Onlinesiraha-Nepali |
- माडर भन्सारका प्रमुख हममालद्धारा पत्रकारमाथी हातपातका प्रयास, महासंघद्धारा कार्वाहीको माँग
- सर्पको टोकाइले युवतीको ज्यान गयो
- ठाडीमा प्रहरी र भन्सार कर्मचारीहरु खुद्रा भ्रष्टाचारीमा
माडर भन्सारका प्रमुख हममालद्धारा पत्रकारमाथी हातपातका प्रयास, महासंघद्धारा कार्वाहीको माँग Posted: 30 May 2018 11:20 PM PDT राम नारायण पंडित, सिरहा, १६ जेष्ठ । सिरहाका पत्रकार गणेश साह र सन्तोष यादवलाई जेठ १३ गते रिर्पोटिंगको क्रममा माडर भन्सारका प्रमुखले दुव्र्यवहार गरेको छ । रिर्पोटिंगको क्रममा गरिएको यस किसिमको कार्यप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ती जनाएको छ । सिरहाका माडर भन्सारका प्रमुख राजेन्द्र हमालले पत्रकारद्धय साह र यादवलाई गरिएको दुव्र्यवहारप्रति पत्रकार महासंघ सिरहा कारवाहीको माग गरेको छ । भन्सार प्रमुख हमाललाई कारवाही नगरे महासंघ चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कार्यालय संचालन रहेको बेला पत्रकारद्धय साह र यादवले कार्यालय प्रमुख हमालसंग मासिक राजस्ववारे डाटा माग गरेका थिए । प्रमुख हमालले भने 'म संग टाईम छैन, 'सोधेर हाम्रो कार्यालय आउंनु होला,' 'नत्र ठिक हुंदैन ।' प्रमुख हमालले फोटो लिईरहेका पत्रकारको मोवाईल खोसेर फुटाई समेत दिएको छ । प्रमुख हमालले पत्रकारद्धयले लिएको फोटो डिलेट गर्न दवाव दिंदै हातपातको प्रयास समेत गरेको छ । पत्रकारद्धयसंग भएको दुव्र्यवहारवारे प्रदेश २ का आन्तरिक तथा कानुन मन्त्री ज्ञानकुमार यादव र सिरहाका प्रजिअ रुद्रप्रसाद पंडितलाई जेठ १४ गते सिरहामा जानकारी गराएका छन् । प्रजिअ पंडितले भने 'उजुरी हाल्नुस् कारवाही हुन्छ ।' यता, नेपाल पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर गुप्ताले भने 'सार्वजनिक ठाउंमा गरिएको हातपातको प्रयास गलत हो ।' यस्तालाई अपराधी शैलीका प्रमुखलाई सार्वजनिक मुद्दा हालेर हिरासतमा लिनुपर्छ ।' |
सर्पको टोकाइले युवतीको ज्यान गयो Posted: 30 May 2018 11:12 PM PDT राम नारायण पंडित, सिरहा, १६ जेष्ठ ।कल्याणपुर नगरपालिका बडा नं. ६ भोक्राहामा सर्पको टोकाइले एक युबतीको मृत्यु भएको छ । कमला नदिको बगरमा तारबुजा टिप्न गएको बेला सर्प टोक्दा स्थानिय ततरा मियाँको १६ बर्षीय छोरी अमिदा खातुनको सोमबार ज्यान गएको बडा अध्यक्ष मोतिबुल राइनले बताए । युबतीलाई सर्प टोक्दा तत्कालै एम्बुलेन्सको व्यबस्था नहुँदा मृत्यु भएको बडा अध्यक्ष राइनका भनाइ रहेको छ । उनले भने "सर्प टोक्दा एम्बुलेन्स नहुँदा समयमा अस्पताल पुर्याउन नसक्दा युबतीको मृत्यु भएको हो, ढिलो गरी उपचारका लागि बन्दिपुर सेना क्याम्पमा पुग्दा त्यहाँ उपचार सम्भब नहुने डाक्टरले भनेपछि तत्कालै गोरख गण चोहर्बा पुर्याउने बित्तिकै युबतीको मृत्यु भयो ।"एम्बुलेन्सको कारणले जनताको ज्यान जान नदिनका लागि स्थानिय स्बाथ्य चौकीमा छिट्टै एम्बुलेन्सको व्यबस्था गर्ने बडा अध्यक्ष राइनले बताए । |
ठाडीमा प्रहरी र भन्सार कर्मचारीहरु खुद्रा भ्रष्टाचारीमा Posted: 30 May 2018 11:02 PM PDT नवसंग्राम दैनिक लहान १७ जेठ । सिरहाको सिमावर्ती बजार ठाडीमा भन्सार कर्मचारीदेखि प्रहरीसम्म खुद्रा भ्रष्टाचारीमा लिप्त रहेको खुलासा भएको छ । बेलेकिया तथा तस्करहरुको लाईन नियमित चलेपनि जिल्लाले बेलाबखत कडाई गरेपछि सशस्त्र प्रहरी, प्रहरी र छोटी भन्सारका कर्मचारीहरुले व्यापक रुपमा खुद्रा भ्रष्टाचारी गरिरहेको छ । नेपालबाट दैनिक उपभोग्य सामाग्री खरिद गर्न भारतको लौकहा पुगेर फर्किदा उपभोक्ताहरुबाट दश—बीस तथा सय—पचासको दरमा रकम असुली गरिरहेका छन् । दैनिक दूई अढाई सय साईकल र सोही मात्रामा पैदल उपभोक्ताहरु भारतको लौकहा बजारबाट दैनिक उपभोग्य सामाग्री खरिद विक्री गर्ने गरेको छ । खरिद गरि घर फर्किदा ठाडी स्थित सशस्त्र वेस क्याम्पले डाट लगाएर उपभोक्ताहरुबाट रकम असुलीको लागि प्रहरी खटाइएको छ । उता, छोटी भन्सार कार्यालय ठाडीले समेत कर्मचारी खटाएर खुद्रा रकम असुली गरिरहेको छ । भगवानपुर ४ का किसुन यादव भन्छन् —'सशस्त्र प्रहरीले २० रुपैयां लिहालियो ।' 'घरको लागि एक हजारको खाद्यान्न सामाग्री मेरो साईकलमा थियो ।' 'यो असुली प्रहरीको पुरानै बानी हो ।' किसानहरुले मलखाद्य ल्याउंदा प्रहरीले केरकार गरी रकम असुली गर्दै आएको छ । ठाडीमा सशस्त्र प्रहरीको हावी बढेपछि सिभिलका प्रहरी त्यति धेरै असुली गर्न नसकेको स्थानीयहरु बताउंछन् । भारतीय बजारबाट नेपालको विभिन्न बजारसम्म थौक मालसमान पुर्याउंने र त्यसक्षेत्रमा करिब एक दर्जन बेलेकिया तथा तस्करहरु रहेका छन् । तस्करहरुले सशस्त्र प्रहरी, प्रहरी र भन्सारलाई महिनावारीको आधारमा रकम बुझाएर मालसमान भित्र्याउंने गरेको छ । सशस्त्र प्रहरीका इन्स्पेक्टर एस बस्नेत भन्छन्—'त्यस्तो केही छैन,विवाह तथा मर्दापर्दाको अवस्था हेरेर १५—२० हजारसम्मको माल भित्र्याउंन छुट दिन्छु ।' 'यसको लागि कुनै सिफारिस चाहिदैन ।'' यसमा को तस्कर को के त्यस्तो केही थाहा हुंदैन ।' तस्करहरुले तेस्रो मुलुकको उत्पादन सामाग्री सिमा वारिपारी गराउंदा समेत प्रहरी र भन्सार कर्मचारी रकम खेलमा फस्ने गरेको छ । विगतमा त्यसक्षेत्रमा सुपारीको व्यापार उच्च रहेको थियो । अहिले चाइनाबाट आउंने स्याउ भारत पैठारी गराउंन प्रहरी र भन्सार सक्रिय रहेको छ । लहानमा स्याउको स्टोक हुने गरेको छ भने बसमा राखेर ठाडीबाट रातीको बखत प्रहरीकै निगरानीमा भारत पुर्याउंने गरेको छ । लहान ६ का गोपाल गुप्ता भन्छन् —'एउटा बसमा ८० कार्टुनसम्म स्याउ लहानबाट जाने गरेको छ ।' छोटी भन्सार ठाडीले पांच हजारसम्मको राजस्व काट्ने गरेपनि कम मूल्यांकन गरी लाखौको मालसमान नेपाल भित्राउंने गरेको छ । छोटी भन्सारका कर्मचारी शिव लम्सालका अनुसार बैशाखमा ३९ लाख ९ हजार७ सय र जेठ १५ गतेसम्म ९ लाख ७१ हजार ५ सय ५९ रुपैयांको राजस्व संकलन गरिएको बताए । नेपाल भारत खुला बोर्डरको कारण दैनिक उपभोग्य सामाग्री वाहेक लागुऔषधको कारोवार समेत त्यहां कसिलो रुपमा भइरहेको छ । घुस दिएर आएका कति मालसमान महेशवारी, लहान प्रहरीले नियन्त्रणमा लिने गरेको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment