Onlinesiraha-Nepali |
शहिदनगरमा पहिलो पटक हाजिरी प्रतियोगिता सम्पन्न Posted: 26 May 2018 01:14 AM PDT नरेशचन्द्र धनुषा,जेठ १२ गते । शहिदनगर नगरपालिकामा पहिलो पटक हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ ।नगर शिक्षा समिति द्वारा आयोजित हाजिरी जबाफ प्रतियोगितामा नगरपालिका भित्रका २८ वटा प्राथमिक तहका विद्यालयहरुको सहभागीमा प्रतियोगिता भएको थियो ।नगर शिक्षा समितिका अध्यक्ष रामरतन पासवानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उदय कुमार बरबरिया,श्रोत व्यक्ति धनेश्वर यादब,विभिन्न विद्यालयका प्र.अ,शिक्षक,विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम जनत आधारभुत विद्यालय कुम्भ्करण,दोस्रो आधाभुत मदर्शा दारुस्लाम अलसफिया यदुकुहा, राम पृत रा.प्रा.बि कुम्भकरण तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।उक्त कार्यक्रममा विजय भएका छात्रछात्रालाई मेयर बरबरिया द्वारा सम्मान पत्र सहित उचित पुरस्कार बितरण गरेका छन ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर बरबरिया यस नगरपालिकालाई शिक्षा देखि सम्पुर्ण क्षेत्रमा शहिदनगर एउटा नमुना नगरपालिकाका रुपमा चिनिने छ ।नगर शिक्षा उकास्नको लागी नगर परिषद बाट बजेट छुट्याइएको छ ताकी शिक्षामा तत्काल सुधार गर्ने लक्ष्य रहेको र आगामी दिनमा निरंतर यस्ता क्रियाकलापहरु,प्रतियोगिताहरु भब्यता साथ मनाईने छ सबैको सल्लाह र सुझावले हामी आगडी बढने छौ साथै सम्पुर्ण प्र.अ लाई समेत सल्लाह र सुझाव दिन आग्रह गरेका छन अन्त्यमा हाजिरी जबाफ प्रतियोगिता सफलताको काममा समेत गरेका थिए भने कार्यक्रम संचालन राजकुमार कर्माचार्यले गरेका थिए । |
‘परिवर्तनको लागि सेक्सबाट अलग हुनुपर्छ’, स्नेह मिलन Posted: 25 May 2018 06:19 PM PDT दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान , ११ जेठ । कलयुगको समाप्तिलाई पर्खिरहेका सत्ययुगको चाहना बोकेकी बह्मकुमारीहरु विवाह बन्धनलाई नकार्दै आएका छन् । सिरहाको बन्दीपुर स्थित राजयोग सेवा केन्द्र संचालन गर्दै आएकी बह्माकुमारी अनिता भन्छिन् —'बह्माको आचारणलाई प्रयोग गर्दै ईश्वरी सेवामा तन मन धन लगाएसकेपछि विवाह गर्ने कुरै आएन ।' आज लहानमा पत्रकारहरुसंग स्नेह मिलन कार्यक्रमको क्रममा उनले भनिन् —'जीवन यसैमा सोपिदिएछु ।' उनी २०६१ मा सेवा केन्द्रमा प्रवेश गरेकी थिइन् । आज उनी ३२ बर्षीया छिन् । बालबह्मचारी अर्थात बह्माचारीको चार खम्बा विशुद्ध अन्न, दिव्य गुण धारण, दैनिक संतसंग र बह्मचार्य नै उनको जीवन भएको छ । बह्मकुमार एक भाई भन्छन्—'प्युरिटीले संसार परिवर्तन गर्न सक्छ, 'यसैले सेक्सबाट अलग हुनुपर्छ ।' 'मानवलाई भगवान मान्ने नै सत्य युग हो ।' सृष्टि चल्नुपर्छ । यसको लागि उत्पादन जरुरी छ । तर, आवश्यकता भन्दा बढी जरुरी छैन । अर्का धिरेन्द्र भाईले भने 'राजयोगमा लागेपनि घरपरिवार बसाउंनसक्छ ।' 'विवाह कुनै खास कुरा होइन् ।' कार्यक्रममा राजयोगले १८ वटा युग्स बनाएको जानकारी गराउंदै यस मध्ये मिडिया युग्स पनि एक हो । मिडिया कन्फ्रेन्स भारतको माउनटावुमा सेप्टेम्बर महिनामा हुंदैछ । यसको लागि सिरहाका १० जना पत्रकारलाई त्यहां सहभागी गराउंन आज स्नेह मिलन कार्यक्रम राखिएको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment