/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


प्रदेश २को सरकारलाई १३ वटा विधेयक मस्यौदा हस्तान्तरण

Posted: 25 Jun 2018 10:36 AM PDT

जनकपुरधाम, अषाढ ११ । प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयक निर्माण गरि आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
समितिका संयोजक एवं प्रदेश नं. २का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई आज सो विधेयक मस्यौदाहरु हस्तान्तरण गर्नु भएको हो ।
यस अघि नै समितिले बुझाएको ८ वटा विधेयक मध्ये २ वटा प्रदेश सभाले पारित गरि सकेको छ भने अन्य ६ वटा विधेयक प्रदेश सभामा छलफलको क्रममा रहेको छ।
समितिले आज हस्तान्तरण गरेको विधेयकहरुमा  लैङ्गिक तथा  घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, विद्युत प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०७५ , प्रदेशीय व्यवस्था बमोजिम वन जंगल संरक्षण र व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश नं. २ गुठी व्यवस्थापन विधेयक, २०७५, प्रदेश नं. २ को विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७५,  प्रदेश नं. २ फ्रिक्वेन्सी मोडुलेशन (एफ. एम. रेडियो) सञ्चालन तथा नियमन गर्न बनेको विधेयक, २०७५, प्रदेश नं. २ वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको सामाजीक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०७५, प्रदेश नं. २ प्रदेश लोक सेवा आयोग (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०७५, प्रदेश २ शिक्षा ऐन , २०७५,  प्रादेशिक प्रशासनका लागी आवश्यक कर्मचारी भर्ना सम्बन्धि विधेयक, २०७५, गाउँ सभा र नगर सभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ , प्रदेश नं २ कोप्रदेश सभासचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धि विधेयक २०७५  रहेको छ ।
lयस अघि प्रदेश सभा दर्ता भएको विधेयकहरुमा मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्बन्धि विधेयक र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धि विधेयक पारित भै सकेको छ भने , मुख्य न्यायाधिवक्ताको काम कर्तव्य तथा अधिकार सम्बन्धि विधेयक, नीति आयोगको  काम कर्तव्य तथा अधिकार सम्बन्धि विधेयक , प्रदेश प्रहरी ऐन २०७५, जिल्ला नगर तथा गाँउ सभा संचालन सम्बन्धि कार्यविधि विधेयक , लिखत प्रमाणीकरण सम्बन्धि विधेयक २०७५ , स्थानीय तह पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि विधेयक माथि छलफल जारी रहेको छ ।

वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी पाँच दिवसीय तालिम सम्पन्न

Posted: 25 Jun 2018 10:07 AM PDT

महेश सिंह महतो 
सिरहा ।पूर्ण सरसफाई केन्द्रित गर्ने हरेक खाले कार्यमा वडाको पूर्ण साथ रह्ने वडाध्यक्षहरुले प्रतिबद्धता जनाए । उनीहरुले भने,'यो कुनै एक व्यक्ति, समुदाय र निकायको मात्र नभई राष्ट्रिय पहिचानको लक्ष्य रहेको हुँदा यसलाई पुरा गर्न हरेक खाले सयोग गर्न हामी तयार छौं ।' कार्यक्रम पाँच वटै वडाका वडाध्यक्षहरु क्रमश गोपिन्द्र यादव, रामइश्वर यादव, जयकुमार यादव, राजकुमार यादव, कपिल देव यादवको सहभागीता रहेको थियो ।
विष्णुपुर गाउँपालिकाको सहयोगमा भएको उक्त तालिममा पाँच वटै वडाका ६० जनाभन्दा बढिको सहभागीता रहेको तालिम संयोजक शिवदयाल यादवले बताए । उनले तालिममा समावेशी तवरले सहभागी छनौट गरिएको र सबै वडाको प्रतिनिधित्व गराइएको जनाए । उनका अनुसार पूर्ण सरसफाई सम्बन्धी अन्य क्रियाकलाप गर्न पाँच वटै वडामा समिति गठन गरिएका छन् ।
राष्ट्रिय लक्ष्यमा सहयोग पुगोस भने अभिप्रायका साथ गाउँपालिकाले पूर्ण सरसफाई सम्बन्धी निर्धारण हरेक खाले क्रियाकलापलाई प्रशासनिक तवरले सहयोग गर्न तयार रहेको प्रमुख प्रशासकिय अधिकृत रामप्रमोद यादवले बताए । गाउँपालिकाको हित र प्रतिष्ठा कर्मचारीको लागि गौरवको विषय रहेको उनले तर्फ राखे ।

मिर्चैया नगरपालिकाको बजेट ४७ करोड

Posted: 25 Jun 2018 06:38 AM PDT

राम नारायण पंडित, सिरहा, ११ असार ।  मिर्चैया नगरपालिकाले अगामी आर्थिक बर्षका लागि ४७ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेका छन् । अगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि आइतबार सम्पन्न दोस्रो नगरसभाले रु. ४७ करोड ७६ लाख ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् । 
आन्तरिक आयतर्फ रु. १ करोड ५ लाख, राजस्ब बाडफाड (नेपाल सरकार) तर्फ रु. ८ करोड ८५ लाख ३१ हजार, सर्शत अनुदान (नेपाल सरकार) तर्फ रु. १४ करोड ४८ लाख, बित्तिय समानिकरण तर्फ रु. १३ करोड ५६ लाख, सर्शत अनुदान (प्रदेश सरकार) तर्फ रु. १ करोड, बित्तिय समानिकरण (प्रदेश सरकार) तर्फ रु. ३१ लाख ८० हजार, सामाजिक सुरक्षा तर्फ रु. ८ करोड १५ लाख ५७ हजार र सडक बोर्ड नेपाल तर्फ रु. ३५ लाख गरी ४७ करोड ७६ लाख ७८ हजारको अनुमानित रकम नगरपालिकाका मेयर श्रबण कुमार यादबले बिनियोजन गरेका हुन् ।
व्यायतर्फ चालु बित्तिय समानिकरण र राजस्ब बाडफाड खर्चमा रु. ९ करोड १८ लाख ५९ हजार, चालु सर्शत खर्चमा रु. १५ करोड ४८ लाख, समाजिक सुरक्षा भत्ता चालु तर्फ रु. ८ करोड १५ लाख ५७ हजार रहेको छ । त्यसैगरी, ब्याय तर्फ पुजिँगत (बित्तिय समानिकरण राजस्व बाडफाड) खर्चमा रु. १४ करोड ५९ लाख ५२ हजार, सडक बोर्ड नेपाल रु. ३५ लाख गरी चालु र पुजिँगत खर्चको कुल रकम ४७ करोड ७६ लाख ६८ हजार अनुमानित व्याय रहेका छन् ।

बजेटले नगरको बिकास, शिक्षा, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

लहान नगरपालिकाको बजेट १ अर्ब ३५ करोड फोटो सहित

Posted: 25 Jun 2018 01:51 AM PDT

फिरोज शेख लहान २०७५ असार ११ । जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले "समृद्ध लहानको आधार ः कृषि, उद्योग, पर्यटन र पूर्वाधार"भन्ने मूल नाराका साथ स्वच्छ, समृद्ध र सुन्दर नगर निमार्ण गर्ने वाचासहित आर्थिक वर्ष ०७५/७६ को आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार दोस्रो नगर सभा गरेर नगरपालिकाले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। लहान नगरपालिका प्रमुख मुनि साह सुडीको अध्यक्षता तथा केन्द्रिय कानुन मन्त्री शेर वाहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमा सिरहा ३ का प्रतिनिधि सभा सदस्य लिलालनाथ श्रेष्ठ, सिरहा १ का प्रतिनिधि सभा सदस्य प्रदिप गिरी , सामानुपातिक प्रतिनिधि सभा सदस्य सरिता गिरि,सिरहा १ (क ) का प्रदेश सभा सदस्य लगन लाल चौधरी ,( ख ) प्रदेश सभा सदस्य अशोक यादव ,जनप्रतिनिधि ,नगरपालिकाको कर्मचारी संगै वुद्धिजीवि,नागरिक समाज , संचारकर्मी उपस्थित रहेको उक्त  नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका नगर प्रमुख मुनि साहले आर्थिक वर्ष ०७५/७६ का लागि लहान नगरपालिकाको बजेट १ अर्ब ३५ करोड २५ हजार रहेको  बताउदै नगरपालिकालाई प्रदेश स्तरकै शिक्षा हवको रुपमा बिकास गरीने बताएका छन्।
आगामी आर्थिक वर्ष ०७५/७६ को आय तर्फ संघीय सरकारबाट वित्तीय समानीकरण २१ करोड ८३ लाख , राजश्व वाडफाड १३ करोड , सामाजिक सुरक्षा तर्फ
१५ करोड ,सशर्त तर्फ २५ करोड ६३ लाख गरि ७५ करोड ४६ लाख , प्रदेश सरकारबाट वित्तीय सामान्यीकरण ५० लाख सशर्त १ करोड गरि १ करोड ५० लाख ,सडक बोर्डबाट १करोद ,आन्तरिक तर ५ करोड ५४ लाख २५ हजार ,चालु आर्थिक वर्षको असारमा बाँकी रहने बचत ३० करोड तथा न्यून पूर्तिको २१ करोड ५० लाख गरि जम्मा १ अर्ब ३५ करोड २५ हजारको आय अनुमान गरिएको र वय तर्फ चालु खर्च ६० करोड ७८ लाख ६७ हजार र पुँजीगत खर्च तर्फ ७४ करोड २१ लाख ५८ हजार प्रतावित गरिएको छ।
आगामी आर्थिक वर्ष ०७५/७६ मा नगरपालिका क्षेत्र भित्र नगर सभाहल , घण्टाघर , विधुतीय पुस्तकालय ,महिला विद्यालय , स्मार्ट मार्केट ,लहान चक्रपथ ,चिडिया घर लगायतका आयोजनाहरुलाई उच्च प्राथमिकतामा राख्दै नमुना नगर सडक निर्माण , विभिन्न सडक कालोपत्रे कार्य , व्यापारिक भवन निर्माण , वाचनालय भवन निर्माण , महिला विधालय भवन निर्माण , कृषि यान्त्रिक कार्यशाला निर्माण ,यान्त्रिक उपकरण खरिद ,चक्रपथ सिमाङ्गकन आदि कार्य अगाडी बढाउनका लागि समेत बजेटको व्यवस्था गरिएको छ।
आगामी आर्थिक वर्ष ०७५/७६ मा लहान नगरपालिकाले लिएका विभिन्न नीतिहरु अन्तर्गत पूर्वधार एवं शहरी विकाश , शिक्षा तथा खेलकुद ,स्वास्थ्य तथा सरसफाई,पशु ,कृषि ,सिचाई तथा भुमि र उधमशीलता , सामाजिक विकाश,विपद तथा वातावरण व्यवस्थापन ,संस्थागत विकास ,सेवा प्रवाह र सुशासन, बजेट निर्माण तथा कार्यान्वयन सम्बन्धि नीतिहरु रहेका छन् ।
यसै बीच प्रदेश नम्वर २ कुनै प्रदेश भन्दा गरीव नरहेको केन्द्रिय कानुन मन्त्री शेर वाहादुर तामाङ्ग बताउनु भएको छ ।"समृद्ध लहानको आधार ः कृषि, उद्योग, पर्यटन र पूर्वाधार"भन्ने मूल नाराका साथ आयोजना भएको लहान नगरपालिकाको दोस्रो नगर सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुँदै सरिता गिरीले शुभकामना मन्तव्य राखने क्रममा ७ वटै प्रदेशहरु मध्ये २ नम्बर प्रदेश सब भन्दा गरिब रहेको प्रशंग लाई जोड्दै कानुन मन्त्री तामाङ्गले यस्तो बताउनु भएको हो ।  "नेपालीसंग के छैन ? प्रकृति नदी नाला उर्वर भूमि जलश्रोत लगायत सवै थोक भएको देश नेपाल पनि गरीव छैन प्रदेश नम्वर २ त झन गरीव छैन । अब हामीले आफनो श्रोत साधनको खोजी गरेर देश प्रदेशको समृद्धिमा लाग्नुपर्छ" , उहाँले भन्नुभयो । 
भारत र चीनसंग समदुरीमा रहेर हामी हाम्रो देश प्रदेश आफैले बनाउन लागौ भन्दै मन्त्री तमाङ्गले मधेशको पक्षमा केन्द्रिय सरकार रहेकोछ , प्रदेश नम्वर २ को समृद्धिको आधार कृषि पर्यटन नै रहेकोले कोशी कमला डाईभर्सन संचालन गरेर प्रदेश नम्व २ लाई सम्पन्न बनाउन केन्द्रिय सरकारबाट हरेक सहयोग प्राप्त भईरहने विश्वास दिलाउनुभयो । मधेशमा पहिचान र संघियताको लागि भएको आन्दोलनको केन्द्रविन्दु लहानलाई समृद्ध सम्पन्न लहान बनाउनको लागि नगरपालिकाले सार्वजानिक जमीन छुट्टयाएर कृषि प्रयोजनमा लगाउनुस थोरै कर सरकारलाई दिएर उत्पादनमा जोड दिए समृद्ध लहान बनाउन अर्बौको बजेट आफ्नै श्रोत र साधनबाट पनि ल्याउन सक्ने संभावना रहेको उहाँले स्पष्ट गर्नुभयो । 
सामाजिक न्यायको लागि स्थानीय तहले स्वयम कानुन बनाउन सक्ने भएकोले न्यायको लागि केन्द्रकै मुख ताक्नु हुँदैन ,सिंहदरबारको अधिकार गाँउमा ल्याई पुरयाई दिएको यो संविधानलाई व्यवहारमा उतार्न स्थानीय तह सक्षम भएर काम गर्न पछि पर्नु हुँदैन, मधेशका सशस्त्र समूहहरुले हिंसात्मक गतिविधि छोडेर शान्ति विकासको लागि एकाकार भएर काम गर्ने वेला आएको छ  , मधेशमा रहेको नागरिकताको समस्या समाधान गर्न आवश्यक परे संविधान संशोधन गर्न पनि सरकार पछि हट्दैन मन्त्री तामाङ्गले प्रतिवद्धता व्यक्त गर्नुभयो । 
नेता लिलालनाथ श्रेष्ठ, प्रदिप गिरी , लगन लाल चौधरी ,अशोक यादवले अब बोलेर समय खेर फाल्ने बेला होईन , गरेर देखाउ । प्रदेश नम्वर २ कै संभावना भविष्य बोकेको लाहानको समृद्धिको लागि सवैको भावना र चाहनालाई समेटेर एकतावद्ध भई लहानको विकासमा लाग्न आग्रह गर्दै आवश्यक सहयोग केन्द्रिय र प्रदेशबाट लहान नगरपालिकालाई गराउन पछि नहट्ने दृढता वयक्त गर्नुभयो । यसै बीच २०७४  ÷ ७५ को बजेट कार्यान्वयनको लागि अहोरात्र  खटेका कर्मचारीहरुमा ज्ञानदेव सहनी , चन्द्र नारायण पासवान , राम कृष्ण महतो , लेखा अधिकृत मायानाथ अचार्य , वरिष्ट ईन्जिनियर शत्रुधन प्रसाद चौधरी र जन प्रतिनिधिहरुको तर्फबाट कृषि , शिक्षा , सरसफाई , सडक निर्माण , नक्सा  र खेलकुदको क्षेत्रमा योगदान पुर्याएका वडाध्यक्षहरु क्रमशः सुलेमान अन्सारी , प्रदिप चौधरी , विजय महतो , मन्टी कुमार मण्डल ,  प्रथमलाल चौधरी , मोहम्मद हकिम ,राज कुमार साह , गणेश चौधरी र कन्हैया गुप्ता प्रमाणपत्र सहित  पुरस्कृत भएका छन्। 
Image may contain: 3 people
Image may contain: 4 people, beard
Image may contain: 2 people, people sitting, flower and indoor
Image may contain: 2 people, people smiling, people standing
Image may contain: 5 people
Image may contain: 6 people, people smiling, people sitting and crowd
Image may contain: one or more people and people standing
Image may contain: 3 people

‘चुरेलाई नेशनल पार्क बनाऔं, मान्छे पसियो भने गोली हान्देऔं’

Posted: 25 Jun 2018 01:41 AM PDT

              चार सय घर बलान खोलाबाट प्रभावित, हजारौ विघा कटान


नवसंग्राम दैनिक लहान । सिरहाको बलान खोलाबाट ३ सय ९५ घरधुरी प्रभावित रहेको छ । बलान खोलामा बाढी आयो भने जुनसुकै बेला यि घरहरु भत्किन सकिने जानकारीमा आएको छ ।
सिरहाको लहान १८ वडादेखि सखुवानन्कारकट्टीसम्म र सप्तरीको सुरुंगा नगरपालिकादेखि बलानविहुलसम्मको गाउं बलान खोलाबाट प्रभावित रहेको छ । लहान १८ भदैया, लहान १० गुदीगाउं, लहान ५, ६, १९ नोडेगा छर्रापट्टी, २३ गाढा तिलेवोना कडरिया, सखुवानन्कारकट्टी ४ को सिमरा इटहर्वाको घर प्रभावित रहेको छ । बलान छेउका घरहरु बाढीमा जुनसुकै बेला भत्किने अवस्थामा रहेको छ ।
सप्तरीको भुसी मौहोलिया, टिकुलिया परमानपुर, चकदहलगायतको गाउंको घरहरु बलान खोलाले अत्ति प्रभावित बनेको छ ।
यस्तै, नदि खोलाबाट सिरहाको तिलेवोना गाढामा ३० विघा, कडरिया गाढामा २५ विघा, सिमरा सखुवामा ४० विघा र सप्तरीको टिकुलियामा ८० विघा, परमानपुर ७० विघा, चकदहमा ५० विघा खेती योग्य जग्गा पूर्ण रुपमा कटान भएको छ ।
सोहीक्रममा लहान १८ भदैया, लहान १० गुदिगाउं, लहान ५, ६ र ४ गरी १ सय ८० घरधुरी प्रभावित रहेको बाल संरक्षण सामुदायिक अध्ययन केन्द्र जनकपुरले आज आयोजना गरेको एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटारद्धारा खोला नदि प्रणाली व्यवस्थापन कार्यक्रम अन्तरगत समाजिक परिचालकको समन्वय बैठकमा असार ८ गते यस्ता प्रभावित घरधुरीले हालसम्म कुनै राहत नपाएको खुलासा गरिएको छ । सो बैठकमा जिल्ला वन कार्यालय सिरहा लहानका प्रमुख सुनिल सिंहले 'चुरेमा किन मान्छे राख्ने ?' 'चुरेलाई नेशनल पार्कको रुपमा विकास गरौ ।'' चुरेका बासिन्दा अन्त सारौ ।' 'चुरेमा जबसम्म मान्छे रहन्छ, तबसम्म चुरे संरक्षण हुन सक्दैन ।' 'त्यसपछि चुरेमा मान्छे पसियो भने गोली हान्देऔं ।' 'यस बर्ष आगलागी नभएकोले चुरेमा हरियाली बढेको छ ।' सिंहले बताउंनुभयो ।
कार्यक्रममा जिल्ला पशु सेवा सिरहाका प्रमुख डा.काशीनाथ यादव, जिल्ला भू—संरक्षण सिरहा लहानका मेनुका क्षेत्री, भिखारी सिंह थारु, जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख प्रकाश साह, जिल्ला वन कार्यालयका राजकुमार ठाकुर, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्तालगायतले मन्तव्य राख्नु भएका थिए । कार्यक्रमको सहजीकरण जसकरण साहले गरेका थिए ।
बलान प्रभावित क्षेत्रमा जनचेतना बाल संरक्षण सामुदायिक अध्ययन केन्द्रले ६ गाउंमा स्कूल शिक्षा कार्यक्रम गरिएको छ । त्यस अन्तरगत बाल क्लव (इको बाल क्लब) गठन गरिएको छ । जनचेतनाको लागि त्यस क्षेत्रमा प्रचारप्रसार हेतु होर्डिगं जडान गरिएको छ । जेठ १५ देखि संचालन गरिएको सो कार्यक्रम अन्तरगत प्रभावित घरधुरीलाई समावेश गरी ८ वटा समूह गठन गरिएको छ । जसबाट नदी प्रणाली व्यवस्था गरिने भएको छ ।
Image may contain: 1 person, standing and indoor

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment