Onlinesiraha-Nepali |
प्रदेश २ मा दरबन्दी भन्दा कम डाक्टर, अधिकांश विरामी अन्य प्रदेश र भारतमुखी Posted: 11 Jun 2018 07:54 PM PDT दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान । प्रदेश २ को सरकारी अस्पतालहरुमा दरबन्दी भन्दा निकै कम डाक्टर रहेकोले यहांको स्वास्थ्य अवस्था जटिल रहेको छ । चाहेको उपचार नहुंदा सेवाग्राहीहरु प्रदेश २ बाहिर गएर उपचार गराउंने गरेको छ । उपचारको लागि भारतको दरभंगा, पटना पुग्ने गरेको छ भने प्रदेश १ को विराटनगर, धरान र दमक जानेको संख्या बढिरहेको छ । यस अतिरिक्त काठमाण्डौ र चितवन उपचार गराउंनेको संख्या पनि उतिकै रहेको छ ।प्रदेश २ मा १५ वटा सरकार अस्पताल रहेको छ भने सबै भन्दा बेडको आधारमा पर्साको नारायणी उप क्षेत्रीय अस्पताल वीरगन्ज रहेको छ । जसको बेड संख्या ३ सय रहेको छ । पर्साकै पोखरिया अस्पताल १५ बेडको रहेको छ भने त्यहां तीन जना डाक्टरको दरबन्दी रहेकोमा २ जनाले सेवा दिंदै आएको छ । प्रति २० हजारमा एक एमविविएस डाक्टर हुनुपर्ने प्रावधान रहेपनि प्रदेश २ मा सरकारी र नीजि अस्पताल गरी पांच सय जति रहेको डा.विजेन्द्रकुमार यादव बताउंछन् । जहां प्रदेश २ को जनसंख्या २०११ को जनगणा अनुसार ५१ लाख ३७ हजार ९ सय रहेको छ । प्रदेश २ मा सप्तरीदेखि पर्सासम्म ८ जिल्लाको सिरहामा जिल्ला अस्पताल ५० बेडको रहेको छ । जसमा ११ जना डाक्टरको दरबन्दी रहेपनि २ जनाबाट सेवा दिइरहेको छ । ८ जना करारमा रहेको छ । सिरहाकै राउ स्मारक अस्पताल लहानमा चार डाक्टरको दरबन्दी रहेपछि २ जनाले सेवा दिंदै आएको छ । जहां लहान अस्पतालको वेड संख्या ५० रहेको छ । सप्तरीमा २ सरकारी अस्पतालमा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको बेड संख्या १ सय २५ रहेको छ । यस अस्पतालमा ६ डाक्टरको दरबन्दी रहेपनि ३ जनाले सेवा दिंदै आएको छ भने २ जना करारमा रहेको छ । सप्तरीकै भारदह अस्पताल १५ वेडको रहेको छ जसमा तीन जना डाक्टरको दरबन्दी रहेपनि एक जनाले सेवा दिंदै आएको छ । प्रदेश २ को दोस्रो ठूलो अस्पतालको रुपमा रहेको जनकपुर अंचल अस्पतालमा २ सय वेडमा ४७ डाक्टरको दरबन्दी रहेको छ । जसमा ८ डाक्टरले सेवा दिंदै आएको छ । धनुषाकै अर्को नवनिर्मित जिल्ला अस्पताल ढुमरियामा रहेको छ । २५ बेडको उक्त अस्पताल संचालनको तयारीमा रहेको छ । प्रदेश २ मा सबै भन्दा कम अस्पताल रहेको सर्लाही अस्पतालमा ९ डाक्टरको दरबन्दी रहेपनि ३ डाक्टरले सेवा दिंदै आएको छ भने एक जना करारमा रहेको छ । सर्लाही अस्पताल ५० वेडको रहेको छ । महोत्तरीमा १५—१५ बेडको दूई अस्पताल रहेको छ । जलेश्वर अस्पतालमा तीन डाक्टरको दरबन्दी रहेपनि १ जनाले सेवा दिंदै आएको छ । बर्दिवास अस्पतालमा तीनको दरबन्दी भनिएपनि २ जनाले सेवा दिंदै आएको छ । रौतहटको गौर जिल्ला अस्पतालमा ४ डाक्टरको दरबन्दी रहेको छ जसमा २ जनाले सेवा दिंदै आएको छ । उक्त अस्पताल ५० वेडको रहेको छ । रौतहटकै चन्द्रनिगाहपुर अस्पतालमा १५ वेडमा २ जना डाक्टरले सेवा दिंदै आएको छ । बाराको कलैया जिल्ला अस्पतालमा ४ डाक्टरको दरबन्दी रहेपनि २ जनाले सेवा दिंदै आएको छ । वेड संख्या ५० रहेको छ । |
जनकपुर लगायत तराईमा मुसलधारे बर्षा, जलमग्न भएपछि सास्ती Posted: 11 Jun 2018 01:02 PM PDT नरेशचन्द्र बरबरिया,धनुषा /जेठ २८ आज दिउँसो जनकपुरधाम लगायतका तराईका जिल्लाहरुमा मुसलधारे बर्षा भएको छ । बर्षाका कारण जनकपुररधामका केहि ठाउँहरु जलमग्न भएको थियो भने यात्रीयात्रीहरुलाई निकै सास्ती भोग्नु परेको अबस्था छ ।जनकपुको थापा चौक,शिव चौक,जान्की चौकचौक,भानु चौकमा पानी समेत जमेको थियो । बाटो डुबानमा परेपछी मोटरसाइकल ,साईकल,ई रिक्सा,पैदल हिन्ने यात्रुहरुहरुलाई निकै सास्ती भोग्नुका साथ साथै घर धनीको घरमा,होटलमा समेत पानी पुगेको थियो । सोमबार अपरान्हदेखि मौसम बदली हुँदा जनकपुरको वतावरण शीतल बनेको छ । दुई सातायता बढेको गर्मी र जिउ नै पोल्ने घामका कारण यहाँको जनजीवन प्रभावित बनेको थियो । अहिले जनकपुरमा तीव्र हावाहुरीसँगै भारी बर्षा जारी छ । चट्याङ समेत पड्किरहेको छ । लगातार भइरहेको भारी वर्षाले जनकपुरको केही भाग डुबानमा परेको छ । वर्षा हुनुअघि पनि जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि थियो । पानी परेपछि सर्वसधारण हर्षित छन् । धेरैजसो वर्षाको पानीमा भिज्न घर बाहिर समेत निस्केका छन् ।आज धनुषा, सिरहा लगायत अन्य ठाउँहरुमा पनि पानी पर्नाले मान्छेहरु खुसी भएका छन। |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment