Onlinesiraha-Nepali |
- पैसाको सही लगानी गर्नकै लागि बैंक खोलेको छु ः तिवारी
- खानेपानी नियमित गर्न जोड, राजपाका लहान नगर अध्यक्ष आलमको नेतृत्वमा खानेपानी घेराउ
- सप्तरीमा एक महिला माथि आक्रमण , प्रहरीको फोन उठेन
पैसाको सही लगानी गर्नकै लागि बैंक खोलेको छु ः तिवारी Posted: 15 Jun 2018 10:49 AM PDT एसके कामति सिरहा, असार १ गते । सिरहामा प्रोभिडेन्ट मर्चेन्ट बैंकले व्यवसायीसँग अभिमुखीकरण गरेको छ । सदरमुकाम सिरहामा आयोजना गरिएको लगानी व्यवास्थापन, पूँजीबजार तथा बैंकिङ सम्बन्धी अभिमुखीकरणमा बैंकका सिइयो विमल तिवारीले लगानीवारे विस्तृत रुपमा जानकारी गराएका थिए । सिरहाका व्यापारीहरुको उपस्थिती रहेको अभिमुखीकरणमा सिइयो तिवारीले बैंकले अवलम्बन गरेको नीति, डिम्याट खाताबाट लगानी व्यवस्थापन, बैंकको सेयर लगायतका वारेमा प्रष्टयाएका थिए । उक्त अवसरमा व्यवसायीहरुले प्रोभिडेन्ट मर्चेन्ट बैंकमाथि कसरी विश्वास गर्ने प्रश्न तेर्साएका थिए । सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद पौद्दारले विश्वास गर्न सक्ने आधारहरु के हो भन्दै प्रश्न गरेका थिए । उक्त बैंकका निर्देशक एवं सिरहाको मिर्चैयामा रहेको सगरमाथा बोर्डिङ स्कूलका प्रिन्सिपल प्रदिप तिवारीले विश्वास बनाउनकै लागि आएको बताए । उनले भने,'हामी त्यही विश्वास बनाउन तपाईहरु वीचमा आएका छौं । पैसाको लगानी कहाँ गर्न सकिन्छ, त्यसवारे विस्तृत वुझेरै बैंक खोलेको छु ।' नीजि शिक्षा क्षेत्रमा गरेको लगानीबाट आफू खुशी भएको भन्दै निर्देशक तिवारीले आर्थिक समृद्धिको लागि बैंक क्षेत्रबाट लगानी सदुपयोग गर्न बौंक खोलिएको बताए । अभिमुखीकरणमा व्यवसायीहरुले बैंकबारे थप कुरा बुझेर आफूहरु लगानी वारे निर्णय लिने बताएका थिए । |
खानेपानी नियमित गर्न जोड, राजपाका लहान नगर अध्यक्ष आलमको नेतृत्वमा खानेपानी घेराउ Posted: 14 Jun 2018 10:18 PM PDT नवसंग्राम दैनिक लहान, १ असार । लहानमा खानेपानीको अनियमित सप्लाएभएपछि उपभोक्ताहरु आक्रोशित भएका छन् । खानेपानी संस्थान लहानले करिब एक सत्तादेखि नियमित पानी नदिएपछि उपभोक्ताहरु मारमा परेका छन् । उपभोक्ताहरुको मध्यनजर गर्दै राष्ट्रिय जनता पार्टी लहान नगर कमिटीका अध्यक्ष महमुद आलमका नेतृत्वमा आज खानेपानी नियमित गर्न सयौको संख्यामा उपभोक्ताहरुले कार्यालय घेराउ गरेका छन् । करिब एक घण्टासम्म घेराउ गर्दा खानेपानी संस्थानका प्रमुख विनोद मिश्रले सम्झौतामा आएका छन् । राजपा नगर अध्यक्ष आलम र स्थानीय भद्रभलादमीका ६ जनाको वार्ता टोली र प्रमुख मिश्रबीच नियमित खानेपानीको व्यवस्था गर्न सहमती भएको छ । सहमती अनुरुप चाडपर्वको बेला विहान बेलुका र दिउंसो गरी तीन समय धारामा पानी दिने प्रतिबद्धता गरेको छ । आवश्यकता अनुसार विहान बेलुका दूई दूई घण्टा धारामा पानी उपलब्ध गराउंने प्रमुख मिश्रले प्रतिबद्धता जनाएको छ । लोडसेडिंगमुक्त नेपाल घोषणा गरेपनि केही दिनदेखि लहानमा विजुली पटक पटक काटिने भएकोले उपभोक्ताले आवश्यकता अनुरुप पानी प्रयोग गर्न नपाउंने गरेको छ । विहान बेलुका एक घण्टा धारामा पानी दिने गरेकोले त्यही बेला विजुली काटिएको हुन्छ स्थानीय उपभोक्ता गोपाल गुप्ता बताउंछन् । उनले भने 'एक घण्टामा नगरपालिकाभरीको पाइपमा पानी पुग्न नै लाग्छ । अनि टंकीमा पानी चढ्न नसकेर उपभोक्ताहरु समस्यामा पर्ने गर्छन् ।' गर्मीको सिजनमा पानीको अधिक माग हुने गरेको छ । यसलाई मध्यनजर गर्दै वार्तामा बसेका राजपा नगर अध्यक्ष आलमले भने 'आवश्यकता अनुरुप दूई घण्टा धारामा पानी उपलब्ध गराउंन समेत सहमति भएको छ ।' 'धारामा दुषित आउंने गरेकोले यसप्रति समेत सचेत गराएका छौ ।ं' तीन दिनदेखि लहानमा नियमित धारामा पानी नआएकाले उपभोक्ताहरु नुहाउंन धुउन, पिउंन र सरसफाईबाट बंचित हुंदै आएको थियो । विशुद्ध पानीको लक्ष्य लिएर खानेपानी संस्थानले पानी वितरण गरिरहेको भएपनि कहिलेकाही लेदो र माटो मिसिएको पानी समेत धारामा आउंने गरेकोले उपभोक्ताहरु रोगको सिकार हुने गरेको छ । गर्मीमा यसको प्रकोप बढ्दो छ । |
सप्तरीमा एक महिला माथि आक्रमण , प्रहरीको फोन उठेन Posted: 14 Jun 2018 10:12 PM PDT मनोज बनैता, सप्तरी, ३१ जेठ । सप्तरीको बलान बिहुल गाउपालिका वडा न. १ मा एक महिला माथी साँघातिक हमला भएको छ । मलहनिया बढ्की टोल स्थित दलित समुदाय को एक महिला चानो देवी राम माथी त्यहीँको केहि ब्यक्तिहरु ले ज्यानै लिने गरि हमला गरेका छन । जग्गा सम्बन्धि विवाद ले गर्दा मल्हनिया का राम सेवक राम, मोतिया राम, मदन राम, धनेश्वरी राम र मन्जु राम मिलि सामुहिक रूपमा बिहिवार दिउँसो ४:३० बजे चानो देवी राम लाई मर्नेगरी कुटपिट गरेका छन । प्रत्यक्षदर्शी का अनुसार उक्त समूह बनाई आएका हरुले पहिला चानो देवी को घाँटीमा रहेको आधा तोलाको मङ्गलसुत्र खोसेका थिए । मङ्गलसुत्र खोसिसकेपछी भाटा र मुढकी ले घाँटीमा हिर्काएका थिए । चानाे देवी राम वेहाेस अवस्थामा पुगेपछि मात्र उनलाई छोडिएको थियो । घटना पस्चात चन्ही स्थित प्रहरी चौकीमा फोन गर्दा प्रहरी ले कुनै वास्ता नगरेको गुनासो छ । एक स्थानिय जयनारायण रामको अनुसार पछि चन्ही थाना का ईन्चार्ज पन्कज सिंह ले फोन समेत उठाउन छाेडेका थिए । घाईते रामको घरपरिवारमा कोई सदस्य नभएको अवस्थामा उनलाई स्थानियले लाहान स्थित त्रिशक्ति हेल्थ केयर प्रा. लि मा पुर्याएका थिए । उनको उपचार भईरहेको खबर छ । अस्पताल को स्रोत अनुसार घाईते रामको शारीरिक अवस्थाको बारेमा अहिले केही भन्न सक्ने अवस्था छैन । टाउकोमा अत्यधिक चोट लागेको हुनाले अवस्था गम्भीर भएको बताईएको छ । चानो देवि राम स्थानीय चुनावमा स्वतन्त्र बाट गा.पा उपाध्यक्ष कि उम्मेदवार थिईन । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment