/ Undifined / [Marganugami Daily] झण्डै दुईहजार कृषकले गरे बबई नहरको सफाई

[Marganugami Daily] झण्डै दुईहजार कृषकले गरे बबई नहरको सफाई

बर्दिया, ५ जेष्ठ । बर्दियाको बबई सिँचाइ आयोजनाको नहर झण्डै दुई हजार कृषकहरूले जनश्रम दान गरेर सरसफाई गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बबई नदीको बबई सिँचाइ आयोजनामा पर्ने झण्डै एक किलोमिटर नहरको दाँया र बाँया थुप्रिएको माटो तथा वालुवा सरसफाइ गर्न आज करीब दुई हजार कृषकहरू जुटेका हुन् ।
बर्दियाको पश्चिम क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका दुई हजार कृषकहरू सहभागी भई नहर सरसफाइ गरेको बर्गदा–जम्ती–नेउलापुर सिँचाइ जल उपभोक्ता समितिका सचिव वेदप्रसाद खनालले जानकारी दिए ।
सिँचाइ सुविधा नहुँदा विगतका वर्षमा जेष्ठदेखि असार मसान्तसम्म झण्डै ४५ दिन जनश्रमदान (बेगारी) गरेर आफ्नो गाउँमा खेतीपातीका लागि नदीबाट कुलामा पानी लैजाने गरिन्थ्यो, आठ वर्षयता सिँचाइ संरचना नहर बनेपछि अहिले वर्षमा एकदिन मात्र नहर किनारमा जम्मा भएको माटो सरसफाइ गरिने गरेको बर्गदा जम्ती नेउलापुर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष भुजराम थारु बताए ।
बबई सिँचाइको नहर सरसफाइ अभियानमा हरेक वर्ष आलोपालो नहरको पूर्वी र पश्चिी भेगका कृषकहरू जुटने गर्छन् । यस वर्ष पश्चिमी क्षेत्रका कृषकको पालो परेको थियो, गाउँका बडघरले चौकीदारमार्फत कृषकहरूलाई खबर गरेपछि सरसफाइ अभियानमा जुटेका छन्, सरसफाइ भएको एकहप्ताभित्रै कृषकको खेतबारीमा सिँचाइ सुबिधा पुग्छ र धानबालीका लागि कृषकहरू ले धानको बीउ राख्ने गर्छन् ।
गाउँका कृषकहरूको परम्परागत सामूहिक काम नहर सरसफाइ अभियानमा कोही बिरामी भएको वा समस्यामा परेको खण्डमा गाउँको बडघरसँग बिदा लिएर बसेमा जरीवाना नपर्ने तर जानकारीबिना सहभागी नभए चलनचल्तीअनुसार एकदिनको ज्याला जरिवानास्वरूप तिर्नुपर्ने नियम रहेको छ ।
बबई नदीको नहर सरसफाइमा कृषकहरू जुटिरहेका बेला प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बा·, सिँचाइ आयोजनाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/21/2018 08:06:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment