/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैयामा बाल भित्तेपत्रिका तालिम सुरु

Posted: 14 Jun 2018 08:28 AM PDT



राम नारायण पंडित, सिरहा, ३१ जेष्ठ । मिर्चैयामा तीन दिने बाल भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सुरु भएको छ । मिर्चैया नगरपालीकाको आयोजना र धमिनी साप्ताहिक पत्रिका गोलबजारको सहजीकरणमा आजदेखि तीन दिने तालिम सुरु भएको छ । पत्रिकाका प्रतिनिधि आशिष विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा नगरपालिकाका मेयर श्रबण कुमार यादब, बिशिष्ट अतिथिका रुपमा उपमेयर जिबछी देवि साह र प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलको उपस्थित रहेको थियो । तालिमा नगरपालिका भित्रका सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष रामबाबु यादबले बताए । पत्रकार आशिष बिश्वकर्मा र राम नारायण पंडितले तालिममा सहभागिहरुलाई प्रशिक्षण दिईरहेको आयोजकले जनाए । 

चुरे क्षेत्रमा बैकल्पिक उर्जाका सम्भाव्यता अध्ययन : मन्त्री सोनल

Posted: 14 Jun 2018 08:22 AM PDT

राम नारायण पंडित, सिरहा, ३१ जेष्ठ । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले चुरे क्षेत्रबाट ५० मेगावाट बैकल्पिक उर्जा उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रमको आज सिरहाको मिर्चैयामा सम्बोधन गर्दै मन्त्री सोनलले त्यसका लागि चुरे क्षेत्रमा छिटै बैकल्पिक उर्जाको सम्भाव्यता अध्ययन गरिने दाबी गरे ।
प्रदेशलाई प्राबिधिक शिक्षाको हबको रुपमा विकास गरिने सरकारको योजना रहेको भन्दै उनले प्रदेशका बिभिन्न स्थानमा प्राबिधिक शिक्षालयहरु छिटै स्थापनाको तयारी भईरहेको स्पष्ट गरे । बजेट बिनियोजनमा केन्द्र सरकारले २ नम्बर प्रदेशसँग बिभेद गरेको आरोप समेत मन्त्रि सोनलले आरोप लगाए । उनले भने "संघिय सरकार अन्य प्रदेशको तुलानामा २ नम्बर प्रदेशलाई कम बजेट बिनियोजन गरेर नजरअन्दाज गरिरहेको छ ।"
प्रदेश सरकारले ४ महिनाको अबधीमा महत्वपुर्ण कार्य गरेको जिकिर गर्दै उनले प्रदेशलाई सम्बृद्ध बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे । कार्यक्रममा उपस्थित मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले नगरपालिकामा रहेका सडक, भवन लगायतका बर्तमान समस्यालाई तत्काल सम्बोधन गर्न मन्त्रि सोनलसंग आग्रह गरे । 
भेटघाट कार्यक्रममा राजपाका सहमहामन्त्री तथा प्रदेश सभा सदस्य सुरेश मण्डल, राजपाका युवा नेता रामकुमार मण्डल लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

बालबालिकाकालाई अवसर दिनुपर्छ ः अध्यक्ष राय

Posted: 14 Jun 2018 08:12 AM PDT

संजय विश्वकर्मा लहान ३१ , जेष्ठ बालमैत्रि गाउँपालिका निर्माण गर्नकालगी आगामी दिनमा कार्यान्वयन सहितको बाल संरक्षण निति ल्याउने सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धर्मेन्द्र कुमार रायले बताउनुभएकोछ । लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ मा संचालित जिवन उपयोगी सिप तथा बाल अधिकार सम्बन्धी ५ दिने तालिमको समापन समाहरोहमा प्रमुख अतिथिको रुपमा बोल्दै वडा अध्यक्ष रायले बाल बालिकाहरुले हाल सम्म पनी राज्यले दिएको अधिकार प्रप्त गर्न नसकेकोमा दुःख ब्यक्त गरेका छन । समाजमा हाल सम्म पनि परम्परागत मानसिकता बोकेका मानिसको जमातका कारण सामाजिक निर्णयहरुको क्रियाकलापमा बालबालिकालाई सहभागी नगराएकाले बालबालिकाको चौतर्फी बिकास हुन नसकेको बताएका छन । सामाज स्तरको हरेक क्रियाकलापहरुमा बालबालिकाहरुलाई सहभागी गराएर , आफनो कुरा राख्ने अवसर दिएमा उनिहरुको क्षमता बिकास हुने भएकोले सामाजका अगुवा , बुद्धिजिबीहरुको , अभिभावकहरुको समेत सहयोग चाहएको उनको कथन रहेको थियो । बाल बालिका लक्षित कार्यक्रम अन्तर्गत लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ पोखरभिण्डाको सहयोगमा संचालित तालिममा बाल संरक्षण निति , बाल सहभागिता , बाल बिकास , लगायत बालबालिकाहरुलाई चौतर्फी विकास गर्नका लागी जिवन उपयोगी सिपको बारेमो बिषेश रुपले छलफल भएको आयोजक जागरण नेपाल लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ का अध्यक्ष ज्ञानेन्द्र कुमार रायले जानकारी दिनुभएकोछ । तालिममा ५० जना बालबालिकाको सहभागिता रहेको थियो । जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र कुमार रायका अनुसार महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले महिला लक्षित कार्यक्रम अन्तर्गत ३० , ३० जनाको सहभागितामा वडा नं. २ र १ मा महिना दिने सिलाई कटाई तालिम संचालनमा रहेकोछ ।

मिर्चैया : चोरी भएको मोटरसाइकल बरामद गरी धनीलाई बुझाईयो

Posted: 13 Jun 2018 08:11 PM PDT

राम नारायण पंडित, सिरहा, ३० जेष्ठ । सप्तरीबाट चोरी भएको मोटरसाइकल सिरहा प्रहरीले बरामद गरी धनीलाई हस्तान्तरण गरेका छन् । जेष्ठ १५ गते सप्तरीको सप्तकोसी नगरपालिका बडा नं. १ फतेपुरबाट हराएको स ७ प ८०८६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल जेष्ठ १७ गते बरामद गरी आज (बुधबार) सबारी धनी सोही ठाउँ बस्ने भिरानन्द सोनीलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरीक्षक मनोज चौधरीले बताए । 
मोटरसाइकल चोरी भएको भन्दै पिडितले सप्तरीको फतेपुर प्रहरीमा निबेदन दिएपछि सर्कुलर हुँदा शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल बरामद गरिएको नायब निरीक्षक चौधरीले जनाए । उनले भने "मोटरसाइकल चोरी भएपछि हामीलाई सर्कुलर हँदा मिर्चैया नगरपालिका बडा नं. ५ स्थित चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएकोले नियन्त्रणमा लियौं, मोटरसाइकलमा सबार ३ जना मध्ये एक जना बिरामी रहेकोले चालकले हतारमा बिरामी लिएर आउँदा ब्लुबुक बिर्सेर आएको भन्दै घरबाट ब्लुबुल लिएर आउँछु भनेर गएको एक हप्ता भन्दा बढी समयसम्म नआएपछि सोधखोज गर्दा चोरीको मोटरसाइकल भएको बुझियो ।"
यातायात ब्यबस्था कार्यालयसंग समन्वय पश्चात धनीलाई खबर गरी मोटरसाइकल हस्तान्तरण गरिएको उनले बताए । मोटरसाइकल छाडी फरार भएका ब्यक्तिहरुको हुलियाको आधारमा खोजी कार्य जारी रहेको नायब निरीक्षक चौधरीले दाबी गरे । विभिन्न आपराधिक क्रियाकलापमा चोरीका मोटरसाइकल प्रयोग हुने गरेको भन्ने जनगुनासो बढेसँगैे चेकजाँचलाई तीव्रता दिएको उनले स्पष्ट गरे । उनले चोरीका मोटरसाइकल सस्तो पायो भन्दैमा खरिद गर्नेलाई समेत पक्राउ गरी कारवाही गर्ने बताए ।

मिर्चैया : कृषि क्षेत्रमा विकासका लागि कृषिमन्त्रि साहलाई ज्ञापनपत्र

Posted: 13 Jun 2018 08:03 PM PDT

राम नारायण पंडित, सिरहा, ३० जेष्ठ । प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहलाई सिरहाको मिर्चैयामा कृषि क्षेत्रमा बिकासका लागि ज्ञापन पत्र बुझाईएको छ । मिर्चैया नगरपालिका बडा नं. ३ मा मंगलबार आयोजित कृषक भेटघाट कार्यक्रममा किसानहरुको समस्याको उजागर गर्दै १५ बुँदे ज्ञापन पत्र बुझाईएको हो । सिरहा क्षेत्र नंं ४ को "क" प्रदेश सभालाई लक्षित गरी बुझाईएको ज्ञापनपत्र मार्फत मिर्चैया र कर्जन्हा नगरपालिकाको प्रत्येक वडामा कृषि योग्य जमिनको पहिचान गरी स्टेट वोरीङ्गको व्यवस्था,  मिर्चैया नगरपालिका बडा नं. ५ मा रहेको शान्ति ताललाई स्तरोन्नती गरी पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न, मिर्चैया नगरपालिका क्षेत्रमा वाख्रा पालनलाई प्रोत्साहित गर्न बडा नं. ७ स्थित आरवाई पशुजन्य उत्पादन केन्द्रलाई सुधार तथा गोठ निर्माणका लागी आर्थिक सहयोग उपलव्ध गराउन, मिर्चैया नगरपालिका वडा नं. ६ को दलित वस्तीदेखि मिर्चैया वडा नं. १० जोडने वतहा खोलामा पक्कि÷झोलुङ्गगे पुल निर्माण गर्ने माँग गरिएको छ । 
मिर्चैया र कर्जन्हा नगरपालिकालाई विशेष आँप संरक्षित क्षेत्र अन्र्तगत राखी आँप विकासका लागी आवश्यकत्ता अनुरुप डिजाइनिङ्ग तथा जनशक्ति सहितको प्रशोधन केन्द्र निर्माण गर्न,  मिर्चैया नगरपालिका अन्र्तगत पर्ने जिवा, वतहा र घुर्मिखोलामा तारजालीको व्यवस्था गरी कृषि योग्य जमिनलाई भुक्ष्यवाट जोगाउन प्रयास गर्नुको साथै कर्जन्हा नगरापालिकाको भेडवा खोलामा नदि नियन्त्रणका लागी तार जालीको ब्यस्था गर्न, मिर्चैया नगरपालिका वडा नं. ९ मा रहेको जरुवा खोलामा पक्की÷झोलुङ्गगे पुल निर्माण गर्न, प्रदेश स्तरीय सहकारी संस्था मार्फत सहकारी कोषवाटै युवाहरुलाई उद्यमी निर्माणको साथै आवश्यक ऋण तथा तालीम दिई आत्म निर्भर वनाउन र मिर्चैया नगरपालिकामा प्रदेश स्तरबाट वृद्धाश्रम निर्माण गर्न बिज्ञप्ती मार्फत माँग गरिएको छ । 
प्रदेश सरकारको योजना खेत–खेतमा पानी हात–हातमा रोजगारी कार्यक्रम अगाडी बढिसकेकोले तत्कालै कृषकको समस्या समाधान हुने ज्ञापन पत्र ग्रहण गर्दै मन्त्रि साहले बताए । उनले भने "विकासको काम सम्पुर्ण जनता एकसाथ मिलेर गर्नुस, पार्टी पोलिटिक्स चुनावको बेलामा गर्नुहोला, अनि मात्र विकास सम्भव हुन्छ नत्र विकास सम्भव हुँदैन ।"
संघिय समाजवादी फोरम नेपाल सिरहा क्षेत्र नंं. ४ को "क" प्रदेशका संयोजक विष्णु साहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय परिषद सदस्य विरेश्वर यादव र युवा नेता अजय यादव लगयतका बक्ताहरुले किसानको समस्याको बारेमा मन्त्रि साहलाई ध्यानाकर्षण गराएका थिए । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment