.तसलिम, खुट्टी खोला समुदायिक संजाल सिरहा सप्तरीका सचिव डम्बरनारायण यादवलगायतले 'हाम्रो जग्गा वगर बनिसकियो ।''बाढीले घर भत्किसकियो ।' 'आजसम्म राहत पाएका छैनौ ।' 'हामी जनश्रमदान गर्न तयार छौ ।' ' हाम्रो घर जग्गा व्यवस्थापन गरिदिनुस् ।' गुनासो पोखे । कार्यक्रमका सहजकर्ता जसकरण साह रहेका थिए भने सभाध्यक्षता जिल्ला वन कार्यालय सिरहा लहानका सहायक अधिकृत राजकुमार ठाकुरले गरेका थिए । बलान खोलाले सिरहाको लहानदेखि सखुवानन्कारकट्टीसम्म र सप्तरीको सुरुंगा नगरपालिकादेखि बलानविहुलसम्म ३ सय ९५ घर प्रभावित छन् । हजारौं विघा जग्गा वगरमा परिनत भइसकेको छ ।

मिर्चैया - निःशुल्क स्बास्थ्य तथा बाझोपन शिबिरमा पाँच सय पशुको उपचार

Posted: 28 Jun 2018 12:05 AM PDT

राम नारायण पंडित, सिरहा, १२ असार । मिर्चैयामा एक दिने निःशुल्क पशु स्बास्थ्य तथा बाझोपन निबारण शिबिर सम्पन्न भएको छ । शिबिरमा बाख्रा, गाई, गोरु, भैसी लगायतका पशुहरुलाई आज (मंगलबार) निःशुल्क उपचार गरिएको मिर्चैया नगरपालिकाका पशु शाखाका संयोजक नगेश्वर हाथीले बताए । संयोजक हाथीको नेतृत्बमा रहेका २५ जनाको चिकित्सक र प्राबिधिकहरुको टोलीले पशुचौपायाहरुलाई उपचार गरेका छन् ।
टोलीमा पशु प्राबिधिक युगेश्बर साह, डा.रामगुलाम यादब, डा.सुनिल कुमार साह र पशु चिकित्सक राजेन्द्र प्रसाद साह लगायतका रहेका थिए ।

पशुहरुलाई निःशुल्क जाँच गरी करीब ७० हजारको औषधी बितरण गरिएको उनले बताए । शिबरमा ३ सय ७२ कृषकका ५ सय ८९ पशुलाई खोप र ५ सय ७ पशुलाई उपचार गरिएको संयोजक हाथीले बताए । 
मिर्चैया नगरपालिका बडा नं. ८ का बडा अध्यक्ष रामजगत यादबको अध्यक्षता तथा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलेको प्रमुख आतिथ्यमा शिबिर सम्पन्न भएको हो । मिर्चैया नगरपालिकाको आर्थिक सहयोग र पशु शाखाका समन्बयमा शिबिर संचालन गरिएको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment