Onlinesiraha-Nepali |
सरसफाई अभियानको निरन्तरता ९औ हप्ता सरसफाई गरियो Posted: 02 Jun 2018 12:35 AM PDT नरेशचन्द्र बरबरिया ,सिरहा जेठ १९ गते ।सिरहा नगरपालिका सिरहाको वाडा न.१४ नवटोली चौकको मेन रोड लगायत सहायक रोडको सरसफाइ गरिएको हो । मधेस नेपाल युवा ट्र्स्ट्को आयोजनामा भएको सरसफाइ कार्यक्रममा ट्र्स्टका अध्यक्ष रमेश मण्डलको सन्योजकमा सरसफाई कार्यक्रमको आयोजना भएको छ माडर खैरटोका सिमा सुरक्षाको टोलि साथै ट्र्स्टका सद्स्यहरु हेमन मन्डल,नुनु मन्डल,मिथलेश दास,रामेस्वर पासमान,लक्षमी पासवान ,रोहित,जिबछ,मुन्ना,रन्जित ,आनन्द गोईत,रोशन साफि,अरुन,मनोज,जिबिन्द्र मन्डल लगायत के दर्जनौं युवाहरुको सक्रिय सहभागीतामा नवटोली चौकको सरसफाइ गरिएको हो सरसफाइ कार्यक्रम अन्तर्गत आज ९औ हप्तामा सरसफाइ अभियान पुग्यो ।यो सरसफाई अभियान क्रमश रुपमा प्रत्येक वडाहरुमा गरिने अध्यक्ष रमेश मन्डलले जानकारी दिए । |
‘आफु सेलेबेट्री हुं ? , भन्सार प्रमुख हमालको आक्रोश Posted: 01 Jun 2018 09:14 PM PDT नवसंग्राम दैनिक लहान १८ जेठ । नेपाल पत्रकार महासंघ सिरहाले जिल्ला भन्सार कार्यालय माडर सिरहाका कार्यालय प्रमुखलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुखलाई जेठ १८ गते सार्वजनिक मुद्दाको निवेदन दिएको छ । भन्सार प्रमुख राजेन्द्र हमालले सूचना माग्न पुगेका पत्रकार गणेश साह र सन्तोष यादवलाई दुव्र्यवहार गरेको भन्दै महासंघले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्तीसहित सार्वजनिक मुद्दा दिएको हो । महासंघ सिरहा अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताको नेतृत्वमा गएको पत्रकार टोलिले प्रशासनलाई सो कारवाहीलाई माग गरेको बुझिएको हो । निवेदन दिने क्रममा जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो रुद्रप्रसाद पण्डितले छलफलको लागि भन्सार प्रमुख हमाललाई बोलाएका थिए । आधा घण्टाभित्र आएका भन्सार प्रमुखको फोटो पत्रकारहरुले खिच्दा उनले 'म सेलेबेट्रि हुं ?' 'चारैतीरबाट फोटो खिच्दैछन् ।' उनले ब्यंग गरेका थिए । छलफलको क्रममा प्रमुख हमालले आफु पत्रकारहरुलाई केही नगरेको जिकिर गरेका थिए । 'आफु दुधले धोएको हुं ।' भन्दै सिडियोलाई विश्वास दिलाउंन खोजेका थिए । तर, घटनाको रेकर्ड मोवाईलमा रहेकोले पछि प्रमुख हमाल मौन बसे । प्रमुख हमाल पटक पटक झुठो बोलेपछि कारवाही अगाडि बढाउंने भन्दै सिडियो पण्डितले छलफल समापन गरेका थिए । छलफल सकिएपछि प्रमुख हमालले सिडियोसंग छुट्टै कुरा गर्न चाहे । तर, सिडियो पण्डितले गोप्य कुरा गर्न मानेन् । जेठ १३ गते पत्रकारद्धय साह र यादव भन्सार कार्यालयमा रिर्पोटिंग गर्न जांदा उनीहरुको क्यामरा र यसमा लाग्ने मेमोरी फुटाइदिएको छ भने पत्रकारहरुलाई कुटपिटको प्रयास गरेको थियो । यसअघि पत्रकार सुरेन्द्र कामती र बद्रीनारायण यादवलाई रिर्पोटिंगको क्रममा भन्सार प्रमुख हमालले दुव्र्यवहार गरेको आजको छलफलमा खुलेका थिए । प्रमुख हमाल छलफलमा समेत पाखण्डपनको ध्वांस देखाएका थिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment