/ Undifined / [Marganugami Daily] संघीय प्रणालीलाई बलियो बनाउन नेता निधिको सुझाव

[Marganugami Daily] संघीय प्रणालीलाई बलियो बनाउन नेता निधिको सुझाव

पर्सा, ५ जेष्ठ । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं. २ का नवनिर्वाचित पदाधिकारीलाई आज वीरगन्जमा प्रमाणपत्र वितरण तथा पदभार ग्रहण गराइएको छ । 
हालै सम्पन्न भएको प्रदेश अधिवेशनबाट लक्ष्मणप्रसाद कुर्मीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएका ३३ जना पदाधिकारी तथा सदस्यलाई नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रमाणपत्र वितरण गरेको थियो । 
सो अवसरमा निर्वाचन अधिकृत रामाशिसप्रसाद यादवले पद तथा गोपनियताको शपथ दिलाई पदभार ग्रहण गराएको हो ।
सो अवसरमा उपसभापति निधिले दुइतिहाईको दम्भ देखाउनुभन्दा संघीय प्रणालीलाई बलियो बनाउन केन्द्र सरकारलार्ई सुभाव दिए । 
उनले छ वटा प्रदेश, स्थानीय तहदेखि केन्द्रमा समेत बहुमत रहेको दम्भ देखाउन छोडी मन्त्रीबाहेक कुनै पूर्वधारण नरहेको संघहरूलाई संगठन र संरचनाको उपकरण दिई बलियो बनाउने तर्फ सोच्न सरकारलाई आग्रह गरे ।
नेता निधिले मुलुकमा अहिले सबै दल लोकतान्त्रिक हुनुलाई नेपाली राजनीतिको सबैभन्दा ठूलो उपलब्धि भएको बताए । 
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दहाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्रदेश नं. २ का विधायक ओमप्रकाश शर्मा, शंकर चौधरीलगायत वक्ताले मजदुरको जीवनस्तरमा सुधार नभएसम्म मुलुक समृद्ध हुनै नसकिने बताए ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/21/2018 08:04:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment