/ Undifined / [Samgrasandesh.com] बिपन्नका लागि निःशुल्क स्वास्थ्य शिविर

[Samgrasandesh.com] बिपन्नका लागि निःशुल्क स्वास्थ्य शिविर

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका ४ मा गरिब, बिपन्न, हरवा चरवा (कृषि मजदूर) समुदायका लागि औधषिसहित निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । हरवा चरवा, भूमिहीनहरुको अधिकारका लागि कार्यरत जनचेतना दलित संगमको सहजीकरणमा संचालित स्वास्थ्य शिविरमा एक सय सात जनाको स्वास्थ्य जाँचसहित आवश्यक औषधि उपलब्ध गराइएको छ । लहानस्थित अल्फ्रेड हेल्थ केयर एण्ड डायगोनिष्ट सेण्टर प्रा.लि.र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सि.एम.सि. नेपाल) र को प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको हो । 


शिविरमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै चिनीको जाँच तथा निःशुल्क औषधि वितरण गरिएको संगमका कार्यकारी निर्देशक गणेशप्रसाद रामले बताए । कन्सल्टेण्ट फिजिसियन डा. विवेक प्रभात शाह लगायतको स्वास्थ्य टोलीले बिरामीहरुको स्वास्थ्य जाँच गरेको थियो । 

कार्यकारी निर्देशक रामका अनुसार हरवा चरवा समुदायका मानिसहरु गरिबीका कारण नियमित स्वास्थ्य जाँच नगर्ने र अवस्था जटिल बन्दै गएपछि मात्र उपचार प्रक्रियामा जाने भएकाले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउँदै स्थानीय स्तरमै नै निःशुल्क स्वास्थ्य परीक्षणका लागि शिविर आयोजना गरिएको हो । शिविरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यामा परेका विभिन्न छ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको संस्थाका मनोपरामर्शकर्ता चण्डिका चौधरीले जानकारी दिइन् । स्वास्थ्य शिविरमा बिपन्नको परीक्षण र निःशुल्क औषधि वितरणले राहत मिलेको सुरुङ्गा नगरपालिका ४ का ५७ वर्षीय रामलखन रामले बताए ।  

मानिसहरुको बदलिंदो जीवनशैली, खानपान, नियमित व्यायामको अभाव, नियमित स्वास्थ्य जाँच गराउनु पर्ने जनचेतनाको अभाव लगायतका कारणले चिनीरोग एवम् विभिन्न मानसिक तथा शारीरिक समस्याहरु आउने गरेको चिकित्सकहरु बताउँछन् । 


--
Posted By Samagrasandesh to Samgrasandesh.com at 5/21/2018 05:45:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment