/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सिरहाको माडरमा सहिद संस्मरण समारोह सम्पन्न

Posted: 01 Jun 2018 12:00 AM PDT

नरेशचन्द्र बरबरिया सिरहा, जेठ १८ गते । सिरहाको माडरमा जन आन्दोलन २०३६ सालमा भएका त्रय सहिदहरुको बार्षिकी संस्मरण समारोह सम्पनन भएको छ ।
जन आन्दोलनको क्रममा सिरहाको माडरमा भएका झडपमा आफनो ज्यानको आहुति दिने त्रय सहिद जगदिश खत्बे,तसलीम राई र रामेश्वर मण्डलको बार्षिकी संस्मरण समारोह प्रदेश नं. २ मुख्य मन्त्री मोहमद लालबाबु राउतको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ ।


बिनदेश्वर गोईतको अध्यक्षतामा भएको उक्त समारोहमा जिल्ला स्तरिय नेता तथा २ नं. प्रदेशका आर्थिक मन्त्री विजय कुमार यादब सहितका सहभागी रहेका थिए ।
उक्त समारोहमा मुख्य मन्त्री राउत मन्तवयको क्रममा सहिदहरुको सपना पुरा गर्नेछु भन्ने र मेरो कुर्सी सहिदहरुको रगतमा रहेको छ , सहिदहरुको वलिदानी कहिले खेर जान दिदैन भन्नेर आफनो मन्तवय राखेका थिए ।मधेसीहरुको साथ अहिले पनि विभेद जारी रहेको छ  यसको लडाइँ हामी लडन तयार छौ मधेसीहरुको साथ जब सम्म विभेद रहन्छ तब सम्म आन्दोलन जारी रहने बताउनु भएको छ भने कार्यक्रम संचालन युवा नेता रमेश मन्डलले गरेका थिए ।

खुट्टी नहर सिंचाईमा उप्रेती

Posted: 31 May 2018 10:50 PM PDT

नवसंग्राम दैनिक लहान, १८ जेठ । स्थानीयतहमा जनप्रतिनिधि आउंनु अगाडि खुट्टी नहर सिंचाईको लागि पटक पटक विवाद हुंदै आएको थियो । तर, लहान नगरपालिकामा मेयर मुनि साह आएपछि हालै खुट्टी नहर सिंचाई उपभोक्ता समितिका अध्यक्षमा नारायण उप्रेती सर्वपक्षीय सहमतिमा चयन भएका छन् । उपाध्यक्षमा शत्रुघन मण्डल, सचिव मंजु गुप्ता, कोषाध्यक्ष रामतलेवर साह, सदस्यहरु श्यामप्रसाद गुप्ता, तुलसीराम यादव, रितादेवी महतो, आन्तरिकादेवी गुप्ता, विलेक्षण महतो, रामपृत महतो र मन्टुन चौधरी चयन भएका छन् । गठित समितिले लहानको मुटुमा रहेको दूई किलो मिटरसम्म आरसिसी ढलान गरेर काम अगाडि बढाउंने अध्यक्ष उप्रेतीले भन्दै नहरको पानी सिंचाईको रुपमा प्रयोग गरिने छ । यसलाई व्यवस्थित गर्न नहरको दुवै छेउमा सडक निर्माण गर्दै ठाउं ठाउंमा पुल समेत राखिने उहां बताउंछन् । थप सौन्दर्यताको लागि ठाउं ठाउंमा पार्क, सोलारवत्ती बनाउंने योजना रहेको छ । ५ बर्षको योजना रहेको यसको लागि ११ करोड बजेट विनियोजित गरिएको छ भने आठ सय विघा भन्दा बढीमा खेतीको लागि सिंचाई हुने अनुमान गरिएको छ । लहानमा लामखुट्टेको वासस्थान खोजी गर्न अभियान जिल्ला स्वास्थ्य कार्यालय सिरहाको आयोजनामा आज लहानमा डेंगु तथा चिकनगुनया ज्वरो सम्बन्धि अभिमुखिकरण गरेको छ । लहान नगरपालिकाका प्रमुख मुनी साहका प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानवारे सहजकर्ताहरुले जानकारी दिनुभएका छन् । कार्यक्रममा लहान अस्पतालका मेसु मुनेश्वर साह, लहान नगरपालिकाका कार्यकारी अधिकृत तीर्थराज भट्टराई, स्वास्थ्यकर्मी रत्नकुमार दास,सरोज कर्णलगायतले मन्तव्य राखेका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment