Onlinesiraha-Nepali |
शहीद परिवारलाई रोजगारी दिने प्रदेश सरकारको निर्णय Posted: 29 Jun 2018 07:44 AM PDT जनकपुरधाम, अषाढ १५ गते । . प्रदेश नं.२को सरकारले मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय गरेको छ । मन्त्री परिषदको विहीवार बसेको बैठकले मधेश आन्दोलनका शहीद परिवारको आर्थिक , समाजिक तथा शैक्षिक तथ्यांक तथा विवरण संकलन गरि क्रमशः रोजगारी दिने निर्णय गरेको हो । शहीद परिवाहरुको तथ्यांक संकलन भएपछि उनिहरुको योग्यता र क्षमताको आधारमा रोजगारी दिने निर्णय गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताउनु भएको छ । सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई प्रकृति हेरी तीन लाख सम्मको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय यस अघि नै गरि सकेको छ । |
शहिदनगरमा छुवाछूत मुक्त गर्न प्रत्येक वडामा सडक नाटक Posted: 28 Jun 2018 06:14 PM PDT नरेशचन्द्र बरबरिया ,धनुषा असार १५ गते । सहिदनगर नगरपालिकाको छुवाछूत मुक्त अभियान अन्तरगत दुई दिने जनचेतना र सडक नाटक सम्पन्न भएको छ । असार १३ गते यदुकोहा बजारबाट शुरु भएको नाटक औपचारिक रूपमा नगरपालिका का मेयर उदय बरबरिया ले उदघाटन गरेको थियो । २१औ शताब्दीको फेरिदै गरेको सामाजको स्वरुप लाइ नेपाली सामाजले स्वीकार्नुको साटो पुरानो कुरितिरिवाज लाई अङाल्नु दु:खद रहेको नगरप्रमुख ले औल्याए । नव ज्योति युवा कल्बको सहकार्यमा "घुरियाल सामाज" नामक नाटक नगरपालिका को ९वटै वार्डमा एक वार्ड एक इभेन्ट नाटक प्रस्तुत गरेको थियो । नाटकमा रामनारायण ठाकुर , राजेश सक्सेना , मदन ठाकुर , अनिता रानी मन्डल ,गङाकान्त झा , धिरज ठाकुर , रोहित साह , सुनिता पासवान ले अभिनय गरेको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment