/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैया - कुष्टरोगी खोज्न स्वास्थ्य स्वयंसेविकाहरु गाउँगाउँमा

Posted: 26 Jun 2018 07:42 AM PDT

राम नारायण पंडित, सिरहा, १२ असार । मिर्चैया नगरपालिकाले कुष्टरोगी खोजी गर्न स्वास्थ्य स्वयंसेबिकाहरुलाई गाउँगाउँमा परिचालन गर्ने भएका छन् । नगरपालिकाका स्वास्थ्य शाखाले आज (मंगलबार) एक कार्यक्रम गरी स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई बुधबारदेखि कुष्टरोगी खोजी गर्न गाँउगाँउमा पठाउने बताएका छन् । नगरपालिकाका बडा नं. १, २, ३ र १२ मा कुष्टरोगीहरुमा देखिने नचिलाउने दागको खोजी गर्नका लागि असार १३ गते बुधबबारदेखि १५ गते शुक्रबारसम्म ७२ जना स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई परिचालन गर्ने मिर्चैया नगरपालिकाका स्बास्थ्य शाखा प्रमखु सुरेश सिंहले बताए । लाटो फुस्रो दाग देखिएमा खोजी टोलीले तत्कालै रोगीलाई रोग निदान टोलीमा पठाउने र त्यहाँ सम्भब नभए सुपरभिजन टोलीमा पठाई निःशुल्क उपचार गरिने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका क्षयरोग तथा कुष्टरोग अधिकृत उमेश यादबले बताए । सिरहामा प्रत्येक १० हजार मानिसमध्ये १.३० प्रतिशतमा पिआर दखिएको छ । यो कार्यक्रम लहान, धनगढी, गोलबजार, कर्जन्हा र सिरहा नगरपालिकामा संचालित रहेको नगरपालिकाका स्वास्थ्य सहसंयोजक बिजय महतोेले बताए । मिचैैया नगरपालिकाको उक्त चारवटै बडामा ९ जना कुष्टरोगी रहेका छन् ।

यातना पिडित सहयोगार्थ अन्तराष्ट्रिय दिवसको अवसरमा लहानमा प्रभातफेरि

Posted: 26 Jun 2018 07:37 AM PDT

सिरहा, १२ असार । यातना पिडित सहयोगार्थ अन्तर्रािष्ट्रय दिवसको अवसरमा लहानमा प्रभात– फेरि गरिएको छ । सिरहाको लहानमा मानव अधिकारकर्मीहरुले राज्यले विभिन्न बहानामा नागरिकलाई यातना दिने गरेको हुनाले सो यातनाको बिरुद्ध पिडितलाई न्याय दिलाउने उद्देश्यले तराई मानव अधिकार रक्षक संजालले आज (मंगलबार) प्रभात फेरि गरेको हो ।
लहान नगरपालिकाको बिभिन्न भागको परिक्रमा गर्दै शहिद रमेश चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै थर्ड एलायन्सका मानवअधिकार अधिकृत किरण कुमार कर्णले राज्यमा सुशासन व्यवस्था कायमको लागि प्रहरी प्रशासनले बन्दुकको दम्भ नत्यागेसम्म नागरिकले स्वतन्त्रतापुर्वक बाच्नलाई चुनौती रहेको बताए ।
मानव अधिकारकर्मी रेणु कर्णले यातना बिरुद्ध पिडित आफै अग्रसर भएमा राज्य स्वयम् गम्भीर भई यातनामा न्यूनीकरण हुने बताए । सिरहा मानव अधिकार रक्षक संजालको समन्वयमा भएको कार्यक्रमको सन्चालन अध्यक्ष चदन कर्णले गरेका थिए । 
कार्यक्रममा नेपाल पत्रकर महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ता, ईन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, संजालका सचिव राम नारायण पण्डित, समग्र जन उत्थान केन्द्रका कार्यक्रम संयोजक देवराज पोखरेल, अधिकारकर्मी मुकेश यादव, महेश सिह र तन्जिला खातुन लगायतहरुको उपस्थिति रहेको थियो ।



तस्करहरुक मालसमान समात्न सुरु गर्दा प्रहरी संगठनलाई नै बदनाम गर्दै तस्करहरु।

Posted: 26 Jun 2018 01:16 AM PDT

अमित ठाकुर।रौतहट।अाषाढ १२। रौतहट जिल्लामा प्रहरी उपरीक्षक रबिन्द्र केसीले कमाण्ड लिएपछि दिन प्रतीदिन तस्करीमा ठूलो सफल्ता मिल्न थालेका छन। भारत बिहार बजारबाट भन्सार छलिका समानहरु रौतहट ल्याउन साथ प्रहरीले तुरुन्तै ती भन्सार छलिका समानहरु पक्राउ गरि भन्सार बुझाउने कार्य अहिले तिब्र गतिमा बढ्न थालेका छन। ठुल-ठुला परिणाममा तस्करीका मालसमान पक्राउ भएपछि तस्करहरुले प्रहरी संगठनलाई नै बदनाम गर्न थालेका छन। यस बिषयमा प्रहरी निरीक्षक मनोज यादव संग कुराकानी गर्दा उनले भने तस्करहरु जति कराअोस हाम्रो संगठन छाड्ने छैन, हाम्रो संगठनबाट  ठाउँ ठाउँमा चेकजाँच भईरहेको छ। गए राति चेकजाँच गर्ने क्रममा रौतहट जिल्लाको गौरमा रहेको नयाँ बसपार्कबाट काठमाडौं जाने अवतार बसबाट बाथरुम सेट ३ पोका लगभग १ लाख मूल्य बराबरको समातेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिएको छ। केही दिन पहिला भन्सार छलिका १६१ थान पारा र भैंसी पक्राउ भएको थियो। सो पोका राजपुर चौकबाट बसमा लोड गरेको प्रहरीले जनाएको छ। कुनै पनि अबैध समान रौतहट अाएपछि सुचना मिल्न साथ छाड्ने छैन। पहिलाको तुल्नामा अहिले रौतहटमा तस्करीमा कमि भएको र खुल्ला सिमाना भएको कारण अलि हामीलाई अफ्ट्यारो भईरहेको प्रहरी निरीक्षक यादवले जनाएको छ।

असारे बजेटको एक नमुना गोलबजारमा, विकासको नाममा हात्तीको देखाउंने दांत

Posted: 25 Jun 2018 08:34 PM PDT

गणेश साह  नवसंग्राम दैनिक लहान ११ असार । सिरहाको गोलबजार नगरपालिकामा बनाउंदै गरेको ढल निकास (नाला) भत्किएको छ । गोलबजार नगरपालिकाले देखावटी विकासको नमुना पेश गर्दा परिणाम चाडै सार्वजनिक भएको छ । ६५ लाखको लागतमा निर्माण भइरहेको पक्कि नालामा कमसल सामाग्री प्रयोग गर्दा समान्य बर्षामा भत्किएको जानकारीमा आएको छ । गोलबजार ४ स्थित निर्माण गर्दै गरेको नालामा तोकिएको सामाग्री प्रयोग नहुंदा भत्किएको स्थानीयहरु बताउंछन् । कम मात्रामा सिमेन्ट र सागर कम्पनीको दोस्रो तहका ईटा प्रयोग गरेकोले उक्त बन्दै गरेको नाला भत्किएको स्थानीयहरुको आरोप छ ।  एक स्रोतका अनुसार मेयर देवनाथ साहले आफन्तका कम्पनीका ईटा प्रयोग गरिएको दावी छ । यसमा प्राविधिकहरुको समेत कमि कजोरी रहेको छ भने नगरपालिकाका कार्यकारी अधिकृतले कमिशन पाएकोले कमसल सामाग्री प्रयोग गर्न बाध्य भएको हो । गोलबजार नगरपालिकाका केही जनप्रतिनिधिहरुले विकासको नाममा व्यापक अनियमितता गरेकोले ठोस काम हुन नसकेको आरोप छ । लक्षितवर्गको कार्यक्रममा समेत गोलबजार नगरपालिकाले कमिशनमा आफ्ना नजिकका संघ संस्थाहरुलाई कार्यक्रम दिएको स्रोतको दावी छ । यत्तिवेला विकासको नाममा गोलबजार नगरपालिकाले हात्तीको देखाउंने दांतको चरितार्थ शैली प्रदर्शन गरिरहेको छ । गोलबजार नगरपालिकापक्षले बर्षाको कारण नाला भत्किाएको हो । अहिले ईंटा र बालुवा सिमेन्ट राम्ररी नजमेको कारण भत्किएको हुनसक्छ । यसलाई चाडै मर्मत गरेर काम अगाडि बढाउंने बताएका छन् । असारे बजेट झ्वाम पार्न गोलबजार नगरपालिकाले ठोस काम नगरेको आरोप छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment